विक्की क्रिस्टिना बार्सिलोना

विक्की क्रिस्टिना बार्सिलोना सन् २००८ को प्रेमप्रसङ्गयुक्त हास्य-नाटक चलचित्र हो जुन वुडी एलेनद्वारा लेखन र निर्देशन गरिएको थियो। यसमा जेभियर बार्देम, पेनेलोपे क्रुज, स्कार्लेट जोहानसनरेबेका हल मुख्य भूमिकामा छन्। चलचित्र स्पेनको बार्सिलोना, एबिलेसओबिएदोमा छायाङ्कन गरिएको थियो। यो एलेनको लगातार चौथो चलचित्र हो जुन संयुक्त राज्य अमेरिका बाहिर छायाङ्कन गरिएको थियो।

विक्की क्रिस्टिना बार्सिलोना
Vicky Cristina Barcelona
Vicky Cristina Barcelona film poster.png
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकवुडी एलेन
लेखकवुडी एलेन
निर्माता
मुख्य कलाकार
छायाङ्कनजेभियर आइगिरेससरबे
सम्पादनअलिसा लेपसेल्टर
वितरक
कम्पनीहरू
वितरक
प्रदर्शन मिति
  • १७ मे २००८ (2008-05-17) (कान चलचित्र महोत्सव)
  • १५ अगस्ट २००८ (2008-08-15) (संयुक्त राज्य अमेरिका)
  • १९ सेप्टेम्बर २००८ (2008-09-19) (स्पेन)
अवधि
९७ मिनेट
राष्ट्र
  • स्पेन
  • संयुक्त राज्य अमेरिका
भाषाहरू
  • अङ्ग्रेजी
  • स्पेनी
बजेट$१५ मिलियन[१]
बक्स अफिस$९६.४ मिलियन[२]

यस चलचित्रको प्रिमियर सन् २००८ कान चलचित्र महोत्सवमा भएको थियो। त्यसपछि यसले विश्वव्यापी रूपमा सामान्य रिलिज प्राप्त गरेको थियो जुन अगस्त १५, २००८ मा संयुक्त राज्य अमेरिकामा सुरु भएको थियो र जापानमा यसको जुन २००९ रिलिज सम्म विभिन्न देशहरूमा जारी रहेको थियो। चलचित्रले आलोचकहरूबाट प्रशंसा प्राप्त गरेको थियो, र चार गोल्डन ग्लोब पुरस्कारको लागि नामाङ्कन गरिएको थियो। क्रुजले सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेत्रीको लागि दुबै ओस्करबाफ्टा पुरस्कार जितेकी थिइन्।

कलाकारसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Allen film funding angers Spanish", BBC News Online, २००७-०७-३०। 
  2. "Vicky Cristina Barcelona", Box Office Mojo, २००९-०२-१९, अन्तिम पहुँच २०११-०२-०६ 

बाह्य कडीहरूसम्पादन