विकिहाउ विकिमा आधारित वेबसाइट हो जसले मानिसहरूलाई कसरी काम गर्ने भन्ने बारेमा सिकाउँदछ। यसको स्थापना सन् २००५ मा, इन्टरनेट उद्यमी ज्याक हेनरिकले गरेका थिए। वेबसाइटले संसारका सबै मानिसहरूलाई कसरी गर्ने भन्ने निर्देशनहरू सृजना गर्ने लक्ष्य राखेको छ र यसले विश्वका सबै मानिसहरूलाई कसरी कार्य गर्ने बन्ने बारेमा सिक्न र सिकाउनका लागि पनि अभिप्रेरित गर्दछ। [३]

विकिहाउ
डिसेम्बर, २०१९ मा विकिहाउको मुख्य पृष्ठ
व्यवसायको प्रकारनिजी
साइटको प्रकार
विकी
उपलब्ध भाषा१८[१] भाषाहरू
मुख्यालयहरू
पालो आल्टो, क्यालिफोर्निया
,
संयुक्त राज्य अमेरिका
सेवा क्षेत्रविश्वव्यापी
सर्जकज्याक हेनरिक र जोश हन्नाह
मुख्य व्यक्तिहरूएलिजावेथ डगलस (कार्यकारी)
ज्याक हेनरिक (संस्थापक)
युआरएलमुख्य पृष्ठ
अलेक्सा क्रमह्रास १३९ (जनवरी २०२०)[२]
व्यवसायिकहो
दर्ताबैकल्पिक, केही कार्यको लागि दर्ता आवश्यक
चालु भएको मितिजनवरी १५, २००५; १९ वर्ष पहिले (२००५-०१-15)
वर्तमान स्थितिचालू

विकिहाउ एक निजी सङ्गठन हो। [४][५] यस वेबसाइटलाई सामाजिक लक्ष्यका लागि निर्माण गरिएको थियो। विकिहाउ एक खुला स्रोत तथा खुला सामग्री परियोजना हो।[६] यसको परिमार्जित मिडियाविकि सफ्टवेयर स्वतन्त्र रूपमा जारी गरिएको थियो भने यसका सम्पूर्ण सामग्रीहरू क्रिएटिभ कमन्स इजाजतपत्र अन्तर्गत जारी गरिएको छ।[७]

फेब्रुअरी २००५ मा, विकिहाउमा ३ करोड ५५ लाख प्रयोगकर्ताहरू रहेका थिए।[८][९] जनवरी २०२० सम्म, विकिहाउमा २,१२,००० भन्दा बढी कसरी गर्ने भन्ने बारे नि: शुल्क लेखहरू रहेका छन् र २१ लाख भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू रहेका छन्।[१०] ११ अप्रिल २०१० मा, "कसरी तौल छिटो घटाउने" भन्ने शीर्षकको विकिहाउ लेखले ५० लाख अवलोकनहरू प्राप्त गरेको थियो र यो सफलता हासिल गर्ने यो पहिलो पृष्ठ रहेको थियो।[११] "माइक्रोसफ्ट विन्डोजमा पर्दाचित्रण कसरी लिने" भन्ने लेख यस वेबसाइटको सबैभन्दा लोकप्रिय लेखहरू मध्ये एक हो।[१२] विकिहाउका अनुसार, विकिहाउको लेखबाट निर्देशन लिएर आपतकालीन अवस्थामा चार बच्चा जन्मेका थिए।[१३]

