"हनुमान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, replaced: ोे → ो, आˆनो → आफ्नो (7)
पङ्क्ति २२:
 
==हनुमन् र शनि==
शनि को बक्र दृष्टि वाट ब्रम्हा,विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनि को वक्रदृष्टि कहिलै पर्न सकेन|यस सन्दर्भमा एउटा प्रसिद्ध कथा छ । रावण एक ज्योतिष पनि थियो तसर्थ उसले आफ़्नो जेठा छोरा इन्द्रजित जन्मने बेला सबै ग्रहहरूलाई आˆनोआफ्नो अनुकूल बनायो । यहाँसम्म कि शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर पुत्रको जन्म गराएर आफू इन्द्रजितको माध्यमबाट अजेय हुन चाहन्थ्यो रावण । नारदले यो कुरा बुझेर प्रकृतिविपरीत केही हुन सक्दैन र हुन पनि हुँदैन भनेर रावणलाई नारदमुनिले यो सल्लाह दिनुभयो कि शत्रुको पृष्ठमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ । यस्तो नारदको कुरा सुनेर रावणले शनिको गति परिवर्तन गरिदियो । जब शनिको वक्रदृष्टि उसमाथि पर्न थाल्यो । तब रावणको पनि पतन सुरु भयो भनिन्छ तर रावणले पनि शनिको वक्रदृष्टि परेको थाहा पाई शनिलाई अँध्यारो कोठामा थुनिदियो । जब हनुमान लङ्कामा पुगे, तब उनले बन्दी शनिलाई मुक्त गरे तर 'शनि'को वक्रदृष्टि उनमा दुष्प्रभाव परेन । हनुमानको दृढ शरीरमा जब कुनै प्रभाव परेन तब शनिले हनुमानको सामु हात जोडेर वरदान माग्न अनुरोध गरे । भक्तवत्सल हनुमानले भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरे । 'शनि' ले 'तथास्तु' भने । यस कथाको भाव यही हो कि भक्तिको सामु दुष्ट ग्रहले पनि केही बिगार्न सक्दैन ।
 
==हनुमान र सिन्दुर लेपन==
हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छकि यसले हड्डी एवं मांशलाई सुसँगठित शरीर निमार्णमा अहं भूमिका खेन्दछ । रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनुभयो । त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरूले हनुमानलाई सोधे । हनुमान भन्नुहुन्छ कि यो हारभित्र भगवान्-राम र सीता छ कि छैन ? ती अधिकारीहरू भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आˆनोआफ्नो हृदय च्यातेर आत्मामा रामसीता देखाइदिनुभयो । त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कथा प्रसङ्गले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महìव अझै बढेको प्रस्ट हुन्छ ।
==हनुमान र बानर रुप==
वास्तवमा बानर जाति विंध्य पर्वतमालाको दक्षिणमा निवास गर्ने एक वनचर जाति थियो भन्ने विश्वाश गरिन्छ । बानर, रीछ, जययु, यी सबै 'टाटेम' (चिहृन) जातिहरू थिए । जसरी उत्तर भारतमा एउटा ऋषिको सन्तान एक गोत्र हुन्छ, त्यसरी नै दक्षिण भारतमा एउटा चिहृन (टाटेम) हुन्थ्यो । यिनीहरू पशुपक्षी थिएन, बरु मनुष्य थियो । यथार्थमा हनुमान बानर गोत्रीय आदिवासी थियो । बानर उसको 'टाटेम' थियो । यिनीहरू बानरको भेषभूषा बनाई राख्दथ्यो । एउटा कृत्रिम पुच्छर पनि पछाडि झुण्ड्याउँथ्यो । आधुनिक भारतको आदिवासीहरूमा यस्तो 'टाटेम' या गोत्र वर्तमान छ । रामायणकालीन बानर मनुष्यजस्तै सम्पन्न थियो । मानवको भाषा नै बोल्दथ्यो, वस्त्र लगाउँथ्यो । पुरुष-स्त्री सम्बन्ध, धर्म अधर्म विचार पनि यिनीहरूको यहाँ थियो ।
पङ्क्ति ५७:
 
