"प्रोस्टेट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
==प्रोस्टेट ग्रन्थिको वृद्धि ==
 
यो ग्रन्थि १५-२० ग्रामको हुन्छ । यसका ३ भागमध्ये दायाँ-बायाँ रहेका दुई भाग उमेर बढ्दै जाँदा छिटोछिटो वृद्धि हुन्छ तर बीचको भाग सामान्यतया कम बढ्छ । यसले पिसाब सञ्चालनमा बढी बाधा हुने गर्छ । ग्रन्थि र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट बनेको एउटा ग्रन्थि हो प्रोस्टेट । यो कम लचकदार हुन्छ र पिसाब प्रवाहमा असर गर्छ । शिशु अवस्थामा प्रोस्टेट ग्रन्थि ज्यादै सानो हुन्छ र वयस्क सुरु भएपछि प्रत्येक ३ वर्षमा २ गुनाले वृद्धि हुन्छ । २० वर्षमा यो ग्रन्थि १५-२० ग्रामसम्मको हुन्छ तर ३०-५५ वर्षको उमेरमा करिब साढे ४ वर्षमा दुगुना हुने गरेर वृद्धि हुन्छ । त्यसपछि ५५-७० वर्षसम्म ग्रन्थिको वृद्धि भए पनि रफ्तार केही कम भएर दुई गुना वृद्धि हुन १० वर्ष लाग्ने हुन्छ । ७० वर्षपछि पनि ग्रन्थिको वृद्धि हुने प्रक्रिया कम रफ्तारमा भए पनि जारी नै रहन्छ ।
'''प्रोस्टेट''' ग्रन्थिको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पौरुष ग्रन्थि विस्तारै बढ्दै जान्छ र मूत्रनलीमा दबाब दिन्छ र मूत्रनली साँघुरो भएपछि पिसाब फेर्न गाह्रो हुन्छ । सामान्यतः पुरुष ४० वर्ष पुगेपछि यो ग्रन्थि बढ्दै जान्छ र ६० वर्ष उमेरपश्चात् करबि एकतिहाइमा यो समस्या देखापर्छ । पौरुष ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ, जुन यौन सम्पर्कको समयमा शुक्रसँग मिसिएर यौन सम्पर्कलाई आद्र एवं सहज बनाउँछ । साथै, यसले शुक्रकिटलाई पोषण प्रदान गर्छ । प्रोस्टेट ग्रन्थि सुन्निएको प्रारम्भिक अवस्थामा मूत्रनलीको मांसपेशी बाक्लो हुन्छ र पिसाबलाई च्यापिएको साँघुरो मूत्रनलीमार्फत खुम्चिने प्रक्रियाद्वारा जोडसँग धकेल्छ । जसका कारण मूत्रथैली बढी संवेदनशील हुन्छ र पिसाब पटक-पटक तथा अचानक फेर्नुपर्ने हुन्छ । जब प्रोस्टेट ग्रन्थिमा कोषहरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थिको आकार तथा तौल वृद्धि हुँदै जान्छ ।
 
