ब्रह्मचर्य
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ब्रह्मचर्यको महत्व बुझ्नुपर्छ । यसलाई अत्यन्त महत्वपुर्ण शक्तिको रुपमा लिनुपर्छ । यसलाई कुनै अल्छि नगरि पद्माआसन सिद्धासनमा बसि प्राणायाम ध्यान गरि उर्जालाई माथि उठाउने निरन्तर प्रयास गर्नुपर्छ । विर्यलाई सामान्य कुरा सम्झनुहुन्न। यसको नाशले शरिरमा मस्तिष्कमा आफ्नो अभावको महशुष गराईहाल्छ । पुरा शरिरमा कमजोरी ज्वरो आउला जस्तो यस्तो हुन्छ । चाहे जति कठिन होस ब्रह्मचर्यको पालन गर । महिला दिदी बहिनीहरुलाई पनि आफु जस्तै मानिस को नजरले हेर । उनिहरुको बारे गलत गलत विचार नसोच । यहि विचारले नै मनको अन्योलता ले नै विर्यपात गराउछ । जिउदो मृत्यु हो विर्यपात जिउदो मृत्युसरह जीवन मस्तिष्क हुन्छ । विभिन्न मानसिक रोगको सिकार भईन्छ । यौन विचारको स्त्री विचार विशेष रुपमा कामवासनाको यौन क्रियाकलापको निरन्तर विचार सोच सोचिरहनु । यस्तो सोचलाई त्याग्न नसक्नु यी यस्ता सोच्न नछोड्नु नै ब्रह्मचर्य नाश हुने कारण हो । सोच मुख्य हो । सोच शक्तिशाली हुनुपर्छ । अल्छि हुनुहुन्न । यो शरिरको कुरा मान्नुहुन्न । अल्छि गरि नित्य कर्म छोड्नुहुन्न । अल्छि मनको कुरा सुन्नुहुन्न।
व्युत्पत्ति
सम्पादन गर्नुहोस्ब्रह्मचर्य शब्द = ब्रह्मा + आचार्य
ब्रह्मा: सृष्टि कर्ता आचार्यः अर्थात गुरू या शिक्षक।
यो वैदिक वर्णाश्रमको पहिलो "आश्रम" पनि हो जस अनुसार ०-२५ वर्ष आयु सम्म विधा आर्जनको लागि समर्पण गरिने समयमा मानिसले अपनाउनु पर्ने जीवन पद्वति लाई बुझाउछ| |कतिले ब्रह्मचर्यलाई यौनसम्पर्कको अनुभव नहुनुका रूपमा परिभाषित गरेका छन्। यौनसम्पर्क नराख्नुको अर्थ 'अयौनिक' अर्थात् 'असेक्सुअल' (asexual) भने पक्कै होइन। ब्रह्मचर्य यौनसम्पर्कबाट आफूलाई परहेज राख्ने कुरामा मात्र सीमित छैन। ब्रह्मचर्य ईश्वरीय शब्द हो, यो ब्रह्म अर्थात् देवत्व प्राप्त गर्ने आचार हो। यो अविवाहित बस्नु वा यौनसम्पर्क नराख्नुमा सीमित छैन। ब्रह्मचर्य, यौनसम्बन्धी विचार एवं यौनेच्छादेखि पूर्ण मुक्ति प्राप्त भएको स्थिति हो। पूर्वीय समाजमा ब्रह्मचर्यलाई निकै आदर गरिएको पाइन्छ। यसको एक पक्ष यसो गर्न निकै गाह्रो हुने भएर पनि हुनसक्छ। साधकले मात्र गर्न सक्छन्। यौनसम्पर्कको परहेज विभिन्न व्यक्तिले आ-आफ्नै कारणले गर्ने भए पनि ब्रह्मचर्य धार्मिक वा नैतिक कारणले जीवन पद्धतिको रूपमा ग्रहण गरिएको अवस्था लाई मानिन्छ|