"आजाद कश्मीर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३८:
| established_date = २४ अक्टोबर १९४७ ([[आजाद कश्मीर दिवस]])
| seat_type = राजधानी
| seat = [[मुजफ्फराबाद|मुजफ्फरआबाद]]
| seat1_type = सबैभन्दा ठूलो सहर
| seat1 = मुजफ्फरआबाद
पङ्क्ति ७४:
| demographics_type1 = भाषा
| demographics1_title1 = आधिकारिक
| demographics1_info1 = [[उर्दूउर्दु भाषा|उर्दू]]
| demographics1_title2 = बोलिने भाषाहरू
| demographics1_info2 = {{hlist|[[पोठोहारी भाषा|पोठोहारी]]|[[गोजरी भाषा|गोजरी]]|[[हिन्दोको भाषा|हिन्दोको]]|[[कश्मीरी भाषा|कश्मीरी]]|[[कुन्डल शाही भाषा|कुन्डल शाही]]}}
पङ्क्ति ९२:
}}
 
'''आजाद जम्मू र कश्मीर''' अथवा '''आजाद कश्मीर''' ({{lang-ur|آزاد جموں و کشمیر}}) [[पाकिस्तानको प्रशासनिक एकाइ|स्वशासित प्रदेश]]को रूपमा [[पाकिस्तान]]द्वारा प्रशासित क्षेत्र हो जसले ठूलो कश्मीर क्षेत्रको पश्चिमी भाग को गठन गर्दछ भने यो सन् १९४७ देखि भारत र पाकिस्तान बीच विवादको विषय बनेको छ। यसको भूभाग उत्तरमा [[गिल्गित-बल्तिस्तान]]को सिमानासँग जोडिएको छ। यस सँगै संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूले यसलाई "पाकिस्तान प्रशासित कश्मीर" भनी सम्बोधन गरेका छन्। आजाद कश्मीरले क्रमशः पाकिस्तानी प्रदेश पञ्जाब र [[खैबर पख्तुनख्वा]]सँग क्रमशः दक्षिण र पश्चिममा सिमाना बाँडेको छ। यसको पूर्वपट्टी आजाद कश्मीरलाई भारतीय सङ्घ शासित क्षेत्र [[जम्मु र कश्मीर|जम्मू र कश्मीर]] (भारतीय प्रशासित कश्मीरको भाग) बाट अलग गरिएको छ। यो [[वास्तविक नियन्त्रण रेखा]]द्वारा अलग गरिएको छ। यसले कश्मीरको भारतीय र पाकिस्तानी नियन्त्रित भागबीच वास्तविक सीमाको रूपमा कार्य गर्दछ। भौगोलिक दृष्टिले आजाद जम्मू र कश्मीरको प्रशासनिक क्षेत्र (जसमा [[गिल्गित-बल्तिस्तान]]लाई समावेश गरिएको छैन) को कुल क्षेत्रफल १३,२९७ वर्ग किलोमिटर (५,१३४ वर्ग मि.) रहेको छ र सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यसको कुल जनसङ्ख्या ४०,४५,३६६ रहेको छ।
 
यस क्षेत्रमा बेलायती वेस्टमिनिस्टर प्रणाली अनुसरण गरिएको संसदीय सरकार छ। [[मुजफ्फराबाद|मुजफ्फरआबाद]] यसको राजधानी सहर हो। आजाद कश्मीरको प्रदेश प्रमुख संवैधानिक प्रदेश प्रमुख हुन् भने मन्त्रिपरिषद्ले समर्थन गरेको प्रधानमन्त्री कार्यकारी प्रमुख हुन्। एकसदनात्मक आजाद कश्मीर विधानसभाले प्रधानमन्त्री र राष्ट्रपति दुवैको निर्वाचन गर्दछ। यस भूभागको आफ्नै सर्वोच्च अदालत र उच्च न्यायालय छ भने पाकिस्तानको कश्मीर मामिला तथा [[गिल्गित-बल्तिस्तान]] सरकारले आफू र आजाद जम्मू र कश्मीर सरकारबीच सम्बन्धको रूपमा काम गर्दछ। यद्यपि स्वायत्त क्षेत्र पाकिस्तानको संसदमा प्रतिनिधित्व गरिएको छैन।
 
उत्तरी आजाद कश्मीर यस्तो क्षेत्रमा पर्छ जसले युरेसिय प्लेटलाई थिच्दै भारतीय प्लेटको परिणामस्वरूप पृथ्वीको बलियो कम्पन अनुभव गर्दछ। सन् २००५ मा गएको ठूलो भूकम्पले कम्तीमा १,००,००० मानिसको ज्यान लिएको थियो र अन्य ३० लाख मानिसहरू विस्थापित भएका थिए। यसले गर्दा यस क्षेत्रको आधारभूत संरचना र अर्थतन्त्रमा व्यापक विनाश भएको थियो। त्यसबेलादेखि पाकिस्तान सरकार र विदेशी सहयोगको सहायताले आधारभूत संरचनाको पुनर्निर्माण कार्य चलिरहेको छ। आजाद कश्मीरको अर्थतन्त्र धेरै हदसम्म बेलायती मिरपुरी समुदायका सदस्यहरूले पठाएको कृषि, सेवा, पर्यटन र [[विप्रेषण]]मा निर्भर छ। आजाद कश्मीरी परिवारको झण्डै ८७% खेतीयोग्य सम्पत्ति रहेको छ र यस क्षेत्रमा पाकिस्तानमा विद्यालय भर्नाको उच्चतम दर र साक्षरता दर लगभग ७२% रहेको छ।
"https://ne.wikipedia.org/wiki/आजाद_कश्मीर" बाट अनुप्रेषित