वाला! सञ्चार लिमिटेड (यहूदी: וואלה! תקשורת) एक निजी इजरायली कम्पनी हो जसले समाचार पोर्टल वाला! समाचारको सञ्चालन गर्दछ। यसको प्रधान कार्यालय इजरायलको सहर तेल अभिभमा अवस्थित छ भने यो इजरायली दूरसञ्चार कम्पनी बेजेकको पूर्ण स्वामित्वमा रहेको छ। वाला! वेब पोर्टलले समाचार, खोजी (गुगलको सहयोगमा), इ-मेल लगायतका लोकप्रिय सेवा सञ्चालन गर्दछ। यो इजरायलको पहिलो इण्टरनेट पोर्टलहरू मध्येको एक पनि हो र देशको लोकप्रिय वेबसाइट सञ्जाल पनि हो। नोभेम्बर २०१९ सम्म, अलेक्सा इन्टरनेटको देश अनुसारको वरियतामा यो १०अौँ स्थानमा रहेको छ।[१]

वाला! सञ्चार लिमिटेड
वाला! को गृह पृष्ठ
व्यवसायको प्रकारसार्वजनिक
साइटको प्रकार
वेब पोर्टल
उपलब्ध भाषायहूदी
संस्थापित१९९५; २९ वर्ष अघि (१९९५)
मुख्यालयहरूतेल अभिभ, इजरायल
मालिकबेजेक (१००%)
मुख्य व्यक्तिहरूअब्राहम गबै (संस्थापक)
गदि हदर (संस्थापक)
इरेज पिलोसोफ (संस्थमपक)
गदि हदर (संस्थापक)
इलान यसुवा (कार्यकारी)
खुद आम्दानीवृद्धि१३२ मिलियन (सन् २०९९)
अलेक्सा क्रमSteady १० इजरायल (नोभेम्बर २०१९)[१]
दर्तावैकल्पिक
प्रयोगकर्ताहरू२.५ मिलियन सक्रिय प्रयोगकर्ता
वर्तमान स्थितिचालू

इतिहास सम्पादन गर्नुहोस्

यो पोर्टल सन् १९९५ मा इरेज पिलोसोफ र गादी हदारद्वारा इजरायलको पहिलो अनलाइन वेबसाइट निर्देशिकाको रूपमा स्थापना गरिएको थियो र त्यसको लगत्तै माशोभ समूहका सदस्यहरू याका डुनिट्स र डेभिड असियाको नेतृत्वमा रहेको "मशोभ कम्प्युटर मार्केटिङ"द्वारा यसलाई अधिग्रहण गरिएको थियो। सन् १९९८, मा तेल अभिभ ष्टक एक्सचेञ्जमा कारोबार गर्न कम्पनीले आफ्नो नाम "वाला! सञ्चर लिमिटेड" मा परिवर्तन गरेको थियो। सोही वर्षमा, कम्पनी डान गोल्ड ष्टेनको नेतृत्वमा रहेको सिष्टमद्वारा अधिग्रहण गरिएको थियो र सन् २००१ मा यो आईओएलसँग समायोजन भएको थियो जुन हारेट्ज समूहले सञ्चालन गर्ने गरेको साइट जस्तै छ।[२]

सन् २००८ मा, हारेटिजले कम्पनीमा आफ्नो स्वामित्व बेच्ने योजनाको घोषणा गरेको थियो र सन् २०१० मा बेजेकलाई ८८ मिलियन इजरायली नयाँ शेकेलको (इजरायली मुद्रा) लागि खरिद गरेको थियो। त्यस पछि, "बेजेक"ले जनताको सेयर खरिद गर्‍यो, र अप्रिल २०१२ मा कम्पनी निजीकरण हुँदै स्टक एक्सचेञ्जमा व्यापारबाट हटेको थियो। बेजेकले कम्पनीमा शेयर हाल्यो र कम्पनीले साइटका कर्मचारी प्रति बढी झुकाव गरी स्वतन्त्र समाचार प्रणालीलाई उल्लेखनीय रूपमा बढवा दियो। तेल अभिभ कम्पनीको भवनमा स्वतन्त्र भिडियो स्टुडियो स्थापना भएसँगै यसले नियमित कार्यक्रमहरू तथा दैनिक समाचारहरू प्रसारण गरेको थियो।