'''प्रोस्टेट''' ग्रन्थिको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पौरुष ग्रन्थि विस्तारै बढ्दै जान्छ र मूत्रनलीमा दबाब दिन्छ र मूत्रनली साँघुरो भएपछि पिसाब फेर्न गाह्रो हुन्छ ।हुन्छ। सामान्यतः पुरुष ४० वर्ष पुगेपछि यो ग्रन्थि बढ्दै जान्छ र ६० वर्ष उमेरपश्चात् करबि एकतिहाइमा यो समस्या देखापर्छ ।देखापर्छ। पौरुष ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ, जुन यौन सम्पर्कको समयमा शुक्रसँग मिसिएर यौन सम्पर्कलाई आद्र एवं सहज बनाउँछ । साथै, यसले शुक्रकिटलाई पोषण प्रदान गर्छ । प्रोस्टेट ग्रन्थि सुन्निएको प्रारम्भिक अवस्थामा मूत्रनलीको मांसपेशी बाक्लो हुन्छ र पिसाबलाई च्यापिएको साँघुरो मूत्रनलीमार्फत खुम्चिने प्रक्रियाद्वारा जोडसँग धकेल्छ । जसका कारण मूत्रथैली बढी संवेदनशील हुन्छ र पिसाब पटक-पटक तथा अचानक फेर्नुपर्ने हुन्छ ।हुन्छ। जब प्रोस्टेट ग्रन्थिमा कोषहरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थिको आकार तथा तौल वृद्धि हुँदै जान्छ ।जान्छ।सुरुमा प्रोस्टेट ग्रन्थि वृद्धि हुँदा मूत्र नलीको भागको छेउछाउमा रहेका ग्रन्थिको वृद्धि हुने गर्छ । प्रोस्टेट ग्रन्थिको खोलको लचकता सीमित हुने भएकाले यसको वृद्धि हुँदा पिसाब अवरोधका केही लक्षणहरू देखा पर्छन् । फलस्वरूप मूत्र थैलीका मांसपेशी मोटो हुने र मांसपेशीबीच खाल्टो हुन सुरु हुन्छ । यस्ता खाल्टा भएका मूत्र थैली सामान्यभन्दा निकै कमजोर हुन्छन् । समय बित्दै जाँदा यी मांसपेशीलाई रेसायुक्त तन्तुले प्रतिस्थापन गर्दै जान्छ । थैली अझै बढी शक्तिहीन भई मूत्र सञ्चालन गर्न अक्षम बन्छ । यस्तो अवस्थामा बिरामी कमजोर वेगले पिसाब फेर्ने, लामो समय लगाउने र थैलीमा भएको सबै पिसाब निखार्न नसक्ने हुन्छ । त्यसका अलावा मृगौलाबाट पिसाब थैलीमा मूत्र सञ्चालन गर्न मूत्र वाहिनी नलीहरू पनि फुल्ने गर्छन् र यो क्रम अगाडि बढे मृगौला पनि फुल्ने गर्छ । ग्रन्थि जति बढ्यो त्यति नै मूत्र नली साँघुरिने र लम्बिने हुन्छ ।
 
प्रोस्टेट ग्रन्थिको वृद्धिसँगै पिसाबमा अवरोध र मूत्रत्यागमा विभिन्न लक्षण देखापर्ने गर्छ । ५० वर्षमा प्रायः ४० प्रतिशत पुरुष मूत्रत्याग गर्ने सिलसिलामा विभिन्न लक्षण अनुभव गर्ने गर्छन् । कोषहरूको मृत्यु र नयाँ पैदा हुने कोषहरूबीचको सन्तुलन बिग्रनु नै ग्रन्थि वृद्धि हुनुको मुख्य कारण मानिन्छ । यो सन्तुलनमा देखा पर्ने फरकमा हर्मनको असन्तुलनले धेरै असर पार्छ । वंशमा प्रोस्टेट ग्रन्थिको वृद्धि हुनेहरूको बीच यो रोग देखा पर्ने सम्भावना ज्यादै उच्च हुन्छ साथै यस्ता बिरामीको प्रोस्टेट वृद्धि ज्यादै धेरै तौल हुने गरी ६० वर्षभन्दा कम उमेरमै हुने गर्छ । उदाहरणका निम्ति वंशमा प्रोस्टेट हुने पुरुषको प्रोस्टेट वृद्धि भएर ८० ग्रामभन्दा बढी पुग्दा यो रोग वंशमा नहुनेहरूमा ५५ ग्रामसम्मको मात्र हुन्छ ।
 
प्रोस्टेट ग्रन्थिमा मुख्यतया तीनवटा समस्या हुन्छन्:-
*प्रोस्टेट ग्रन्थिमा पीडा:
 
प्रोस्टेट ग्रन्थि बढेको पत्ता लगाउन चिकित्सकद्वारा शारीरकि जाँच, अल्ट्रासाउन्ड, सिस्टोस्कोपी, एन्डिज टेस्ट तथा उपद्रवहरू पत्ता लगाउन रक्त तथा पिसाबको परीक्षण र बायोप्सी पनि गरन्िछ । अल्ट्रासाउन्डद्वारा प्रोस्टेटको तौल, आकार तथा अवस्था पत्ता लाग्छ भने सिस्टोस्कोपीद्वारा अवरुद्धता पत्ता लाग्छ । साथै, यी परीक्षणबाट पिसाब फेरसिकेपछि मूत्रथैलीमा रहने मूत्रको मात्रा पनि पत्ता लाग्छ ।लाग्छ।
 