इतिहास सम्पादन गर्नुहोस्

विकिहाउलाई ज्याक हेरिकले १५ जनवरी २००५ मा स्थापना गरेका थिए जसमा बहु-भाषा, नवीनतम तथा अद्यावधिक निर्देशित सामग्री र विस्तृत कसरी गर्ने भन्ने सामग्रीहरू समावेश थिए। विश्वको सबैभन्दा ठूलो बहुभाषिक विश्वकोश विकिपिडियालाई सम्मान गर्नका लागि यसको स्थापना जनवरी १५ मा गरिएको थियो।[१४] हेरिक र उनका साथी जोश हन्नाहले सन् २००४ मा, कसरी काम गर्न सिकाउने वेबसाइट इहाउलाई खरिद गरेका थिए र सोही इहाउ नामक वेबसाइटबाट उनीहरूले विकिहाउको स्थापना गर्नका लागि प्रेरणा प्राप्त गरेका थिए।[१५] इहाउलाई सञ्चालनमा ल्याएपछि उनीहरूले इहाउको व्यवसाय नमूनाले कसरी काम गर्न सिकाउने प्रकारका सामग्रीहरूले गुणस्तरीय सामग्री प्रदान गर्नबाट रोकिरहेको निष्कर्षमा पुगेका थिए।[१६] हेरिक र हन्नाहले सन् २००६ मा इहाउलाई बिक्री गरेका थिए र उनीहरूले आफ्नो सम्पूर्ण समय विकिहाउको विकास र प्रवर्द्धनमा बिताएका थिए।[१७]

सन् २००६ मा, एक गैर नाफामूलक सङ्गठन "वान ल्यापटप पर चाइल्डले" विकिहाउलाई एक विश्वसनीय सामग्री स्रोतको रूपमा छनोट गरेको थियो। [१८] २१ सेप्टेम्बर २००७ मा, वेबसाइटमा २५,००० लेखहरू प्रकाशित भएको थियो। सन् २००९ मा, वेबसाइट २ करोड मासिक सक्रिय प्रयोगकर्ताहरू प्राप्त गरेको थियो।[८] सन् २०१४ मा, गुगलले विकिहाउलाई गुगल योगदानकर्ता नामक मञ्चका लागि एक विज्ञापन मुक्त इन्टरनेट उत्पादका लागि प्रक्षेपण साझेदार मध्ये एकको रूपमा चयन गरेको थियो।[१९][२०]

गाइडसेनट्रलको अधिग्रहण सम्पादन गर्नुहोस्

२४ मार्च २०१६ मा विकिहाउले गाइडसेन्ट्रल नामक वेबसाइटको अधिग्रहण गरेको थियो,[२१] तथापि, अधिग्रहणका शर्तहरू भने जारी गरिएको थिएन।[२२] गाइडसेन्ट्रलले अधिग्रहण अगाडि १० लाख अमेरिकी डलर सङ्कलन गरेको थियो। [२३]

सञ्चालन सम्पादन गर्नुहोस्

विकिहाउले कसरी गर्ने भन्ने खालका सामग्रीहरू इन्टरनेटको माध्यमबाट प्रदान गर्दछ र यसका पृष्ठलाई जो कसैले पनि सम्पादन गर्न सक्दछन्। फेब्रुअरी २०१५ सम्म, विकिहाउमा १,८०,००० भन्दा बढी कसरी गर्ने भनी सिकाउने पृष्ठहरू रहेका छन्। [२४] कसरी गर्ने भन्ने खालका धेरै लेखहरूले चरण, सुझाव, चेतावनी, आवश्यक पर्ने चीजहरूको सूचीको साथ समान ढाँचाहरूको अनुसरण गर्दछ र पाठकहरूलाई कसरी कार्य पूरा गर्ने भनेर जान्नको लागि तस्वीरहरू पनि प्रदान गर्दछ।

विकिहाउले लगातार सुधार हुने प्रकारको विकि विधिको प्रयोग गर्दछ। यसले सम्पादकहरूलाई सामग्री थप्न, मेटाउन, वा परिमार्जन गर्न अनुमति दिन्छ। एक पटक लेख सृजना भएपछि, समुदायका सदस्यहरू मिलेर यसको गुणस्तर सुधार गर्दछन्। हालसालै भएका परिवर्तनहरूलाई प्रत्येक सम्पादकहरूले छानबीन गर्दछन् जहाँ स्वयमसेवकहरूले विकिहाउको मापदण्ड अनुसार सामग्रीहरूको समीक्षा गर्दछन्। खराब सम्पादन, बर्बरता र परीक्षण सम्पादनहरूलाई यसका सम्पादकहरूले खारेज वा सुधारको चिनो लगाउँछन्। सामान्यतया, तस्वीरहरू विकिहाउ स्वयंसेवकहरूद्वारा चित्रण गरिन्छन्। [२५][२६] यसमा उपयोग हुने तस्वीरहरू प्रायः क्रिएटिभ कमन्स एट्रिब्युसन-सेयरअलाईक-गैर व्यवासायिक अनुमतिपत्र अन्तर्गत उर्ध्वभरण गरिन्छन्। तथापि, दर्ता गरिएका प्रयोगकर्ताहरूले यसमा तस्वीर योगदान गर्न सक्दछन्। [२७]