कृष्ण मन्दिरको भित्तामा कँुदिएको हनुमानका मूर्तिहरू पछाडि वि. सं. १७२९ मा हनुमानढोका दरबार पस्ने सुवर्ण निर्मित्त मूलढोकाको दायाँपट्ट िप्रताप मल्लद्वारा निर्माण गर्न लगाइएको हनुमानको ठूलो मूर्ति महत्त्वपूर्ण मानिन्छ । यिनै हनुमानको नामले यस दरबारको नाम हनुमानढोका दरबार रहन पुग्यो । हनुमानका मूर्तिहरू स्थापना गर्नुपूर्व यस दरबारलाई गुनपो दरबार भनिन्थ्यो । राजा प्रताप मल्लले लडाइँमा विजयी प्राप्त होस् घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेको कुरो हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट बुझिन्छ ।
हनुमानढोका जस्तै अरू मल्ल दरबारमा पनि हनुमानका मूर्ति स्थापना गरिएका छन् । पाटनका राजा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा भूपतिन्द्र मल्लले आˆनोआफ्नो दरबार अगाडि हनुमानको मूर्ति राख्न लगाएका थिए । गोरखाका राजा पृथ्वीपति शाहले पनि आˆनोआफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेका थिए । यसरी मध्यकालदेखि हनुमानका मूर्तिहरू बन्न थालेका कुरा र उनको पूजा परम्परा व्यापकरूपमा सुरु भएको थाहा पाइन्छ ।
 
हनुमानको मूर्ति बनाउँदा काठ, धातु, ढुङ्गा आदि पदार्थको प्रयोग गर्नुपर्ने भनिएको छ । यसो गरियो भने अनिकाल पर्दैन, रोगको डर हुँदैन, शत्रु आउन सक्दैन, बज्र पर्दैन, बोक्सी, भूत, पिचास आदिको डर हँुदैन भनी ग्रन्थमा लेखिएको छ । यसरी मध्यकालमा हनुमानका केही महìवपूर्ण मूर्तिहरू बने जसले मध्यकालमा हनुमान सम्प्रदायको लोकपि्रयतालाई झल्काउँछ । मध्यकालमा हनुमानका मूर्तिहरूमा समेत तन्त्रको प्रभाव परेको थियो । भक्तपुरको भूपतिन्द्र मल्लद्वारा बनाउन लगाएको र प्रताप मल्लले बनाउन लगाएको पञ्चमुखी हनुमान मन्दिरबाट थाहा पाउन सकिन्छ । मध्यकालपछिको शाहकालमा राम र हनुमान सम्प्रदायको झन् विकास भयो । मध्यकालको तुलनामा शाहकालमा हनुमानका मूर्ति सङ्ख्यात्मक हिसाबमा बढी मात्रामा बनेको देखिन्छ भने शाहकालमा आएर हनुमानका मूर्तिहरू, मन्दिरहरू, घाटहरू, चोकहरू, राज्यका सीमाहरूमा बनेको देखिन्छन् ।
राजा प्रताप मल्लले पनि लडाइँमा विजय प्राप्त होस्, घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेका थिए । यो कुरा हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट थाहा पाइन्छ । मल्ल राजदरबार किल्लाको रूपमा बनाइने हुँदा किल्ला रूपको आˆनोआफ्नो दरबारमा शत्रुहरू पस्न नसकून् भन्ने भावनाले प्रताप मल्लले ढोकामा हनुमान स्थापना गरेका थिए । पाटनको दरबार बाहिर पनि हनुमानको मूर्ति स्थापना गरेको छ । "सिद्धिनरसिंहले अघिका भन्दा सुन्दर गरी दरबार बढाइ सुनका ढोका बनाई राखिदिए । दरबारको दाहिनेबाट नरसिंह गणेश हनुमान स्थापना गरिदिया ।" त्यसैगरी भक्तपुरमा भूपतिन्द्र मल्लले आˆनोआफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेको कुरा उक्त मूर्तिको तल्लो भागमा भएको अभिलेखबाट थाहा पाइन्छ । उक्त अभिलेखमा 'समुद्र नाघ्ने रावणको सुखलाई नाश पार्ने, लङ्का पोल्ने, रामचन्द्रले भनेको सधैँ मान्ने, सीतालाई खुसी पार्ने, बगैँचामा राक्षसलाई तर्साउने यी हनुमानले रघुवंशी भूपतिन्द्र मल्ललाई रक्षा गरुन्' भनिएको छ ।
 