जुलाई २०१० मा यसलाई ७५% स्वामित्व सहित "कोरल टेल" कम्पनीकले अधिग्रहण गरेको थियो र नोभेम्बर २०१३ मा कोरल टेललाई वालाले खरीद गरेको थियो जसले गर्दा कम्पनीमा स्वामित्वको सन्तुलन भएको थियो। मे २०१४ मा, वालाले वेबसाइटको पूर्ण स्वामित्व बेनयामिनी एज नामक कम्पनीका कार्यकारी इलन यसुवा र वित्तीय अधिकारीको नेतृत्वमा रहेको एक्सल ष्प्रिङ्गर नामक जर्मनेली प्रकाशकलाई ८०० मिलियन शेकेलमा बेचेको थियो। यो स्थानीय बजारमा सञ्चालित वेब कम्पनीको उच्चतम अधिग्रहण थियो।

सेवाहरू सम्पादन गर्नुहोस्

वालाले! दिनको २४सै घण्टा इजरायल र विश्वभरि समाचारहरू उपलब्ध गराउँदछ। वालामा देखा पर्ने अधिकांश समाचारहरू हारेट्ज समूह, विभिन्न समाचार आयोग तथा अन्य सामग्री प्रदायकहरूबाट आएका हुन्। तथापि, सन् २००६ तिर, वाला! एक स्वतन्त्र समाचार र सम्पादकीय कर्मचारीहरू निर्माण गर्न सुरु गरेको थियो, जसले मौलिक समाचार कथाहरू र विशेष सुविधाहरूको उत्पादन गर्दछ। यसको अतिरिक्त, वाला!ले खेल, चलचित्र, सङ्गीत, फेशन र खाना जस्ता विभिन्न क्षेत्रमा मौलिक सामग्री उत्पादन गर्दछ। वेबसाइटले धेरै कार्यक्रम र सेवाहरू, खोज इञ्जिन, ई-डाँक, अनलाइन पसल, वार्ता, र माग भएका श्रव्य दृश्यको प्रस्ताव गर्दछ।[३]

१) वाला! समाचार – यसले इजरायल र विश्वभरिबाट ताजा खबर र विश्लेषण २४सै घण्टा प्रदान गर्दछ।

२) वाला! डाँक – एक नि: शुल्क ई-डाँक सेवा जसले असीमित भण्डारण ठाउँको प्रस्ताव गर्दछ।

३) वाल्ला! पसल - एक अनलाइन किनमेल सञ्जाल र बेजेक समूहको अंश हो जसलाई विभिन्न उत्पादनहरू र सेवाहरू अनलाइन खरीदका लागि बनाइएको हो। साइटले बिजुलीका उत्पादनहरू जस्तै बिजुली उत्पादन, स्मार्टफोन र मोबाइल फोन, फर्निचर र फेसनका सामग्रीहरू प्रदान गर्दछ। [४]

४) वाला! सङ्गीत - माग भएका सङ्गीतहरूका साथ साथै विभिन्न रेडियो स्टेशनहरू सुन्नको लागि विकल्प सहितको सेवा।

५) वाला!सेलुलर – मोबाइल उपकरणहरूका लागि सामग्रीहरूको डाउनलोड गर्ने मञ्च।

६) वाला!पिडिया –सन् २००५ मा वालाले विकिपिडिया चलाउनका लागि प्रयोग गरिने जिएफडिएल प्रतिलिपि अधिकार अनुमतिपत्रको प्रयोग गरी सम्पूर्ण यहूदी विकिपिडियाको सामग्रीहरूको प्रतिलिपि गरेको थियो। वालाले वाला!पिडिया भन्ने शीर्षक अन्तर्गत लेखहरूलाई प्रदर्शन गर्ने गर्दछ तर उक्त सामग्रीहरू विकिपिडियाबाट आयात गरिएको भनी उल्लेख गर्दछ। विकिपिडिया विपरीत, प्रयोगकर्ताहरूले लेख सम्पादन गर्न सक्दैनन् र पुरानो संस्करण र लेखहरूको इतिहास देखा पर्दैन।

७) याड२ – सूचीबद्ध रूपमा वर्गीकृत हुँदै कार, भवन आदी बिक्रीको लागि सामग्री सहितका सेवाहरू।

सेयरधनीहरू सम्पादन गर्नुहोस्

यसलाई पूर्णरूपमा (१००%) बेजेक समूहले नियन्त्रण गरेको छ। कम्पनीका अध्यक्ष स्लोमो रोडेभ हुन् भने प्रमुख कार्यकारी अधिकृत इडो इसेड हुन् जसले जून २०१९ मा यस पदमा नियुक्त भएका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्