"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १९:
===उपभोक्ताको सन्तुष्टि===
व्यवसायको प्रमुख उदेश्य ग्राहकहरूको सन्तुष्टिद्वारा नाफा कमाउनु हो । उपभोक्ताहरू आफ्नो सन्तुष्टिका लागि बस्तु तथा सेवाको उपभोग गर्दछन । बस्तु तथा सेवाबाट जति उनीहरू सन्तुष्ट हुदै जान्छन, त्यति नै उनीहरूले उपभोग गर्दछन । त्यसैले व्यवसायको प्रमुख आधार नै उपभोक्ताको सन्तुष्टि हो ।
==व्यवसायको उदेश्यहरू==
व्यवसायका प्रमुख उदेश्यलाई निम्न अनुसार छ ।
===आर्थिक उदेश्यहरू===
# नाफा आर्जन गर्नु
पुँजी लगानी र जोखिम बहन गरे बापत प्रतिफलको रूपमा प्राप्त हुने पुरस्कर नै नाफा हो । नाफा नै व्यवसायको प्रमुख उदेश्य हो । नाफाद्वारा नै व्यवसायको बचावट विकास स्थिरता र ख्याति सम्भव हुन्छ ।
# ग्राहकको सृजना
व्यवसायले गुणस्तरिय वस्तु तथा सेवा उचित मुल्यमा उपलब्ध गराई ग्राहकको सृजना गर्न सक्नु पर्दछ । भने भएका ग्राहकहरूलाई पनि सन्तुष्टिका मात्रा बृद्धि कायम राख्न सक्नु पर्दछ ।
# नवप्रवर्तन
नयाँ वस्तु सुरुवात, नयाँ उत्पादन र वितरण प्रणाली अनि नयाँ बजार र रणनितिको अविष्कार गर्नुलाई नवपवर्तन भनिन्छ । यसद्वारा उच्च गुणस्तरका वस्तुहरू र सेवाहरू थोरै मुल्यमा प्राप्त भई ग्राहकहरूको सन्तुष्टि सम्भव हुन्छ । अत: नवप्रवर्तन गर्नु व्यवसायको मुख्य आर्थिक उदेश्य हो ।
# उच्च उत्पादकत्व
थोरै स्रोत र सधनको उपयोग गरी धेरै उत्पादन गर्नु उत्पादकत्व हो । उच्च उत्पादकत्व कायम गर्नु पनि व्यवसायको प्रमुख आर्थिक उदेश्य हो ।
# बजार विस्तार
निरन्तर रूपमा गुणस्तरिय बस्तु तथा सेवा प्रदान गर्दै ग्राहकहरूको सन्तुष्टिमा अभिवृद्धि गरी बजार विस्तार गर्ने व्यवसायको प्रमुख उदेश्य हुन्छ ।
 
== व्यवसायको उदेश्यहरूगाहको चाहना नुरप ==
===सामाजिक उदेश्य===
व्यवसाय समाजमा स्थापना भई संचालित हुन्छ । त्यसैले व्यवसायले समाजलाई पनि योगदान दिनु पर्दछ । व्यवसायका केही मह्त्त्वपुर्ण समाजिक उदेश्य निम्न छन ।
# गुणस्तरिय वस्तु तथा सेवाहरू उचित मुल्यमा उपल्बध
प्रयाप्त मात्रामा गुणस्तरिय वस्तु तथा सेवा उचित मुल्यमा उपल्बध गराउनु व्यवसायको प्रमुख समाजिक उदेश्य हो ।
# रोजगारीहरूको अवसरहरूको सृजना
व्यवसायले स्थानिय व्यक्तिहरूलाई रोजकारका अवसरहरु प्रदान गरी समाजमा रहेको बेरोजगारी समस्यालाई कम गर्नु पर्दछ ।
# अनुचित व्यापार नगर्नु
व्यवसायले कानुनी रूपमा आफ्ना क्रियाकलापहरू सञ्चालन गरी नाफा कमाउनु पर्दछ । गैर कानुनी कुरा जस्तै:-काले बजारी, झुट्टा विज्ञापनहरू, मिसावट गर्नु हुदैन । त्यसैले उचित व्यापार गर्नु व्यवसायको प्रमुख सामाजिक उदेश्य हो ।
# वातावरणको संरक्षण
व्यवसाय समाजमा स्थापना हुने हुदाँ यसले वातावरणमा प्रदुसण बनाउछ । जस्तै:-धुलो, धुवा, विभिन्न किसिमका रसायनिक पदार्थहरू वातावरणमा फैलिएर मनविय स्वस्थ्यमा असर पर्दछ । त्यसैले व्यवसाय सञ्चालन गर्दा वातावरणीय समस्याहरू प्रति सजक भएर वातावरणीय शुरक्षाका लागि नियन्त्रका कदमहरू अपनाउनु पर्दछ ।
# जीवन स्तरमा सुधार गर्नु
व्यवसायले विभिन्न किसिमका समाजिक क्रियाकलापहरूमा योगदान दिदै आफू कर्यरत समुदायका मानिसको जीवन स्तरमा सुधार ल्याउन सहयोग गर्नु पर्दछ ।
 