मल्लकालमा हनुमानको ठूलो महìव थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले 'हनुमदध्वज' उपाधि लिएबाट थाहा पाइन्छ ।
यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो । उपत्यकामा मात्र हनुमानको महìव नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकपि्रयता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आˆनोआफ्नो दरबार नजिक हनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ ।
 
मल्लकालपछि शाहकालमा पनि हनुमान सम्प्रदायको झन् व्यापकरूपमा विकास भएको कुरा काठमाडौँ उपत्यका विभिन्न ठाउमा बनेका राम मन्दिर र हनुमानका मूर्तिले पुष्टि गरेका छन् । मल्लकालमा जस्तै यस कालमा पनि हनुमानका मूर्तिहरूको पूजा गर्ने हेतु उही थियो र यस कालमा हनुमानलाई शुक्रबाट रक्षा गर्न स्थापना गर्नकोेगर्नको साथै सङ्कटमोचकको रूपमा समेत लिएको देखिन्छ । साथै यिनैलाई कष्टमोचक सिद्धिदाताका रूपमा पनि पूजा गर्न थालियो ।
 
जगतनारायणमन्दिर प्राङ्गणमा भएका हनुमानका मूर्तिहरू इस्वीको १८ औँ शताब्दीको मध्यतिर नेपालमा एउटा गजबको मन्दिर बनेको थियो । जुन समयकालीन अरू मन्दिरहरूभन्दा विशिष्ट खालको थियो । पाटनको शंखमुल स्थित जगतनारायणको मन्दिरको अभिलेखबाट इस्वी सम्वत् १८५५ सम्ममा यो मन्दिर बनिसकेको देखिन्छ । यो मन्दिरको निर्माण जङ्गबहादुरका भाइ जगतशमशेरले गर्न लगाएका थिए । विशाल प्रस्तर मूर्तिकलाको लागि यो मन्दिर प्रख्यात छ । यस मन्दिर प्राङ्गणमा दुईवटा हनुमान मूर्ति छन् । तीमध्ये मन्दिरको पूर्वतिर गरुडको साथसाथै भएको हनुमानको मूर्ति एक हो । शिवलिङ्गको जलहरी आकृति जस्तो ढुङ्गाको माथि बायाँ घुँडा जमिनमा राखी बसेको हनुमानका दुईवटा हात छन् तीमध्ये बायाँ हात वरद मु्द्रामा छ भने दायाँ हात अभय मुद्रामा छ । खुट्टामा ठूलाठूला कल्लीहरू, हातमा बाला, पाखुरामा केयुर, कानमा ठूलाठूला कुण्डलहरू लगाएको र घाँटीमा भक्तपुरको हनुमानको मूर्तिमा जस्तै गहना लगाएको यस मूर्तिको शरीरभरि सिन्दूर पोतिएको छ । तल्लो भागमा लङ्गौटी लगाएको अहिलेसम्म बनेका हनुमानका मूर्तिहरूमध्ये सबैभन्दा ठूलो मूर्ति हो । गोला आँखा र सिंह जस्तो मुखको दायाँबायाँ दाँत भएको हनुमानको मूर्ति शाहकालीन मूर्तिकलाको महत्त्वपूर्ण नमुना मान्न सकिन्छ । यो मूर्तिको निर्माण पनि मन्दिरको साथसाथै भएको हो । मूर्तिको आसनको वरिपरि बत्ती बाल्ने दियाहरू छन् भने दायाँबायाँतिर नेपाली झण्डा आकृति, धातुको पाताको अग्लो झण्डा छन् र मूर्तिको शिरमाथि तामाको छत्रावली छ ।
"https://ne.wikipedia.org/wiki/हनुमान" बाट अनुप्रेषित