वासुदेव ढुंगाना (वि.सं. १९८७ – वि.सं. २०६९) नेपालको एक वरिष्ठ कानुनसेवी र कुटनीतिज्ञ हुन्। उनी कानुन मन्त्री पनि भएका थिए।

जीवनी सम्पादन गर्नुहोस्

वासुदेवको जन्म वि.सं. १९८७ साल पुसमा भएको थियो।

कानुन मन्त्री भएको बेलामा कानुन व्यवसायी ऐन, २०२५ आएको हो।

उनी अमेरिकाका लागि नेपालका राजदूत र काठमाडौँ नगरपञ्चायतको प्रधानपञ्च पनि भए। वि.सं. २०४७ सालपछि गठित बेपत्ता छानबिन आयोगमा सदस्य रहेका उनी वि.सं. २०४८ सालको आमनिर्वाचनमा पर्यवेक्षकको भूमिकामा सक्रिय थिए। कानुनको स्नातक तहका 'गोल्ड मेडलिष्ट' ढुंगाना अन्तर्राष्ट्रिय विद्यार्थी युनियनको अध्यक्ष पनि भए। उनको अधिवक्ता प्रमाणपत्र नं. ४३ थियो।

उनको निधन वि.सं. २०६९ असोज २६ गते भयो।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्