गुणस्तर समीक्षा प्रणाली सम्पादन गर्नुहोस्

पुनर्निर्धारित रूपमा, नयाँ सृजना गरिएका लेखहरूमा खोज संयन्त्रहरूबाट पनि पहुँच गर्न सकिन्छ। "गुणस्तर समीक्षा" मा रहेका लेखहरू एक सूचनाका साथ लुकाइएको हुन्छ। [२८] प्रयोगकर्ताहरू प्रवेश भएपछि लेखको सामग्रीहरू अवलोकन गर्नका लागि चेतावनी खारेज गर्न सक्दछन्।[२९] मापदण्ड पूरा गर्ने लेखहरू "पदोन्नति" हुन्छन्, जसले सुधार-चिनो लागेका सूचनालाई हटाउँदछ, र लेख सार्वजनिक रूपमा दृश्यात्मक र खोजी योग्य बनाउँदछ।[३०][३१]

मेट्ने प्रणाली सम्पादन गर्नुहोस्

यसमा मेटाउने वा हटाउने नीति भित्र परेका सामग्रीहरूलाई लेखबाट हटाइन्छ। यसमा हाँस्य वरिपरि केन्द्रित लेख, यौन स्पष्ट, वा घृणित विषयहरूका साथसाथै गम्भीर गलत वा अपूर्ण निर्देशनहरू दिने लेखहरूलाई हटाइन्छ।[३२] विकिको समायोजन नीतिमा रहेका नक्कली रूपमा पहिचान गरिएका लेखहरूलाई भने समायोजन गरिन्छ।[३३]विकिपिडियाको समान मेटाउनका लागि बृहत् रूपमा छलफल चलाइन्छ र यदी लेखहरू शीध्र मेटाउनु पर्नेमा रहेको छ भने उक्त लेखहरूलाई प्रबन्धकहरूद्वारा मेटाइन्छ।[३४] मेटाउनका लागि समुदायद्वारा उक्त लेख माथि टिप्पणी गरिन्छ। [३५]

दर्ता र प्रयोगकर्ता अधिकार सम्पादन गर्नुहोस्

 
सन् २०१२ को विकिहाउको सम्मेलन

अन्य धेरै विकीहरू जस्तै, यसमा दर्ता वैकल्पिक छ र लेख सृजना र सम्पादनका लागि भने खाता खोल्नु जरुरी छैन्। विकिहाउले बालबालिका लागि अनलाइन गोपनीयता सुरक्षा ऐनको पालना गर्दछ , र कम्तीमा १३ वर्ष पुगेका व्यक्तिहरूले खाता खोल्न सक्दछन्। अनलाइन गोपनीयता सुरक्षा ऐन नियमित रूपमा लागू गरिएको छ र वेबसाइटका प्रशासकहरूले नाबालक भएको पुष्टि गरेका जो कोहीलाई पनि रोक्न सक्दछन्। तथापि, कम्पनीको प्रयोगकर्ताका अभिभावक वा कानूनी अभिभावकले हस्ताक्षर गरेको कम्पनीले सहमति फारम प्राप्त गरेमा सम्पादन सुविधाहरू पुनर्स्थापित गर्न सकिन्छ।[३६] कम उमेरका प्रयोगकर्ताहरू, अज्ञात रूपमा सम्पादन गर्न सक्छन्, तर उनीहरूलाई उनीहरूको व्यक्तिगत जानकारी सार्वजनिक नगर्न सल्लाह दिइन्छ।

