वार्तालाप:नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल)

गल्ती
नेपालमा प्राय: बामपन्थी दलहरुले "कम्युनिष्ट" मा "ष" को प्रयोग गर्ने गरेका छन् र विकिपिडियामा पनि "ष" नै प्रयोग गरिएको छ, जुन नेपाली व्याकरणअनुसार यो गल्ती हो । संस्कृतबाहेक अन्य भाषाका आगन्तुक शब्दामा 'स' मात्र प्रयोग गर्नुपर्ने नियम नेपाल प्रज्ञा प्रतिष्ठानले कायम गरेको छ । नेपालीको आधिकारिक शब्दकोषमा पनि "कम्युनिस्ट"लाई नै प्रविष्टि दिइएको छ[१]

विकिपिडियामा पनि आधिकारिक निकायले कायम गरेको मानकअनुसारका शब्द र हिज्जे प्रचलनमा ल्याई एकरुपता कायम गर्न सके राम्रो हुने थियो । त्यसैले मैले पनि सके र भ्याएसम्मका ठाउँमा 'स' प्रयोग गरेको छु । यहाँहरुले पनि यसमा साथ दिनुहुनेछ भन्ने अपेक्षा छ ।


  1. http://nepalacademy.org.np/wp-content/uploads/2019/01/Sabdkosh-2075-10th.pdf
"नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल)" पृष्ठमा फर्कनुहोस्।