वित्तीय अपराधहरू (अङ्ग्रेजी: Financial Crimes) भन्नाले सम्पत्तिसँग सम्बन्धीत अपराध हो, जसमा कुनै एक व्यक्तिको स्वार्थको लागि अनाधिकृत रूपमा सम्पत्तिको स्वामित्व परिवर्तन गर्ने प्रक्रियालाई जनाउँदछ । वित्तीय अपराधहरूमा बैङ्किग ठगि, भुक्तानी ठगी, कर छली जस्ता अपराधहरू पर्दछन् ।

सम्पत्ति शुद्धीकरण सम्पादन गर्नुहोस्

सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ मा उल्लेख भएअनुसार कर छली वा आतंककारी क्रियाकलाप वा अन्य गैरकानुनी क्रियाकलापबाट आर्जन गरिएको सम्पत्तिको श्रोत लुकाउने वा त्यस्तो सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई कानुनी कारवाहीबाट बचाउने उद्देश्यले त्यस्तो सम्पत्ति लुकाउन, रुपान्तरण गर्न वा स्थानान्तरण गर्न कसैलाई मद्दत गरेमा सम्पत्ति शुद्धिकरण गरेको मानिनेछ । ऐनले कुनै पनि बैङ्क तथा वित्तीय संस्था तथा गैर वित्तीय संस्थाहरूले कुनै पनि व्यक्ति वा संस्थासँग व्यवसायिक सम्बन्ध स्थापित गर्दा नेपाल राष्ट्र बैङ्कले समय समयमा तोकेको ढाँचामा तोकिएका कागजातहरु प्राप्त गरी त्यस्ता व्यक्ति तथा संस्थाको स्पष्ट रूपमा पहिचान गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्