सार्वजनिक हितका लागि सामाजिक, आर्थिक तथा स्वास्थ्य सम्बद्ध नीति, राजनीतिक तथा सैन्य रणनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रविधि, पर्यावरण तथा भौगर्भिक अवस्थिति, धर्म, संस्कार तथा संस्कृति लगायतका अन्तरविधागत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, अनुसन्धानबाट सिर्जित ज्ञान तथा प्राप्त निष्कर्षका आधारमा पैरवी गर्ने संस्था वा प्रतिष्ठानलाई विचार समूह (थिङ्क ट्याङ्क) भनिन्छ।[१] यसलाई अनुसन्धान संस्थान वा नीति संस्थान पनि भनिन्छ। धेरैजसो थिङ्क ट्याङ्कहरू गैर-लाभकारी संस्थाहरू हुन् र यी संस्थाहरूलाई अमेरिका जस्ता देशहरूमा पनि कर छुट दिइन्छ । केही अन्य थिंक ट्याङ्कहरू सरकारहरूद्वारा वित्त पोषित छन्, केही ठूला व्यवसायहरूद्वारा वित्त पोषित छन् र केही वकालत समूहहरूद्वारा वित्त पोषित छन्।

इतिहास सम्पादन गर्नुहोस्

इतिहासकार ज्याकब सोलका अनुसार, जबकी "थिङ्क ट्याङ्क" यसको उत्पत्तिका आधारमा आधुनिक शब्द हो र यसको उत्पत्ति "१६औं र १७औं सताब्दीको मानवतावादी एकेडेमी र विद्वानहरूको सञ्जालबाट भएको हो।" सोलका अनुसार, "यूरोपमा भने थिङ्क ट्याङ्कको उत्पत्ति ८०० को दशकमै भयो जब सम्राट र राजाहरूले क्याथोलिक चर्चसँग करको बारेमा बहस गर्न सुरू गरेका थिए।

प्रकारहरू सम्पादन गर्नुहोस्

थिङ्क ट्याङ्क वैचारिक दृष्टिकोण, कोष वा अनुदानको स्रोत, सामयिक जोड र सम्भावित उपभोक्ताहरू आदिका आधारमा विभिन्न किसिमका हुन्छन्। अनुदानले यो पनि दर्शाउन सक्छ कि संस्थाले के वा कसमाथी प्रभाव जमाउन चाहन्छ। उदाहरणका लागि, अमेरिकामा केही दाताहरू काङ्ग्रेसको मतलाई प्रभावित गर्न वा जनमतलाई आकार दिन चाहन्छन्, केही थिङ्क ट्याङ्कहरू स्वयंलाई वा आफूद्वारा वित्त पोषित विशेषज्ञहरूलाई भविष्यमा सरकारी पदमा स्थान दिलाउन चाहन्छन्, जबकि अन्य दाताहरू अनुसन्धान वा शिक्षाका विशिष्ट क्षेत्रलाई अगाडि बढाउन चाहन्छन्।

भूमण्डलीकरणको परिणामस्वरूप थिङ्क ट्याङ्कमा एउटा नविन प्रवृत्ति देखिन्छ र त्यो हो विभिन्न देशहरूका नीतिगत संस्थाहरूको बीच सहकार्य। उदाहरणका लागि, अन्तर्राष्ट्रिय शान्तिका लागि कार्नेगी इन्डाउमेन्टले वासिङ्गटन डीसी, बेइजिङ, बेरूत र ब्रसेल्समा आफ्ना कार्यालयहरूको स्थापना र सञ्चालन गर्छ; मस्कोमा भने यसको कार्यालय अप्रिल २०२२ मा बन्द भएको थियो।

जनताको राय सम्पादन गर्नुहोस्

कास्ट फ्रम क्ले नामक बेलायती संस्थाले गरेको एउटा सर्वेक्षणले २०२१ मा २० प्रतिशत अमेरिकीहरूले मात्रै थिङ्क ट्याङ्कलाई विश्वास गरेको देखाएको छ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. https://gorkhapatraonline.com/news/40550
  2. Rojansky, Matthew; Shapiro, Jeremy (२८ मे २०२१), "Why Everyone Hates Think Tanks", Foreign Policy (en-USमा), मूलबाट २८ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०२३ 

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्