विकिपिडिया:विकिपरियोजना मर्मत/लेख शीर्षक सुधार
परियोजना पृष्ठ | वार्ता पृष्ठ | सदस्यहरू | शीर्षक सुधार | कार्य | उपलब्धि |
नेपाली विकिपिडियामा रहेका लेखहरूमध्ये कुनै लेखको शीर्षक सुधार गर्न आवश्यक देखिएमा सो लेखको शीर्षक सुधार गर्नुपर्ने कारण तथा सो को प्रमाणसहित यहाँ अनुरोध गर्न सकिन्छ। सो प्रस्तावमाथि समुदायिक छलफल भइसकेपछि लेखको शीर्षक सुधार गरिनेछ। रबि⇄रोबिसम्पादनकारण/प्रमाण: बाङ्ला भाषामा प्राय: बीचमा आउने शब्दहरूमा लिपिमा भन्दा फरक उच्चारण आउने गर्दछ। मैले अनुप सादिसँग गरेकाे छलफलका अनुसार, उहाँले लिपि अनुसार जाँदा रबि हुने तर उच्चारण अनुसार जाँदा राेबि हुने बताउनु भएकाे थियाे। त्यसैले उच्चारणलाई आधार बनाउँदा यसकाे सही उच्चारण तथा शीर्षक राेबिनै हुन्छ। নমস্কার यो शब्दलाई हेर्नुहाेस्। ন =न, ম =म, স্ =स्, কা =का র = र अथवा नमस्कार हुन्छ तर बाङला अनुसार उच्चारण भने नमाेस्कार हुन्छ। थप प्रमाण यसमा प्रयाेग भएका शब्दहरूलाई ध्यान दिएर सुन्नुहाेस्। पर्वत सुबेदी (कुरा गर्ने) ७:५५, १७ फागुन २०७६ (नेपालको प्रमाणिक समय)
क्यामिलो कबेलो⇄कामिला काबियोसम्पादनकारण/प्रमाण: आइपिए अनुसार (/kəˈmiːlə kəˈbeɪoʊ/) कामिला काबियो हुने भएकोले
पोर्चुगल⇄पुर्तुगालसम्पादनकारण/प्रमाण: बृहत् नेपाली शब्दकाेशद्वारा निर्मित नेपाली शब्दकाेशका अनुसार [१] पाेर्तुगाल लेखिएकाे भेटियाे। तर त्याे पुर्तुगाली उच्चारण अनुसार नजिक पुगेकाे हाे तर मेल भने खाएन। पाेर्चुगल भन्ने शब्द त झन छेउ टुप्पाे मिल्दैन। यसकाे सही पुर्तुगाली उच्चारण यहाँ उपलब्ध छ। यसकाे उच्चारण सुन्दा पुर्तुगाल सुनिन्छ जुन यसकाे वास्तविक उच्चारण पनि हाे र त्यही नेपालीमा शीर्षक हुन्छ। पर्वत सुबेदी (कुरा गर्ने) ७:५५, १७ फागुन २०७६ (नेपालको प्रमाणिक समय)
इजिप्ट⇄मिश्रसम्पादनकारण/प्रमाण: यसकाे अरबीमा पृष्ठ, इजिप्ट भन्ने नाम कहाँबाट आयाे यसकाे बारेमा अचम्मित छु, यसाे त अरबी भाषामा ट भन्ने बर्णनै हुँदैन। مصر याे शब्द हेर्नुहाेस् م ص ر = मिम = म, स्वाद = स अनि रह् = र, मसर वा मस्र किनभने अरबीमा आधा शब्द हुँदैन। तर उही बाङ्लामा जस्ताे यसमा पनि लिपि अनुसार उच्चारण कहाँ हुन्छ र। यसकाे सही उच्चारण यहाँ सुन्नुहाेस्। त्यसैले यसकाे नाम मिस्र हुन्छ नकी अङ्ग्रेजीकाे इजिप्ट। पर्वत सुबेदी (कुरा गर्ने) ७:५५, १७ फागुन २०७६ (नेपालको प्रमाणिक समय)
संयुक्त अरव इमिरेट्स⇄संयुक्त अरब इमारातसम्पादनकारण/प्रमाण: यसकाे अरबी वा आधिकारिक पृष्ठ यहाँ हेर्नुहाेस्। संयुक्त अरबसँग कुनै लेनदेन भएन र कुराे आयाे इमिरेट्स भन्ने शब्दकाे। إمارات याे हाे त्यही इमारात शब्द। إ م ارات = अलिफ मद्दाह्, मिम, अलिफ, रह्, अलिफ, त्याह्, अथवा इमारात। यस राष्ट्रकाे राष्ट्रिय गानबाट लिइएकाे प्रमाण। ऐसि बिल्यादी आसत्ति हादु इमारात ना.... र अन्त्य तिरकाे शब्द दमल्या मानु आसल्या रन या इमारात ना.... यसले के प्रमाणित गर्छ भने यसकाे नाम इमरात वा संयुक्त अरब इमारात नै हाे। थप प्रमाण वा उच्चारण यहाँ सुन्नुहाेस् पर्वत सुबेदी (कुरा गर्ने) ७:५५, १७ फागुन २०७६ (नेपालको प्रमाणिक समय)
दमास्कस⇄दिमश्कसम्पादनकारण/प्रमाण: अरबी भाषा अनुसार दमश्क (Dimašq [diˈmaʃq]) हुने तर उच्चारण दिमश्क हुने भएकोले। यस पृष्ठकाे शब्द हेर्नुहाेस् دمشق वा د م ش ق = दाल, मिम, शिन, क्याफ = दमशक। लिपि अनुसार यसकाे नाम दमश्क हुन्छ तर उच्चारण अनुसार भने दिमश्क हुन्छ। थप उच्चारण यहाँ र यहाँ छ यसकाे सही उच्चारण र शीर्षक दिमश्क हुन्छ। पर्वत सुबेदी (कुरा गर्ने) ७:५५, १७ फागुन २०७६ (नेपालको प्रमाणिक समय)
नेपीडह, नेपिडव⇄नेपिडोसम्पादनकारण/प्रमाण: बर्मेली भाषा उच्चारण अनुसार ([nèpjìdɔ̀]) नेपिडो हुने भएकोले
एडल्फ हिटलर ⇄आडल्फ हिटलरसम्पादनकारण/प्रमाण:
यान्डेक्स ब्राउजर ⇄यान्दिक्स ब्राउजरसम्पादनकारण/प्रमाण: यान्दिक्स निगम एक विश्व प्रख्यात रूसी इन्टरनेट कम्पनि हाे। यसकाे शीर्षकमा विवाद रहेकाे बेलामा मेराे टिप्पणी यस प्रकारकाे छ।
१) रूसी भाषामा ड भन्ने वर्ण नै हुँदैन। न हुन्छ ट भन्ने वर्ण।
|