विकिपिडिया:विकिपीडिया शब्दकोश होइन
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
कुल मिलाएर भन्दा: विकिपिडियामा लेखहरू के हुन् भन्ने विषयलाई महत्त्व दिइन्छ भने शब्दकोशमा के भनिन्छन् विषय भन्ने विषयको महत्त्व हुन्छ । |
विकिपिडिया शब्दकोश होइन या कुनै शब्दको विवेचना, शब्द प्रयोग, शब्द उत्पत्ति वा व्याकरण बुझाउने थलो होइन । यस विपरीत विकिपिडिया ज्ञानकोश हो । विकिमिडियाको अन्य भातृ परियोजना विकिस्नरी शब्दकोश हो ।
विकिपिडियाका लेखहरू लेखको विषयको मुख्य जानकारी (Defintion) बाट सुरु हुन्छन् र अन्य जानकारीहरू बताउँदैँ जान्छन् । विकिपिडियाका लेखहरू व्यक्ति, समूह, स्थान, घटना, वस्तु, विचार वा कुनै ठोस विषयका बारेमा हुन्छन् । यहाँ शब्दको बयान गरि उखान-टुक्का, अर्थ र प्रयोग, शब्दको ईतिहास जस्ता विषयमा भने लेखिदैँन र लेख्नुहुदैँन ।
विकिपिडियाका लेखहरूमा शब्दको अलिकति जानकारी (जस्तै: शब्दको "उत्पत्ति" उपशीर्षक) को बारे लेखिए पनि विकिपिडियाको पूर्ण उद्देश्य भने होइन । यदि लेखका विषय व्याकरण र भाषा सम्बन्धि भए पनि विकिपिडियामा उक्त लेखका विषयमा सम्पूर्ण जानकारी समावेश गर्ने प्रयास गरिएका हुन्छन् ।