यसमा १० लाख भन्दा बढी व्यक्तिहरूले खाता सृजना गरेका छन् र १५,००० भन्दा बढी व्यक्तिहरू एक महिनामा विकी सम्पादन गर्छन् [३७] र यसमा अरूलाई जानकारी गराउने उद्देश्यका लागि सम्पादन गरिने गरिन्छ। स्वयंसेवक योगदानकर्ताहरूको यस समुदायले आफैँलाई "विकि सम्पादनकर्ता" वा अङ्ग्रेजी भाषामा विकिहाउयन भन्छन्। [३८] सर्वाधिक सक्रिय, अनुभवी, र विश्वसनीय प्रयोगकर्ताहरूले अतिरिक्त सम्पादन विशेषाधिकार प्राप्त गर्न सक्दछन् जसले उनीहरूलाई वेबसाइट प्रशासन र सुरक्षामा मद्दत गर्दछ। स्वतः निर्धारित अधिकार प्राप्त भएका व्यक्तिहरूले विशेष उपकरणमा पहुँच प्राप्त गर्दछन् जसले उनीहरूलाई हालसालै लेखिएका लेखहरू सम्पादन गर्न मद्दत पुर्‍याउँछ र राम्रो निर्णय र स्तरीय लेखनका साथ सबैभन्दा अनुभवी प्रयोगकर्ताहरू प्रबन्धकको लागि आवेदन दिन सक्दछन्।[३९]

समुदाय संलग्नता सम्पादन गर्नुहोस्

कम्तीमा वर्षमा एक पटक, विकिहाउले सम्मेलनहरूको आयोजना गर्दछ जहाँ सक्रिय समुदायका सदस्यहरूको सानो समूहलाई एक अर्काको अनुभव साट्नका लागि भेला हुन आमन्त्रित गरिन्छ।[४०] यो प्रत्येक पटक विभिन्न सहरहरूमा हुने गरेको छ। विकिहाउको प्रधान कार्यालय पालो अल्टो, क्यालिफोर्नियामा अवस्थित छ।[५][१७]

व्यापार नमूना सम्पादन गर्नुहोस्

साइटको प्रारम्भिक लागतहरू केही हदसम्म हेरीकको इहाउको बिक्रीबाट प्राप्त भएको थियो।[४१] यसले पृष्ठहरूमा दिएको विज्ञापनहरूबाट रकम प्राप्त गर्दछ। [४२]

अनुमतिपत्र सम्पादन गर्नुहोस्

विकीको सामग्री क्रिएटिभ कमन्स एट्रिब्युसन गैर व्यावसायिक-सेयर अलाइक अनुमतिपत्र अन्तर्गत प्रकाशित गरिएको छ जसको अर्थ सामग्रीहरू मूल लेखकहरूलाई श्रेय दिने बित्तिकै गैर-व्यवासायिक उद्देश्यको लागि परिमार्जन र पुनः प्रयोग गर्न सकिन्छ। लेखकहरूले उनीहरूको सामग्रीमा पूर्ण प्रतिलिपि अधिकार राख्न सक्दछन् र यसलाई अन्य अनुमति पत्र अन्तर्गत अन्यत्र प्रकाशित गर्न पनि सक्दछन्।[४३]

विज्ञापन सम्पादन गर्नुहोस्

विकिहाउले पाठकहरूलाई विज्ञापनको सामग्री प्रदर्शनको लागि छनोट गर्ने सुविधा दिएको छ।[४४] दर्ता भएका र प्रवेश भएका प्रयोगकर्ताहरूका माझ विज्ञापनहरू प्रदर्शन गरिँदैन।[४५][४६]

नोभेम्बर २०१४ मा, विकिहाउलाई गुगल योगदानकर्ता नामक सेवामा सहभागी हुने घोषणा गरिएको थियो जसले वेबसाइट प्रयोगकर्ताहरूलाई उनीहरूको मनपर्ने वेबसाइटहरूको समर्थनमा मासिक चन्दा दिनको लागि विज्ञापन देखाउँदैन।[४७]

प्रतिक्रिया सम्पादन गर्नुहोस्

विकिहाउले विभिन्न श्रेणीहरूमा थुप्रै पुरस्कारहरू प्राप्त गर्न सफल भएको छ। यसले सन् २००९ मा समुदायको लागि वेबी पुरस्कार जितेको थियो।[४८] द गार्जियन र नेस्टाद्वारा सन् २०१० मा आयोजना गरिएको खुला नवीनता प्रतियोगितामा यसले सह-सृजना पुरस्कार हासिल गरेको थियो।[४९] यसका अतिरिक्त, म्यासएबलले विकिहाउलाई सन् २००८ मा खुला इन्टरनेट पुरस्कारमा सर्वश्रेष्ठ विकीको लागि उप-विजेताको रूपमा चयन गरेको थियो।[५०] अक्टोबर २०१८ मा, गिजमोडोले उपयुक्त दिशामा मार्ग निर्देशन गर्न सक्ने वा लगातार उपयोगी सामग्रीहरूको प्रस्तुत गर्ने भन्दै यसको आफ्नो १०० वेबसाइटहरूको सूचीमा विकिहाउलाई समावेश गरेको थियो।[५१] हालसालै, फोर्ब्सले सन् २०१९ को "सर्वश्रेष्ठ साना कम्पनीहरू" को सूचीमा विकिहाउलाई मान्यता प्रदान गरेको छ। [५२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "विकिहाउ:भाषा परियोजना - विकिहाउ"विकिहाउ डटकम (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१७-०८-१५ 
  2. "विकिहाउ डटकम ट्राफिक, जनशाङ्खिकि तथा प्रतिस्पर्धाीहरू - अलेक्सा"अलेक्सा। सङ्ग्रह मिति ४ जनवरी २०२० 
  3. "wikiHow:Über wikiHow"विकिहाउ (जर्मनेली भाषा)। wikiHow, Inc.। सङ्ग्रह मिति २०१७-०९-०४ 
  4. "wikiHow:Hybrid Organization"विकिहाउ। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  5. ५.० ५.१ दिमरिस क्रिस्तिना। "WikiHow's Recipe for Success"इङ्क। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  6. "Jack Herrick, wikiHow founder interviewed by Wikinews"विकि समाचार 
  7. "Special:Version"विकिहाउ। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  8. ८.० ८.१ रोगर रेबेका। "wikiHow Reaches 25,000 Articles"क्रिएटिभ कमन्स। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  9. "wikiHow:Creative Commons"वाकिहाउ। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  10. "wikiHow:History of wikiHow - wikiHow"विकिहाउ (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१७-०८-१३ 
  11. "2019: The Year in Review"विकिहाउ 
  12. "wikiHow:Statistics - wikiHow"विकिहाउ डटकम (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१७-०८-१३ 
  13. "wikiHow:About wikiHow - wikiHow"विकिहाउ डटकम (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१७-०८-१३ 
  14. हेरिक, ज्याक। "Post on Herrick's Google+ page"गुगल+। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  15. "wikiHow:History of wikiHow"विकिहाउ। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१६ 
  16. लाभिन रोबर्त। "New Web Sites Seeking Profit in Wiki Model"द न्यू योर्क टाइम्स। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  17. १७.० १७.१ रुस, बेड। "How To Build a "Lifestyle Business" with 30 Million Visitors Per Month: The wikiHow Story"एक्सकोनोमी। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  18. "2B1: "WikiHow" Content Comes Preloaded"ओएलपिसि समाचार। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  19. सोनफोल्ड एरिक। "WikiHow Gets Pretty, And Hits 20 Million Monthly Visitors"टेक्रन्च। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  20. इनग्राम्ह, नथान। "Google Contributor will let you pay a monthly fee to see select वेबसाइटs without ads"द भर्ज। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  21. निउहाम, पामेला। "WikiHow acquires Dublin start-up Guidecentral"। द आइरिस टाइम्स। सङ्ग्रह मिति १५ डिसेम्बर २०१६ 
  22. "wikiHow / Guidecentral"टेकक्रन्च। सङ्ग्रह मिति १५ डिसेम्बर २०१६ 
  23. एन्डर्स, जर्ज। "Can WikiHow Rule Mobile? Watch This Acquisition Closely"। फोर्ब्स। सङ्ग्रह मिति १५ डिसेम्बर २०१६ 
  24. हुवाङ, कियरा। "How-to site wikiHow builds Chinese-language presence"साउथ चाइना मर्निङ पोस्ट। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  25. "How to Patrol Recent Changes on wikiHow"विकिहाउ। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  26. "wikihow vs ehow is the wiki way better than content farms"रिड राइड। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  27. "How to Access the wikiHow Community Dashboard"विकिहाउ (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१७-०८-१३ 
  28. "How to Get an Article Approved in wikiHow's Quality Review", विकिहाउ, अन्तिम पहुँच २१ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ फेब्रुअरी २०१५ मिति
  29. "wikiHow:Rising Star - wikiHow", विकिहाउ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१६ मिति
  30. "How to Write a Rising Star Quality Article on wikiHow", विकिहाउ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१६ मिति
  31. "How to Use the wikiHow New Article Boost App", विकिहाउ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-२४ मिति
  32. "विकिहाउ:मेटाउने नीति", विकिहाउ 
  33. "विकिहाउ:समायोजन नीति - विकिहाउ", विकिहाउ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०८-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१६ मिति
  34. "How to Nominate an Article for Deletion on wikiHow", विकिहाउ (अङ्ग्रेजीमा)।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-३० मिति
  35. "How to Tag an Article for Speedy Deletion on wikiHow", विकिहाउ (अङ्ग्रेजीमा)।  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-३० मिति
  36. "wikiHow:COPPA", विकिहाउ 
  37. "कसरी विकिहाउको प्रबन्धक बन्ने? Admin", विकिहाउ, अन्तिम पहुँच २१ फेब्रुअरी २०१५ 
  38. "How to Become a New Article Booster on wikiHow", विकिहाउ, अन्तिम पहुँच २१ फेब्रुअरी २०१५ 
  39. "How to Become a wikiHow Admin", विकिहाउ, अन्तिम पहुँच २१ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २२ फेब्रुअरी २०१५ मिति
  40. "wikiHow:Meetups - wikiHow", विकिहाउ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१४ मिति
  41. "Hybrid Organization", विकिहाउ, अक्टोबर ५, २०१०, अन्तिम पहुँच जनवरी २७, २०१२ 
  42. "wikiHow:Hybrid Organization", विकिहाउ [dead link]
  43. प्रयोगका सर्तहरू, wikihow.com. The licensing section links to Creative Commons – Attribution-Noncommercial-Share Alike 2.5 Generic.
  44. गिब्स, सामुएल, "Google Contributor: can I really pay to remove ads?", द गार्जियन, अन्तिम पहुँच २१ फेब्रुअरी २०१५ 
  45. wikiHow:Why Hide Ads – wikiHow.
  46. टेलर, मारिसा (जनवरी ३०, २००९), "Turning the Ads Off", द वाल स्ट्रिट जर्नल, Digits (blogs.wsj.com)।  वेब्याक मेसिन अभिलेखिकरण जुन १२, २०१८ मिति
  47. wikiHow:Video Curation#Video Curation Tips
  48. "wikiHow"वेबी पुरस्कार। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  49. किगा भिक्टोर। "Open innovation is coming of age"द गार्जिएन। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  50. "The 2nd Annual Open Web Awards"म्यासएबल। सङ्ग्रह मिति २१ फेब्रुअरी २०१५ 
  51. "100 वेबसाइटs That Shaped the Internet as We Know It"गिजमोडो। सङ्ग्रह मिति २३ जुन २०१९ 
  52. "Forbes Small Giants: The Best Small Companies Of 2019"फोर्ब्स। सङ्ग्रह मिति २३ जुन २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्