विश्वको प्राचीन सभ्यताहरूमा युनानी सभ्यता जस्तै रोमन सभ्यताको पनि विशेष महत्त्व रहेको छ । युनानबाट बाधुनिक पश्चिमी सभ्यताको उत्पत्ति भएता पनि त्यो रोमनहरूको प्रभावले सिंगारिएको थियो । युनानले एउटा विकसित संस्कृतिको जन्म दिएको कुरा सर्वमान्य सही हो । तापनि ती संस्कृतिलाई विशेष रूपमा विस्तृत गरेर पर्याप्त मात्रामा रोमले सुरक्षा गन्यो । यदि युनानले विश्वलाई व्यक्तिगत स्वतन्त्रता प्रदान गन्यो भने रोमनहरूले कानुनको निर्माण गरेर त्यो व्यक्तिगत स्वतन्त्रतालाई अनुशासनहीनता र उच्छृङ्खलताबाट बचायो रोमन सभ्यताको प्रसार इग्लैन्डबाट सुदूर अफ्रिका र स्पेन हुँदै बेबिलोनसम्म पुगेको थियो । इतिहासकार हन॑साले रोमन सभ्यतालाई सभ्यताहरूको बीचको मुख्य कडी (एकसूत्रमा बाँध्ने हो भनेर भनेका छन् । रोमले वर्षौंसम्म अथक प्रयास गरेर संस्कृतिको धारामा शाश्वत प्रवाह ल्याएर प्राचीन र अर्वाचीन सभ्यताहरूको बीचमा एउटा पुलको निर्माण गन्यो । प्रोफेसर एसक्विंथले रोमन सभ्यतालाई महान मध्यस्थता (Great Intermediory) को संज्ञा दिएका छन् । रोमन सभ्यता विश्वको प्राचीन सबै सभ्यताहरूमा धेरै दृष्टिहरूबाट उल्लेखनीय रहेको छ । यस सभ्यताले आधुनिक विश्वको निर्माणमा सर्वाधिक योगदान दियो । युनानको बहुमूल्य देनहरूलाई रोमले नै जोगाएर राख्यो र इसाई धर्मको प्रचारप्रसार गन्यो ।


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्