र्‍याङ्क्स टेल (बङ्गाली: র‌্যাংকসটেল) एक बङ्गलादेशको प्रमुख दूरसञ्चार कम्पनी हो । यो बङ्गलादेशमा मात्र निजी सार्वजनिक स्विच टेलिफोन नेटवर्क (पिएसटिएन) सञ्चालक हो र राष्ट्रको दोस्रो सबैभन्दा ठूलो पिएसटिएन सञ्चालक हो । यसको मुख्यालय बङ्गलादेशको ढाकामा अवस्थित छ ।

र्‍याङ्क्स टेल
व्यवसाय प्रकार
निजी (गैर-सरकारी)
उद्योगदूरसञ्चार
स्थापितढाका
स्थापनाकर्तारौफ चौधरी
केन्द्रीय कार्यालयढाका बङ्गलादेश
सेवा क्षेत्र
बङ्गलादेश
उत्पादनहरूपिएसटिएन टेलिकम
वेबसाइटrankstelecom.com

र्‍याङ्क्स टेलिकम लिमिटेड, र्‍याङ्क्स समूहको सदस्य, १४ अप्रिल, २००५ मा र्‍याङ्क्स टेल नामको फिक्स्ड लाइन सेवा सञ्चालन गरेको थियो । कम्पनीको ऐन १९९५ (संशोधित) को तहत र्‍याङ्क्स टेल संयुक्त पूँजी कम्पनीहरूको दर्ता सँग दर्ता गरिएको थियो । र्‍याङ्क्स टेलले देशभरको सञ्चालन गर्न पिएसटिएन र इन्टरनेट सेवा प्रदायकको इजाजतपत्र प्राप्त गरेको थियो । र्‍याङ्क्सटेललाई अन्तरराष्ट्रीय गेटवे (IGW) लाइसेन्स पनि प्रदान गरिएको छ ।

र्‍याङ्क्स टेल पूर्ण रूपमा स्थानीय बङ्गलादेशी उद्यमकर्ताहरूको स्वामित्वमा रहेको छ र अहिलेसम्म यसको नेटवर्क निर्माणमा ७५ मिलियन अमेरिकी डलर भन्दा बढी लगानी भएको छ ।

प्रयोगकर्ताहरूको एक पुस्ताको नेतृत्व र प्रेरणा लिनको लागि र उनीहरूको सम्भावना बढाउन र उनीहरूको सपनाहरूलाई वास्तविकतामा बदल्नका लागि मानिसहरूसँग सम्पर्क रहन यसको प्रमुख उदेश्य हो ।

इतिहास सम्पादन गर्नुहोस्

७ जुन २००४ मा र्‍याङ्क्स टेलिकम लिमिटेड, र्‍याङ्क्स समूहको एक भातृ परियोजना पहिलो पटक चित्तजोङ, सिलिटि र ढाका लागएत बाह्य क्षेत्रहरूमा सञ्चालन गर्ने पिएसटिएन इजाजत पत्र प्राप्त गरेको थियो ।[१]

१३ जनवरी २००५ मा र्‍याङ्क्स टेलले, खल्ना र बोग्रा क्षेत्रको लागि बङ्गलादेश टेलिग्राफ र टेलिफोन बोर्डबाट परिचालन इजाजत पत्र प्राप्त गरेको थियो ।

यसले आफ्नो तार रहित (वायरलेस) फोन सेवा १४ अप्रिल २००५ मा र्‍याङ्क्स टेलको नाममा सुरुवात गरेको थियो ।

९ सेप्टेम्बर २००७ मा, दुई वर्ष भन्दा बढीको सेवा पछि, र्‍याङ्क्स टेलले, बङ्गलादेश दूरसञ्चार विनियमक आयोगबाट राष्ट्रव्यापी रूपमा पिएसटिएन इजाजत पत्र प्राप्त गरेको थियो ।

१९ मार्च २०१० मा बिटिआरसिले निजी र्‍याङ्क्स टेललाई लाई बिना स्वीकृत भोइस ओभर आइपी सञ्चालन गरेकोमा यसलाई बन्द गरेको थियो । १६ जुलाई २०११ मा १६ महिना बन्द भएपछि यसले पुन: सञ्चालन गर्ने स्वीकृति पाएको थियो ।[२]

१ जुलाई २०१२ मा र्‍याङ्क्स टेलले व्यावसायिक रूपमा पिएसटिएन सेवा पुन: सुरु गरेको थियो ।

८ जनवरी २०१७ मा र्‍याङ्क्स टेलले जीबीपीएस सेवा सुरू गर्यो र यसको लगत्तै नयाँ लोगोको साथ पुन आफ्नो सेवा सञ्चालन गरेको थियो ।[३]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट