"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
उपत्यकाका प्रसिद्ध शक्तिपीठहरुमध्ये श्री पञ्चकुमारी मैतीदेवी पनि एक हो । करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ । चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरु पाइन्छ ।
 
उपत्यकाका प्रसिद्ध शक्तिपीठहरुमध्ये श्री पञ्चकुमारी '''मैतीदेवी''' पनि एक हो । करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ । चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरु पाइन्छ ।
 
जनश्रुतिहरुअनुसार पौराणिककालमा पञ्चकन्याहरु आकाशमार्गबाट उडेर माइत जान हिडेका थिए । बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरुलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रुपमा यसलाई 'माइती देवी' हुँदै मैतीदेवी भन्ने गरिएको हो । त्यस्तै एउटा अर्को किंवदन्दीअनुसार रुद्रमती -हालको धोवीखोला मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शीला) भेटे । त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए । त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरु मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए । त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरुलाई बताए । पञ्चकुमारीहरुलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन् । त्यसैले कतिपयले यसलाई मयूरतीर्थ समेत भन्ने गरेका छन् ।
Line १३ ⟶ १५:
 
घना वस्तीको बीचमा रहेको मैतिदेवी प्राङ्गणमा लाश जलाउने घाट रहेको छ । यस घाटमा नेवार समुदायका सात जातिको दाहसंस्कार गर्ने गरिन्छ । तिनमा मुनिकार, मानन्धर, खड्गी, तन्डुकार, महर्जन, राजवाहक र साही थरका नेवारहरु पर्दछन् । मन्दिरहाताभित्र रहेको यो घाटमा परापूर्वकाल देखिनै लाश सद्गद् गर्ने गरिएका बताइन्छ |
 
 
पहिले नक्साल भगवती, गूहृेश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालिकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरवारबाट पूजा मात्र पठाइन्थ्यो । तर २०१९ साल फागुनको एक दिन काठमाडौंबाट दिल्लीका लागि उड्नुपर्ने विमान निर्धारित समयभन्दा अबेरसम्म उड्न सकेन । यसको कारण थियो एउटा बाकस जुन पन्ध्र जनाभन्दा बढी जवानले पनि ट्रलीमा लोड गर्न सकिरहेका थिएनन् । उनीहरुले हजार प्रयत्न गरे तर सबै खेर गयो । अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेको सो बाकस विमानमा लोड गर्नै नसकेकाले विमान उडान नै स्थगित भयो |मैतिदेवी गुठीका तत्कालिन गुठीयार नाइके तुलसीनारायण मुनिकारका अनुसार यो घटनाले विमानस्थलका सबैलाई अचम्ममा पार्‍यो । सबैतिर हल्लीखल्ली मच्चियो । र, सुरक्षाकर्मीहरुले आदेशअनुसार बाकस फोरे । त्यहाँ मञ्चकुमारी मैतिदेवी र श्री भैरवको काठको मूर्ति देखियो । तर, कसैले पनि त्यो मुर्ति यहीको हो भनेर चिन्न सकेनन् । र, जिल्ला प्रहरी कार्यालय काठमाडौं चलान गरियो । यो समाचारले उपत्यकाका तिनै शहरमा ठूलो स्थान पाएको थियो ।यसअघि नै मैतिदेवीका गुठियारहरुले मालिगाउँस्थित द्यःछे बाट २०१९ सालको तिहार अगाडि मैतिदेवीको मुर्ति हराएको जाहेरी काठमाडौं जिल्ला प्रहरी कार्यालयमा दिइसकेका थिए । त्यसैले सबैको आंशका त्यतै मोडियो । र, मैतिदेवी गुठीका नाइकेलाई बोलाई बुझ्दा दुवै मुर्ति मैतिदेवीकै ठहरियो । त्यसपछि २०१९ साल फागुन १७ गते दुवै मुर्ति खटमा राखेर तिनै शहर डुलाइयो । र, क्षमा पूजासहित पुनः द्यःछेमै राखियो । यसैबेलादेखि प्रत्येक वर्ष दशैको अष्टमीका दिन राष्ट्राध्यक्ष ले महाअष्टमी मा आफ़ै शक्तिपीठहरुमा सवारी हुने परम्परा बसेको हो ।
 
 
*[[शक्तिपीठ]]
 
[[categoryश्रेणी:संस्कृति]]
 
[[categoryश्रेणी:धर्म]]
 
[[categoryश्रेणी:भूगोल]]
[[category:संस्कृति]]
[[categoryश्रेणी:शक्तिपीठ]]
[[category:धर्म]]
[[categoryश्रेणी:नेपालका मन्दिरहरु]]
[[category:भूगोल]]
[[categoryश्रेणी:पर्यटन]]
[[category:शक्तिपीठ]]
[[category:नेपालका मन्दिरहरु]]
[[category:पर्यटन]]
"https://ne.wikipedia.org/wiki/मैतीदेवी" बाट अनुप्रेषित