लिथियम ब्रोमाइड (LiBr) लिथियम र ब्रोमिनको रासायनिक यौगिक हो। यसको चरम हाइग्रोस्कोपिक प्रकृतीले लिथियम ब्रोमाइडलाई निश्चित वातानुकूलन प्रणालीहरूमा उपयोगी बनाउँछ।[]

उत्पादन र गुण

सम्पादन गर्नुहोस्

लिथियम कार्बोनेटको घोललाई हाइड्रोब्रोमिक एसिडसँग उपचार गरेर वा लिथियम हाइड्रोक्साइड ब्रोमिनसँग प्रतिक्रिया गरेर लिथियम ब्रोमाइड तयार गरिन्छ। यसले अन्य क्षारीय धातु ब्रोमाइडहरू भन्दा फरक धेरै क्रिस्टलीय हाइड्रेटहरू बनाउँछ।

लिथियम हाइड्रोक्साइड र हाइड्रोब्रोमिक एसिड (हाइड्रोजन ब्रोमाइडको घोल)ले लिथियम ब्रोमाइड र पानी अवक्षेपित गर्दछ।

LiOH + HBr → LiBr + H2O

लिथियम ब्रोमाइडको ५०-६०% जलीय घोल वातानुकूलन प्रणालीहरूमा डेसिक्यान्टको रूपमा प्रयोग गरिन्छ। यो पानीसँग अब्जर्बसन चिलर (अब्जर्बसन रेफ्रिजरेटर) मा प्रयोग गरिन्छ । ठोस लिथियम ब्रोमाइड कार्बनिक संश्लेषण मा उपयोगी रिएजेन्ट हो। []

लिथियम लवण साइकोएक्टिभ र केही हदसम्म क्षयकारी हुन्छन्। लिथियम ब्रोमाइड पानीमा घुलिँदा ताप चाँडै उत्पन्न हुन्छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ Wietelmann, Ulrich and Bauer, Richard J. (2005) "Lithium and Lithium Compounds" in Ullmann's Encyclopedia of Industrial Chemistry Wiley-VCH: Weinheim. doi:10.1002/14356007.a15_393.pub2