@Nirajan pant:ज्यू, यहाँले 'तुलसीप्रसाद' लाई 'तुलसी प्रसाद' बनाउनु भएको रहेछ। नेपाली व्याकरण र प्रचलनअनुसार व्यक्तिको नाम र बीचको नाम जोडेर नै लेखिन्छ। नेपाली विकिपिडियमा त्यस्तो कुनै छुट्टै नियम छ र? केही त्यस्तो भए जानकारीको लागि अनुरोध गर्दछु। दीपक कथित (कुरा गर्ने)
@दीपक कथित:ज्यू टिप्पणीको लागि धन्यवाद। मैले 'तुलसीप्रसाद' लाई 'तुलसी प्रसाद' गरेको नभई लेखको बाँकी अंशमा 'तुलसी प्रसाद' भएको हुँदा सबैलाई एकरूप गर्नको लागि इन्फोबक्समा लेखिएको 'तुलसीप्रसाद' लाई 'तुलसी प्रसाद' गरेको हुँ। 'तुलसीप्रसाद' वा 'तुलसी प्रसाद' कुन लेख्ने भन्ने विषयमा चाहिँ उहाँको आधिकारिक कागजात(सरकारी परिचयपत्र)मा जे नाम छ त्यही लेख्दा उत्तम हुन्छ।--Nirajan pant (कुरा गर्ने) १४:४७, ३ जुलाई २०१९ (युटिसी(UTC))
@Nirajan pant:ज्यू, यहाँको शीघ्र प्रतिकृयाका लागि धन्यवाद। मैले तुलसी प्रसादलाई तुलसीप्रसाद नै गर्दा यहाँको आपत्ति हुँदैन भन्ने अपेक्षा गरेको छु। नेपाली विकिपिडियामा राखिएका सामाग्रीहरू जति शुद्ध हुन्छन् त्यति नै विश्वसनीय हुन्छ भन्ने मेरो विश्वास छ। दीपक कथित (कुरा गर्ने)
यसमा मेरो कुनै आपत्ति छैन्। तर लेखको सम्पूर्ण भागमा एउटा हुनुपर्यो भन्ने मात्रै मेरो भनाई रहेको छ। कतै 'तुलसीप्रसाद' अनि कतै 'तुलसी प्रसाद' राम्रो देखिदैन्।--Nirajan pant (कुरा गर्ने) १५:५४, ३ जुलाई २०१९ (युटिसी(UTC))
"तुलसी दिवस" पृष्ठमा फर्कनुहोस्।