'जोर्ज गर्डन बाइरन, छैठौं ब्यारन बाइरन' (२२ जनवरी १७८८ - १९ अप्रिल १८२४) एक अङ्ग्रेजी कुलीन, राजनीतिज्ञ, र कवि थिए। उनको नाम जोर्ज गर्डन बाइरन थियो, तर पछि उनले आफ्नो नाम परिवर्तन गरे। उनले आफ्नो थर नोएल बनाए, ताकि आफ्नो सासुको आधा सम्पत्ति प्राप्त गर्न सकियोस्।

द लोड बाइरन
जन्म(१७८८-०१-२२)२२ जनवरी १७८८
लन्डन, इङ्ल्यान्ड
मृत्यु१९ अप्रिल १८२४(1824-04-19) (उमेर ३६)
मेसोलोन्घी, ग्रीस
पेशाकवि, क्रान्तिकारी, राजनीतिज्ञ

लोड बाइरन क्याप्टेन जोन बाइरन र क्याथरिन गोर्डनका छोरा थिए। उनी रोमान्टिकवादमा अग्रणी व्यक्तित्व थिए। उनलाई सबैभन्दा नामी युरोपेली कविहरू मध्ये एक मानिन्छ र धेरै मानिसहरू अझै पनि उनका रचनाहरू पढ्छन्। उनका सबैभन्दा प्रसिद्ध कार्यहरू मध्ये 'चाइल्ड हेरोल्डको तीर्थयात्रा' र 'डन हुआन' प्रमुख हुन्।

लोड बाइरन आफ्नो जीवन बिताउने तरिकाका लागि पनि प्रसिद्ध छन्। धेरै प्रेम सम्बन्ध र ऋणको साथ पनि विन्दास जीवन जिउन चाहने बाइरनको जीवनशैली एउटा सुकुलगुन्डा भन्दा कम थिएन।[१] ग्रीसको स्वतन्त्रता युद्धमा टर्कीहरू विरुद्धको लडाइँको तयारी भइरहेको बेला बाइरनलाई ज्वरोले समात्यो र ग्रीसको मेसोलोन्घीमा ज्वरोबाट उनको मृत्यु भयो। उनको मृत शरीरलाई सेन्ट मेरी म्याग्डालिन चर्च, हकनाल टोर्कर्ड, नटिङ्घमसायर, इङ्ल्यान्डको पारिवारिक भल्टमा राखिएको छ। उनकी छोरी एडा लभलेस प्रसिद्ध थिइन् किनभने उनले चार्ल्स ब्याबेजसँग आधुनिक कम्प्युटरको पूर्ववर्ती "विश्लेषणात्मक इन्जिन" मा सहकार्य गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्