लक्ष्मी बैंक
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लक्ष्मी बैङ्कको स्थापना इ. सं. २००२, अप्रीलमा नेपालको सोह्रौ बैङ्कको रूपमा भएको हो।
लक्ष्मी बैंक | |
---|---|
लक्ष्मी बैङ्कको लोगो | |
नाम | लक्ष्मी बैङ्क लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजतपत्र प्राप्त संस्था |
उद्योग | बैङ्कींग |
स्थापित वर्ष | २००२ |
मुख्यालय | लक्ष्मी बैङ्क लिमिटेड हात्तीसार , काठमाण्डौ |
सेवा क्षेत्र | नेपाल |
प्रमुख ब्यक्तिहरू | अजय विक्रम शाह (प्रमुख कार्यकारी अधिकृत) |
उत्पादन | बैङ्कींग |
कर्मचारी | १२०० भन्दा बढि |
वेबसाईट | www.laxmibank.com |
इ. सं. २००४ सालमा हाइसेफ फाइनान्स लि. लक्ष्मी बैङ्कसँग गाभिएको थियो। यो नेपालकै पहिलो र अहिले सम्मको एक मात्र मर्जर हो। लक्ष्मी बैङ्क नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको इजाजत प्राप्त बैङ्क हो, र इ. सं. २००६मा बैङ्क तथा बित्तीय संस्था संबन्धी एैन अन्तर्गत पुनः दर्ता भएको हो। बैङ्कको शेयर नेपाल स्टक एक्स्चेन्जमा किनबेच हुने गर्दछ।
स्वामित्व संरचना सम्पादन गर्नुहोस्
बैङ्कको हाल १.६१ अर्बको चुक्ता पूँजी रहेको छ भने सन् २००९मा बैङ्कले पहिलो पटक २० प्रतिशत बोनस शेयर लाभांश स्वरूप बाँडेको थियो।
- संस्थापक - ५५.४२ प्रतिशत
- नागरिक लगानी कोष - ९.०२ प्रतिशत
- साधारण शेयर - ३५.५६ प्रतिशत
शाखा विस्तार अनि पहुँच सम्पादन गर्नुहोस्
पूर्वी नेपाली भेगमा बैङ्कको राम्रो पहुँच रहेको छ (शाखा विस्तार वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०६ मिति अनि विप्रेशण एजेन्ट वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-१६ मिति को पहुँच)। बैङ्कको विदेशी विप्रेषण एजेन्ट वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१७ मिति को संजाल पनि ८ भन्दा बढि मुलुकमा फिँजिएको छ।
काठमाण्डौ उपत्यका भित्रका शाखाहरू | 'काठमाण्डौ उपत्यका बाहिरका शाखाहरू |
---|---|
* हात्तीसार(मुख्य कार्यालय अनि शाखा) | * बिरगंज |
* पुल्चोक | * बनेपा |
* टेकु | * पोखरा |
* न्यू रोड | * पोखरा औद्योगिक क्षेत्र (PID) |
* न्यू बानेश्वर | * बिराटनगर |
* भाटभटेनी | * नारायणघाट |
* महाराजगंज | * पर्सा |
* लगनखेल | * जनकपुर |
* सुकेधारा | * इटहरी |
* एकान्तकुना | * भैरहवा |
* नेपालगञ्ज | |
* बुटवल | |
* तौलीहवा | |
* धरान | |
* दमक | |
* चरीकोट | |
* खादिचौर |
मातहतका संस्थाहरू सम्पादन गर्नुहोस्
बैङ्कका मुख्य मातहतका संस्थाहरू यस प्रकार छन्:
- प्राइम लाईफ इन्स्योरेन्स कंपनी लिमिटेड (१५% शेयर)
- लक्ष्मी क्यापिटल मार्केट लिमिटेड (७०% शेयर)
- लक्ष्मी केयर्स लक्ष्मी बैङ्कका कर्मचारीहरू द्वारा सञ्चालीत गैर सरकारी संस्था
- लक्ष्मी बैङ्क निवृत्ति कोष
- लक्ष्मी लघुबित्त संस्था (१००% शेयर)
सन्दर्भ सम्पादन गर्नुहोस्
लक्ष्मी बैङ्क लिमिटेड [१] नेपाल राष्ट्र बैङ्क [२] and “लक्ष्मी बैङ्क – एक्स्प्रेस मनि ट्रान्सफर” (eMT) [३] बैङ्क तथा बित्तीय संस्था एैन [४] प्राइम लाईफ इन्स्योरेन्स [५]
- ↑ Laxmi Bank Limited वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-०९ मिति
- ↑ Nepal Rastra Bank
- ↑ Laxmi Bank - eXpress Money Transfer वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-२४ मिति
- ↑ Bank and Financial Institution Act वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१९ मिति
- ↑ Prime Life Insurance