"सप्तकोशी नदी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०३:
 
नदी कटानको बर्तमान अवस्था
 
उदयपुर जिल्लाको वेलका नगरपालिका वडा न. ८ डुम्रीवोट(26.82°N,87.13°E) स्थित कोशीको flood plain भित्र रहेको terrace (river deposits) निरन्तर कटान भैरहेको देखिन्छ।हाल निष्क्रिय रहेको पश्चिमी भंगालोको मुहानबाट कटान क्षेत्र करिब ५०-६० मिटर मात्र दुरीमा अवस्थित छ।हाल कोशीको जलस्तर उतार चढ़ाव भैरहेको र कटानको क्रम जारी रहेको हुंदा कोशीको उक्त पुरानो पश्चिमी भंगालो पुनः सक्रिय हुने जोखिम कायम छ।)
साथै सुनसरी जिल्लाको टप्पु क्षेत्र तथा वराहक्षेत्र न.पा. को श्रीलंका टापु गरैया (26.75°N,87.079°E)को करिब ४ कि. मि. नदी तटीय क्षेत्रमा समेत terrace (river deposits) कटान भईहेको र क्रमशः पश्चिम तर्फ अग्रसर छ।जसको कारण सोमवारे,डूम्रिवोट,मसानघाट,धौरीटप्पु,चिलिया, रामनगर आदि लगायतका वस्ती जोखिममा छन।हाल कटान भई रहेको माथी उल्लेखित स्थानहरुको स्थलगत अवलोकन एबं प्राप्त सेटेलाइट imagery को अध्ययन गर्दा उक्त क्षेत्र प्राबिधिक रुपमा कोशीको बहाव क्षेत्र तथा (flood plain) भित्र परेको देखिन्छ।हाल सकृय हुन खोजेको कोशीको पुरानो भंगालोमा कारणवस तीव्र बहाव हन गएमा पथरी भन्दा माथिल्लो भूभाग (हाल तटवन्ध नभएको भूभाग) मा ठोकिन गएमा अत्यधिक कटान भई उदयपुरको तल्लो भाग तथा सप्तरीको तल्लो भाग तर्फ पस्न सक्ने सम्भावना देखिन्छ।
 
दिर्घकालिन समाधानको उपाय
 
हाल कटान क्षेत्र तथा त्यस भन्दा तलपट्टिको कोशीको flood plain भूभाग मानवीय बसोबास तथा अन्य  गतिबिधिका लागी उपयुक्त हालको पश्चिमी तटवन्धलाई बिस्तार गरी कोशीटप्पु वन्य जन्तु आरक्ष सिमा हुदै उदयपुर जिल्लाको वेलका न पा को लालभित्ती सम्म करिव १५ कि मि थप तटवन्धमा निर्माण गर्नु वान्छ्नीय देखिन्छ।तटवन्ध निर्माणका लागी बिस्तृत बहुपक्षीय अध्ययन र बिशाल आर्थिक श्रोत जरुरी हुन्छ।यसका निम्ति नेपाल र भारतको द्विपक्षीय संयंत्र Joint committee on Koshi & Gandak Project(JCKGP) लगायत उच्चतहमा हुने कुटनैतिक/राजनीतिक संयन्त्रको बैठक/भेटघाटका अवसरमा नेपाल पक्षवाट पहल गर्नुपर्ने आवश्यकता रहेको छ।
 
भविन्द्र घिमिरे,सम्पर्क सह भूआर्जन कार्यालय
 
==सहायक नदीहरू==
"https://ne.wikipedia.org/wiki/सप्तकोशी_नदी" बाट अनुप्रेषित