वानप्रस्थ , शाब्दिक अर्थ "वनको बाटो " वा "जंगल बाटो", हिन्दू धर्म को वर्णाश्रम व्यवस्थाको तेस्रो चरण हो। यसले मानव जीवनको चार आश्रमहरू (चरणहरू) मध्येको तेस्रोलाई चरणलाई प्रतिनिधित्व गर्दछ, अन्य तीनमा ब्रह्मचर्य ( विद्यार्थी, पहिलो चरण), गृहस्थ (विवाहित गृहस्थ, दोस्रो चरण) र संन्यास (त्याग सन्यास, चौथो चरण) पर्छ। [१]

वानप्रस्थ वैदिक आश्रम प्रणालीको एक हिस्सा हो, जुन कुनै व्यक्तिले घरको जिम्मेवारी अर्को पुस्तालाई सुम्पेर , सल्लाहकारको भूमिका लिएर सुरु हुन्छ । [२] [३] यो चरण सामान्यतया गृहस्थ (गृहस्थ) पछी आउँछ , तर कोही पुरुष वा महिलाले गृहस्थ चरणलाई छोडेर ब्रह्मचर्य (विद्यार्थी) चरण पछि सीधै, संन्यास (तपस्वी) र आध्यात्मिक साधनाको प्रस्तावनाको रूपमा, वानप्रस्थमा प्रवेश गर्न सक्छन्। । [४] [५]

वानप्रस्थ चरणलाई गृहस्थ जीवन बाट मोक्ष (आध्यात्मिक मुक्ति) तर्फ परिवर्तनकाल मानिन्छ। गृहस्थ जीवनमा अर्थ र काम (धन र सुखसँग सम्बन्धित कामहरू) मा बढी जोड दिइन्छ भने मोक्षमा आध्यात्मिक मुक्तिको कामना गरिन्छ। [३]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. RK Sharma (1999), Indian Society, Institutions and Change, आइएसबिएन ९७८-८१७१५६६६५५, pages 28, 38–39
  2. Ralph Tench and William Sun (2014), Communicating Corporate Social Responsibility: Perspectives and Practice, आइएसबिएन ९७८-१७८३५०७९५५, page 346
  3. ३.० ३.१ Albertina Nugteren (2005), Belief, Bounty, And Beauty: Rituals Around Sacred Trees in India, Brill Academic, आइएसबिएन ९७८-९००४१४६०१३, pages 13–21 उद्दरण त्रुटी: Invalid <ref> tag; name "alnu" defined multiple times with different content
  4. Axiological approach to the Vedas, पृ: ११२। 
  5. Social and cultural history of ancient India, पृ: ६८।