"लाहुरे" नेपाली समाजमा प्रचलित शब्द हो । बिगतमा ‘लाहोर’ शब्दलाई नेपालमा ‘लाहुर’ भनि उच्चारण गरिन्थियो । बिषेसत सेनामा भर्ना हुन लाहोर जानुलाई ‘लाहुर जान’ भन्न थालियो र त्यस पश्चात लाहुर जानेलाई ‘लाहुरे’ भन्न थालियो। विगत दुई सय वर्षदेखिको लाहुर जाने परम्परा अहिले पनि कायमै छ । हाल पाकिस्तानमा पर्ने लाहोरतिर नभई ब्रिटिस गोर्खा सेनाभारतीय गोर्खा सेनामा भर्ना हुन जानुलाई अहिले पनि लाहुर जानु नै भनिन्छ ।

इतिहास सम्पादन गर्नुहोस्

नेपाल–अंग्रेज युद्ध (विसं १८७१–७२) पछि सो युद्ध लडेका कतिपय नेपाली सेना पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ना हुन लाहोर पुगे । त्यस पछि मात्र नेपाली समाजमा ठूलो रूपमा लाहुरे भन्ने शब्दले व्यापकता पाएको थियो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्