लेखापरीक्षण योजना
लेखापरीक्षकले लेखापरीक्षण शुरू गर्न पुर्व लेखापरीक्षणलाई प्रभावकारी ढंगबाट सम्पादन गर्ने सम्बनी कार्ययोजना लगायत लेखापरीक्षण रणनीति समावेश गरी तयार गरेको कागजातलाई लेखापरीक्षण योजना भनिन्छ । [१] यस कागजातमा लेखापरीक्षण प्रभावकारी ढङ्गले सम्पादन गर्ने सम्बन्धि विस्तृत कार्ययोजना र लेखापरीक्षणको सम्पूर्ण रणनीति उल्लेख गरिएको हुन्छ ।
लेखापरीक्षकले लेखापरीक्षण योजना तयार गर्दा लेखापरीक्षण जोखिमलाई न्यूनतम स्तरमा राख्ने गरी तयार गर्नु पर्दछ । [२]