चिकित्सकको सल्लाह अनुसार लाक्षणिक उपचार, प्रतिजैविक औषधीको प्रयोग, अल्फा ब्लकर तथा प्रोस्टेट ग्रन्थिलाई सुकाउने औषधीको प्रयोग निकै प्रभावकारी छ । तृतीय अवस्थामा पुगेका वा औषधीले काम नगरेमा अप्रेसन गर्नुपर्छ ।गर्नुपर्छ।
 
क्यान्सर नहुने प्रकृतिको प्रोस्टेट वृद्धिमा पुराना कोषिकाहरू मर्दैनन् तर नयाँ कोषिकाहरू लगातार वृद्धि हुँदै जान्छन् । कोषहरू धेरै मात्रामा वृद्धि भएपछि प्रोस्टेट ग्रन्थि बाक्लो हुन्छ, जसले मूत्रनलीलाई साँघुरो पार्छ र पिसाबको समस्या देखिन्छ । मान्छेको शरीरमा टेस्टेस्टेरोन र एस्ट्रोजेन हार्माेन हुन्छन् । उमेर बढ्दै गएपछि टेस्टेस्टेरोनको मात्रा घट्दै जान्छ र एस्ट्रोजेनको मात्रा बढ्छ अनि प्रोस्टेट ग्रन्थिमा कोषहरू बढ्ने प्रक्रियालाई उत्प्रेरति गर्छ । फलस्वरूप, प्रोस्टेट ग्रन्थि बढ्छ । प्रोस्टेट बढ्नु क्यान्सर होइन र यसको कारण क्यान्सर हुने सम्भावना पनि बढ्दैन तर कहिलेकाहीँ प्रोस्टेट वृद्धि र प्रोस्टेट क्यान्सर एकैपटक पनि हुनसक्छ । प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाबमा संक्रमण हुने, पत्थरी हुने, मिर्गौला बिग्रने, पिसाबमा रक्त मिसिने, मिर्गौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने आदि समस्या उत्पन्न हुन्छन् ।हुन्छन।
 
वृद्धावस्था, वंशाणुगत, मोटोपना, हार्मोनको असन्तुलन आदिले प्रोस्टेट क्यान्सर हुन्छ । रातो मासु, बढी चिल्लो पदार्थ, चुरोट आदिको सेवनले क्यान्सरको जोखिम बढ्छ । प्रशस्त तरकारी, फलफूल, अन्न, टुसा उमारेका गेडागुडी आदि खाने व्यक्तिलाई प्रोस्टेट क्यान्सरको सम्भावना कम हुन्छ । गोलभेँडा, रातो अंगुर तथा खर्बुजामा 'लाइकोपेन्सेज' नामक तत्त्व हुन्छ, जसले डीएनए नष्ट हुनबाट बचाउँछ र प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । काउली, ब्रोकाउली, भिटामिन ई आदिको नियमित सेवनले पनि प्रोस्टेट क्यान्सरबाट बचाउँछ । प्रोस्टेट क्यान्सर गोराभन्दा काला पुरुषमा बढी पाइन्छ । एसियाको तुलनामा अमेरकिा र युरोपमा यो समस्या भयावह छ । अमेरकिामा मात्र २० लाख पुरुषहरू प्रोस्टेट क्यान्सरले पीडित छन् । फोक्सोको क्यान्सरपछिको दोस्रो कारक प्रोस्टेटको क्यान्सर नै हो । क्यान्सर भइसकेपछि विकिरण, हर्मोनथेरापी, कोमोथेरापी, शल्यक्रियाजस्ता जटिल उपचार अवलम्बन गर्नुबाहेक अर्को विकल्प छैन ।छैन। तसर्थ, ४० वर्ष नाघेपछि नियमित स्वास्थ्य परीक्षण गरेर समयमै रोगको पहिचान गर्नु नै रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो|
 
==लक्षणहरू==
३,२५३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/166149" बाट अनुप्रेषित