लिशमेनिअसिस वा लिशमेनिओसिस लिशमेनिअ जातिको प्रोटोजोअन परजीवीको कारणले हुने एक रोग हो जुन केही निश्चित प्रकारका स्याण्डफ्लाई (एक प्रकारको टोक्ने झीँगा) को टोकाइद्वारा फैलने गर्छ।[] यो रोग तीन मुख्य तरीकाले देखा पर्न सक्छ: क्युटेनिअस (त्वचामा), मुकोक्युटेनिअस (श्लैष्मिक झिल्ली तथा त्वचामा), वा भिसेरल लिशमेनिअसिस (आँतमा रहेका महत्त्वपूर्ण अंगहरूमा)।[] क्युटेनिअसमा छालामा घाउहरू देखा पर्छन् भने मुकोक्युटेनिअसमा छाला, मुख र नाकमा घाउहरू देखा पर्छन्, र भिसेरल लिशमेनिअसिसमा सुरूमा छालामा घाउहरू देखा पर्छन् र त्यसपछि ज्वरो आउने, रेड ब्लड सेल कम हुने, र फियो (प्लीहा) र कलेजो सुन्निने हुन्छ।[][]

लिसमेनिअसिस
विभाग:Infectious diseases Edit this on Wikidata

मानिसहरूमा हुने संक्रमण लिशमेनिअका 20 भन्दा बढी प्रजातिको कारणले गर्दा हुन्छ।[] जोखिम तत्वहरूमा निम्न पर्दछन्: गरीबी, कुपोषण, वन फँडानी, र शहरीकरण।[] परजीवीलाई माइक्रोस्कोपद्वारा हेरेर यसका तीनवटै प्रकारलाई निदान गर्न सकिन्छ।[] यस अतिरिक्त, भिसेरल रोगको निदान रगत परीक्षणद्वारा पनि गर्न सकिन्छ।[]

किटनाशक औषधि लगाइएका जालीहरू भित्र सुतेर लेशमेनिअसिसलाई केही हदसम्म रोकथाम गर्न सकिन्छ।[] अन्य उपायहरूमा झीँगालाई मार्नको लागि किटनाशक औषधि छर्कने र यो रोग अझ फैलन नदिन यो रोग लागेका व्यक्तिलाई शीघ्र उपचार गर्ने पर्दछन्।[] रोग लागेको ठाउँ, लेशमेनिअको प्रजाति, र संक्रमणको प्रकारमा आधारित रहेर कस्तो खालको उपचार आवश्यक छ भनी निर्धारण गरिन्छ।[] भिसेरल रोगको लागि प्रयोग गरिन सक्ने केही सम्भावित औषधिहरूमा निम्न पर्दछन्: लिपोसोमल एम्फोटेरिसिन बि (liposomal amphotericin B),[] पेन्टाभ्यालेन्ट एन्टिमोनियलस् (pentavalent antimonials)पारोमोमिसिन (paromomycin) को संयोजन,[]मिल्टेफोसाइन (miltefosine)[] क्युटेनिअस रोगको लागि, पारोमोमिसिन, फ्लिकोनाजोल (fluconazole), वा पेन्टामिडाइन (pentamidine) प्रभावकारी हुन सक्छन्।[]

हाल यसबाट 98 देशमा गरी लगभग 1 करोड 20 लाख मानिस[] संक्रमित छन्।[] प्रत्येक वर्ष लगभग 20 लाख नयाँ बिरामीहरू थपिन्छन्[] र 20 देखि 50 हजार मानिसहरूको मृत्यु हुने गर्छ।[][] एसिया, अफ्रिका, दक्षिण तथा मध्य अमेरिका, र दक्षिणी युरोपमा लगभग 20 करोड मानिसहरू यो रोग लाग्ने जोखिम भएको क्षेत्रमा बस्छन्।[][] विश्व स्वास्थ्य सङ्गठनले यो रोगको उपचारको लागि केही औषधिहरूमा छुट प्राप्त गरेको छ।[] यो रोग कुकुरमुसो, छुचुन्द्रो, खरायो, लोखर्के, इत्यादि लगायतका केही अन्य जनावरहरूलाई पनि लाग्न सक्छ।[]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० "Leishmaniasis Fact sheet N°375", World Health Organization, जनवरी २०१४, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ Barrett, MP; Croft, SL (२०१२), "Management of trypanosomiasis and leishmaniasis.", British medical bulletin 104: 175–96, डिओआई:10.1093/bmb/lds031, पिएमआइडी 23137768, पिएमसी 3530408 
  3. ३.० ३.१ Sundar, S; Chakravarty, J (Jan २०१३), "Leishmaniasis: an update of current pharmacotherapy.", Expert opinion on pharmacotherapy 14 (1): 53–63, डिओआई:10.1517/14656566.2013.755515, पिएमआइडी 23256501 
  4. Dorlo, TP; Balasegaram, M; Beijnen, JH; de Vries, PJ (Nov २०१२), "Miltefosine: a review of its pharmacology and therapeutic efficacy in the treatment of leishmaniasis.", The Journal of antimicrobial chemotherapy 67 (11): 2576–97, डिओआई:10.1093/jac/dks275, पिएमआइडी 22833634 
  5. Minodier, P; Parola, P (मे २००७), "Cutaneous leishmaniasis treatment.", Travel medicine and infectious disease 5 (3): 150–8, डिओआई:10.1016/j.tmaid.2006.09.004, पिएमआइडी 17448941 
  6. "Leishmaniasis Magnitude of the problem", World Health Organization, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४ 
  7. Lozano, R (Dec १५, २०१२), "Global and regional mortality from 235 causes of death for 20 age groups in 1990 and 2010: a systematic analysis for the Global Burden of Disease Study 2010.", Lancet 380 (9859): 2095–128, डिओआई:10.1016/S0140-6736(12)61728-0, पिएमआइडी 23245604 
  8. Ejazi, SA; Ali, N (Jan २०१३), "Developments in diagnosis and treatment of visceral leishmaniasis during the last decade and future prospects.", Expert review of anti-infective therapy 11 (1): 79–98, डिओआई:10.1586/eri.12.148, पिएमआइडी 23428104