विद्युतीय उपकरण
विद्युतीय ईन्जिनियरिङ मा, विद्युतीय मेसिन, बिजुली मोटर र विद्युतीय जेनरेटर र अन्य इलेक्ट्रोमग्नेटिक यन्त्रहरुको लागी एक व्यापक शब्द हो। यी सबै इलेक्ट्रोमेकानिकल ऊर्जा रुपान्तरण गर्ने उपकरण हुन्। विद्युतीय मोटरले विद्युतीय ऊर्जालाई यान्त्रिक ऊर्जामा रूपान्तरण गर्छ, जबकि विद्युतीय जेनेरेटरले मेकानिकल ऊर्जालाई विद्युतीय ऊर्जामा रूपान्तरण गर्छ। मेसिनको गतिशील पुर्जाहरूमा घूर्णन वा रैखिक गति ( रैखिक मोटरहरूमा ) हुन सक्छ। मोटर र जेनेरेटरको अतिरिक्त, ट्रान्सफर्मरलाई प्रायः तेस्रो श्रेणीको रूपमा समावेश गरिन्छ, ट्रान्सफर्मरमा गतिशील पुर्जा[१] नभए पनि वैकल्पिक ऊर्जाको भोल्टेजलाई रूपान्तरण गर्दछ।
विद्युतीय उपकरणको विकास १९ औं शताब्दीको मध्यमा सुरु भयो। त्यसबेलादेखि हालसम्म उद्योगदेखि घर-घरसम्म विद्युतीय मेसिनहरू सर्वव्यापी भएका छन् । बिजुली जनरेटरको स्वरुपमा, यी विद्युतीय उपकरणहरूले संसारमा लगभग सबै विद्युत शक्ति उत्पादन गर्दछ।[२] त्यसैगरी कुल उत्पादन हुने विद्युतको ६० प्रतिशत विद्युतीय मोटरबाट खपत हुने गरेको छ। यसको व्यापकतालाई ध्यानमा राख्दै, वैश्विक संरक्षणको लागि अधिक प्रभावकारी विद्युतीय उपकरणहरू विकास गर्न अत्यन्त महत्त्वपूर्ण छ।
सारमा, ट्रान्सफर्मर, विद्युतीय मोटर र विद्युतीय जेनेरेटर आदिलाई विद्युतीय मेसिन (Electrical Machine) भनिन्छ। विद्युतीय मेसिनहरूले ऊर्जालाई तीन तरिकामा रूपान्तरण गर्छन्:
- यान्त्रिक ऊर्जा ==> विद्युत ऊर्जा : बिजुली जेनेरेटर
- विद्युत ऊर्जा ==> यान्त्रिक ऊर्जा : इलेक्ट्रिक मोटर
- विद्युत ऊर्जा (V1 भोल्टेज) ==> विद्युत ऊर्जा (V2 भोल्टेज) : ट्रान्सफर्मर
तीमध्ये विद्युतीय जेनेरेटर र विद्युतीय मोटर घुम्ने/गतिशील मेसिन हुन् भने ट्रान्सफर्मर स्थिर मेसिन (अर्थात्, बिना घुमेर काम गर्ने विद्युतीय मेसिन) हो । तीन प्रकारका घुमाउरो विद्युतीय मेसिनहरू छन्:
- (१) डी सी मेसिन वा कम्युटेटरहरू भएका मेसिनहरू
- (२) सिंक्रोनस मेसिन
- (३) एसिन्क्रोनस मेसिन
वर्गीकरण
सम्पादन गर्नुहोस्विद्युतीय उपकरण (मोटर र जेनेरेटर)को बर्गीकरण यसको कामको भौतिक सिद्धान्तको आधारमा गर्न सकिन्छ। विद्युतीय मेसिनहरूको बर्गीकरण विद्युतीय ऊर्जा (विद्युत जनरेटर) उत्पन्न गर्ने वा विद्युतीय उर्जालाई मेकानिकल उर्जा (मोटर) मा रूपान्तरण गर्ने वा विद्युतीय ऊर्जा (जस्तै एम्प्लिडाइन) लाई नियन्त्रण गर्ने अनुसार वर्गीकरण गर्न सकिन्छ। विद्युतीय मेसिनहरूलाई पनि डिसी करेन्ट मेसिनहरू वा एसी करेन्ट मेसिनहरू हुन् भन्ने आधारमा वर्गीकृत गर्न सकिन्छ।
विद्युत जनरेटर
सम्पादन गर्नुहोस्एसी जेनेरेटर
सम्पादन गर्नुहोस्डिसी जेनरेटर
सम्पादन गर्नुहोस्विद्युत मोटर
सम्पादन गर्नुहोस्एसी मोटर
सम्पादन गर्नुहोस्डीसी मोटर
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ Iqbal, Moinoddin & Reddy 2021, पृष्ठ xxii.
- ↑ Ritonja 2021.
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- बिजुली मोटर
- बिजुली जनरेटर
- ट्रान्सफर्मर
- विद्युत शक्ति को उपयोग