बैतडी जिल्लाको पाटन नगरपालीका वार्ड नं.१२ उपल्लो सोराढ क्षेत्रमा अवस्थित डडेल्धुरा-वैतडी दशरथ चन्द राजमार्ग नजिक रहेको लोटने/डाँडाबाघ देवताको प्रसिद्ध मन्दिर रहेको छ । यस मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल/चैत्र शुक्ल सप्तमी तिथिमा विशेष पूजा लाग्ने र प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्दशीका दिन भव्य मेला लाग्दछ । यस मन्दिरमा आई दर्शन गर्ने भक्तजनहरूको मनोकांक्षा पुरा हुने विश्वास गरीन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्