वादी समुदायनेपालको पछाडिएको समुदाय हो। अल्पसंख्यकरूपमा रहेको यो समुदाय आर्थिक–सामाजिकरूपमा निकै उत्पीडनमा छ । वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरूले लैंगिक उत्पीडन भोग्दै आएका छन् । वादी समुदाय मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा थोरै संख्यामा रहेको भए पनि मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा यो समुदायको प्रतिनिधित्व देखिएको छ । [१]

‍‍

इतिहास सम्पादन गर्नुहोस्

बाद्यवादन र नाचगानलाई आफ्नो पेशा बनाएको यो समुदायलाई शुरुमा तत्कालीन राजा रजौटा र जमिन्दारहरूले मनोरञ्जन लिनमा प्रयोग गरेको पाइन्छ । त्यसपछि यो पेशा पनि धेरै नटिकेपछि वादी समुदायका महिलाहरू बाध्यतावस यौन व्यवसायमा लागेको पाइन्छ । बाध्यतावस त्यस्तो पेशामा लागे पनि अहिले यो समुदायका महिलाहरूले यौन व्यवसाय छाडेर अन्य पेशामा छन् र राज्यले पनि यो समुदायलाई यौन हिंसामुक्त समुदायको रूपमा घोषणा गरिसकेको छ ।वादी समुदाय अहिले आर्थिकरूपमा आत्मनिर्भर बन्ने प्रक्रियामा छन् ।[२] यो समुदाय भारतको वैशालीबाट लिच्छवि कालमा नेपाल छिरेको विश्वास गरिन्छ ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन
  2. अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक,वर्ष१३,अंक ७१,विहिबार २६,असार २०७१