===राष्ट्रिय उदेश्य===
व्यवसाय राष्ट्रको अभिन्न अङ्ग हो । त्यसैले व्यवसायले आफ्ना क्रियाकलापहरू सञ्चालन गर्दा राष्ट्रिय हितलाई पनि ख्याल गर्नु पर्दछ । व्यवसायका राष्ट्रिय उदेश्यहरू निम्न छन ।
# कर तिर्नु
कर सरकारी आम्दानीको प्रमुख स्रोत हो । भने व्यवसायीक संस्थाहरू प्रमुख ठुला कर दाताहरू हुन । सरकारलाइ इमानदारी पुर्वक कर तिर्नु व्यवसायीक संस्थाको प्रमुख राष्ट्रिय उदेश्य हो ।
# कमजोर वर्गलाई प्रोत्त्साहन
व्यवसायले समाजमा रहेको कमजोर वर्ग जस्तै:-दलिद जनजाति, पिछडिएको क्षेत्र (जुम्ला, हुम्ला, मनाङ्ग आदि) का लागि विशेष व्यवस्था गर्नु पर्दछ । जागिरमा आरक्षण, दान तथा अन्य सहयोग गरी यस्ता वर्गहरूको कल्याण गर्नु पर्दछ ।
#प्रकृतिक स्रोतको अधिकतम उपयोग
नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण देश हो । यीनीहरूको अधिक्तम परिचालन गर्दै देशको विकास गर्नु व्यवसायीक संस्थाहरूको प्रमुख राष्ट्रिय उदेश्य हुनुपर्दछ ।
 
===मानवीय उदेश्यहरू===
मानवीय स्रोत नभई व्यवसाय सञ्चालन हुन सक्दैन । मानव स्रोतलाई आधिक्तम उपयोग गर्दै व्यवसायीक लक्षयहरू प्राप्त गर्न व्यवसायले निम्न मानवीय उदेश्यहरु पुरा गर्नु पर्दछ ।
#कर्मचारी कल्याणका कार्यक्रमहरू सञ्चालन
कर्मचारीहरूलाई समय मै तलब भुक्तानी गर्नु पर्दछ । उनीहरूलाई सम्मान जनक असल व्यवहार गर्दै अतिरिक्त सुविधाहरू जस्तै:- यातायात, आवास, शिक्षा र खेलकुदको समुचित व्यवस्था गर्नु पर्दछ । कैनटिन, खानेपानी, सौचालयको पनि राम्रो व्यवस्था हुनु पर्दछ । कर्मचारीहरूलाई समय अनुसार पदोनती र तलब सुबिधामा निरन्तर बृद्धि गर्दै जानु पर्दछ ।
#उत्प्रेरणा
उत्प्रेरित कर्मचारीहरू भएमा मात्र सङ्गठनका लक्षयहरू प्रभावकारी रूपमा प्राप्त हुन्छ । उतकृष्ट काम गर्ने कर्मचारीहरूलाई विभिन्न किसिमका पदकहरू नगद पुरस्कार, प्रमाण पत्र र पदोनतीको व्यवस्था गरी कर्मचारीमा उत्प्रेरणा जगाउन सकिन्छ । रुचि भएको काममा चुनौतिपुर्ण कामको जिम्मा दिएर पनि उत्प्रेरणा जगाउन सकिन्छ ।
 
[[श्रेणी:व्यवसाय]]
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित