परिचय
विकिपिडिया लेख-सम्पादन स्वशिक्षा

सम्पादन
कसरी सम्पादन गर्ने

रूपरंग
विकिपिडियाको रूपरंग

सन्दर्भ र स्रोत
सन्दर्भ र स्रोत कसरी थप्ने

वार्तालाप पृष्ठ
विकिपिडियाको वार्तालाप पृष्ठ

ध्यान राख्नुहोस्
विकिपिडियामा सम्पादन गर्दा केहि कुराहरूलाई सदैव ध्यानमा राख्नुहोस।

पंजीकरण
पंजीकरण कसरी गर्ने

जाँदा-जाँदै
अरु कुराहरु

विकिपिडियामा तपाईंले एक विकिनाम छानेर दर्ता गर्नु अनिवार्य छैन र तपाईं यो बिना पनि लेखहरूमा आफ्नो योगदान दिन सक्नुहुन्छ । तर पनि खाता बनाउनुका धेरै फाइदाहरू छन्:

  • तपाईं नयाँ लेख सृजना गर्न पाउनुहुनेछ।
  • आफ्नो खाता खोलेपछि तपाईंलाई धेरै सुविधाहरू मिल्नेछन्, जस्तै कि सम्पादन भएका लेखकहरू स्थानान्तरण या नाम परिवर्तन गर्ने अनुमति र विकिपिडियालाई आफ्नो मनपरे अनुसारको रूप-रंगमा हेर्ने सुबिधा । तपाईं एक निगरानी सूची पनि बनाउन सक्नुहुन्छ र त्यसमा दर्ता भएका कुनै पनि लेखमा कुनै पनि परिवर्तन भएमा तपाईंलाई तुरून्त थाहा हुनेछ ।
  • दर्ता नभएका योगदानकर्ताहरूलाई उनीहरूको कम्प्यूटरको आई॰पी॰ (IP) ठेगानाको माध्यमबाट चिनिन्छ । जब तिनीहरूले विकिपिडियाका कुनै लेखमा या कुनै वार्ता या सम्वाद पृष्ठमा केहि परिवर्तन गरे भने यही ठेगाना त्यस पृष्ठहरूका इतिहासमा संधैका लागि दर्ता हुन्छ र विश्वमा कुनै पनि व्याक्तीद्वारा दृष्टिगत हुनसक्दछ । विकिनाम प्रयोग गर्नाले तपाईंको ठेगाना सबैको सामुबाट गुप्तरूपमा रहन्छ र आफ्नो गोपनीयता जोगाएर राख्नको लागि यो एक धेरै उपयोगी साधन हो ।
  • जब तपाईं अन्य सदस्यहरूसँग बातचित गर्नुहुन्छ तब तपाईंको विकिनाम नै सम्झना राख्न सक्दछन् । कु‍नै पनि आई॰पी॰ ठेगाना सम्झना राख्न कठिन हुन्छ । यसैले यदि तपाईं धेरै वार्ताहरूमा भाग लिइरहनुहोस् र लेखहरूमा योगदान दिईरहनुहोस्, राम्रो छवि बनाएर आफ्नो विकिनामका माध्यमले आफ्नो चिनारी बनाउन सक्नुहनेछ । यदाकदा सदस्यहरूलाई कुनै दर्ता गरिएका सदस्यहरूले दिएको योगदान र सुझावहरूमा धेरै विश्वास गरिन्छ ।
  • केही पृष्ठहरूमा यो रोक पनि लगाइएको हुन्छ कि केवल दर्ता गरिएका सदस्य नै उक्त लेखहरूमा परिवर्तन गर्न सक्दछन्। सबै दर्ता सदस्यहरूलाई जसको खाता खोलेको कम्तिमा चार दिन भएको छ भने वा जसले कम्तिमा दस सम्पादन गरेको छ भने , स्वत: स्थापित सदस्यको रूपमा चिनिन्छ ।
  • विकिपिडियामा वरिष्ठ सदस्य, प्रवन्धक, प्रकोप नियन्त्रक, आदि बन्न लागि पनि खाता खोल्न आवश्यक हुन्छ।

यदि तपाईं खाता खोल्दै हुनुहुन्छ भने कृपया यस्तो विकिनाम र पासवर्ड छान्नुहोस् जुन तपाईंले भुल्नु हुने छैन। तपाईं भूल्न सक्नुहुन्छ भने खाता खोल्ने समयमा आफ्नो ईमेल ठेगाना पनि दिनुहोस् । यसले गर्दा तपाईले भूल्नु भएको विकिनाम र पासवर्ड इमेलमर्फत प्राप्त गर्नमा सहयोग गर्दछ । चिन्ता नगर्नुहोस् , तपाईंको ईमेल ठेगाना कुनै अन्य सदस्य या पाठकहरूले देख्न पाउने छैनन् ।

खाता कसरी खोल्ने ?

खाता खोल्नको लागि यहीं माथिको बाकसमा या कुनै पनि पृष्ठहरूका माथिको दायाँ तर्फ उपस्थित प्रवेश गर्ने / नया खाता खोल्ने भन्ने लिङ्कमा क्लिक गर्नुहोस्।

एक पल्ट कुनै विकिनामका साथ दर्ता भइसके पछि यो नाम सजिलैसित बदल्न सकिंदैन, यसैले आफ्नो निम्ति कुनै राम्रो नाम छान्नुहोस् । कुनै यस्तो नाम न रोज्नुहोस् जसको कारणबाट अन्य सदस्यहरूलाई भ्रम हुनसक्छ , जस्तै "विकिपिडिया महाप्रवन्धक"। यस्तो नाम पनि न रोज्नुहोस् जुन कुनै अन्य सक्रिय प्रयोगकर्तासँग पनि धेरै मिल्ने नहोस् कि मानिसहरूलाई तपाईं त्यही व्यक्ति हो कि होइन भनेर भ्रम नपरोस्।