रोजमेरी (कुस्ती खेलाडी)

होली लित्केमेन (जन्म: २९ नोभेम्बर १९८३) एक क्यानडेली महिला कुस्ती खेलाडी तथा अभिनेत्री हुन् जो हाल अमेरिको एक प्रमुख कुस्ती पदोन्नति इम्प्याक्ट रेस्लिङमा रोजमेरीको नामले कुस्ती खेल्दै आएकी छिन्। मेरी उक्त पदोन्नति अन्तर्गत एकपटक इम्प्याक्ट नकआउट्स उपाधि जित्न सफल भएकी थिइन्। उनले इम्प्याक्ट रेस्लिङ लगायत बिएसई प्रो, बिसिडब्ल्यूफ म्याक्सिमम प्रो रेस्लिङ, एनसिडब्ल्यू फेसिस फेटल्स, स्म्यास रेस्लिङ, स्टिल सिटी प्रो रेस्लिङ र सिमर विमेन एथलेटिक्स जस्तम कुस्ती पदोन्नतिहरूमा कार्यरत थिइन् जहाँ उनको रिङ नाम कोर्टनी रस रहेको थियो। उनले सारा डेल रेको साथमा एकपटक सिमर ट्याग टिम उपाधि पनि जित्न सफल भएकी थिइन्।

रोजमेरी
सन् २०१८ मा रोजमेरी
वास्तविक नामहोली लित्केमेन
जन्म (1983-11-29) २९ नोभेम्बर १९८३ (उमेर ४०)[१]
विनी पिग, क्यानडा[१]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामकेसी म्यागुरो
कोर्टनी रस
एल टाइगर डिब्लो
पिजे ट्लर
रोजमेरी
उचाई५ फिट ८ इन्च (१.७३ मी)[२]
तौल१५० पाउन्ड (६८ किग्रा)
उत्पत्तिविनिपिग
प्रशिक्षकस्कट डि अमोरे
टाइसन डस्क
जोनी डेभिना
पदार्पण३० जनवरी २००८

व्यावसायिक कुस्ती कार्यकाल सम्पादन गर्नुहोस्

सुरुवाती कार्यकाल (सन् २००८–२०१०) सम्पादन गर्नुहोस्

सन् २००८ जनवरी ३० का दिन रिङ नाम केसी मेगुरेको रूपमा उनले पिटिडब्ल्यू नामक एक कुस्ती पदोन्नतिमा आफ्नो कुस्ती कार्यकालको सुरुवात गरेकी थिइन् जहाँ उनले उनको पहिलो खेल हेइली रोगर्सको विरुद्धमा गुमाएकी थिइन्।[३] पछि उनीलाई जेनिफर ब्लेकको सट्टमा पीडब्ल्यूएक्सको कार्यकारी पदमा दिने योजना बनाइएको थियो तर उनको पद डेन्जर ब्वाई डेरेक भिल्डले एक विवादास्पद तरीकाले लिएको थियो। पछि उनको हेइली रोगर्सका साथ द्वन्द्व चलेको थियो जसअन्तर्गत उनले जेनिफर ब्लेकसँग सहकार्य गर्दै जेड चङ र हेइली रोगर्सक‍ विरुद्धका उत्रिन सुरु गरेकी थिइन्।[४] उनीहरूको बीचको द्वन्द्वका कारण उनले हेइलीलाई आक्रमण गरेकी थिइन् जसकारण हेइलीको नाकमा चोट लागेको थियो। सन् २००८ मा उनीहरूको बीच ग्लोरी रेस्लिङको एक श्रृङ्खलामा खेल जारी गरिएको थियो जुन सन् २००८ सेप्टेम्बर १२ का दिन आयोजना गरिएको थियो। सन् २००९ को सुरुवात तिर उनले चेरी बम, जेनिफर ब्लेक र होली मिल्टनको साथ खेल खेलेकी थिइन् जसमा अमेजिङ कङ र उनको बीच पनि खेल जारी गरिएको थियो जहाँ उनी पराजित भएकी थिइन्।[५] २६औँ जन्मदिवशका दिनले उनले सन् २००९ मा आयोजित वाइल्स प्रतियोगिताको अन्तिम खेलमा डेन्ना कोन्डालाई पराजित गर्दै उनको व्यक्तिगत पहिलो वाइल्स उपाधि जित्न सफल भएकी थिइन्।

एनसिडब्ल्यू फेमिस फेटल्स (सन् २०१०–२०१३) सम्पादन गर्नुहोस्

 
बेलाट्रिक्स महिला विजेताको रूपमा रस
 

सन् २०१० फेब्रुअरी ६ का दिन उनले पिजे टेलरको रूपमा एनसिडब्ल्यू फेसिम फेटल्स नामक कुस्तीको एक पदोन्नतिमा पर्दापण गरेकी थिइन्।[६] उनले उक्त पदोन्नतिमा पर्दापण गरेपछि उनको केइसी डायमन्डसँग खेल जारी गरिएको थियो तर पछि निर्णयहरू परिवर्तन भएसँगै उनले मेरी लि रोजसँग सहकार्य गर्दै आना मिनोउस्का र एनस्टेसिया इभी विरुद्धको खेलमा समावेश भएकी थिइन्।[७] उनले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेतापनि खेल भने एना र इभीको टोलीले हात पारेकम थिए। वाइल्स महिला विजेता रहँदारहँदै पनि टेलरले एनसिडब्ल्यू फेमिस फेटल्स उपाधिका जित्नका लागि एक प्रतियोगितामा भाग लिएकी थिइन्।[८] उनले उक्त प्रतियोगिता अन्तर्गत पहिलो चरणको खेलमा पोर्टिया पेजेरको विरुद्धमा खेलेकी थिइन् तर उक्त खेलमा उनी पराजित भएकी थिइन्। सन् २०१० मा उनले केट पावर र स्यासी स्टिफलाई ट्रिपल थ्रेट खेलमा पराजित गरेकी थिइन्।[९]

सन् २०११ मार्च देखि उनले आफ्नो रिङ नाम कोर्टनी रसमा परिवर्तन गरेकी भने उनले केट पावरलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्।[१०] सन् २०११ जुलाईमा उनले म्याडिसन इगल्सका विरुद्ध एकल खेल खेलेकी थिइन् जहाओ उनी इथल्ससँग पराजित भएकी थिइन्।[११] सन् २०११ अक्टोबरमा उनको सामना केइली स्केटरसँग भएको थियो जहाँ उनले स्केटरलाई पराजित गर्न सफल भएकी थिइन्।[१२] सन् २०१३ मार्चमा आयोजित एनसिडब्ल्यू फेमिस फेटल्सको एक श्रृङ्खलामा रसले एलिसन डेन्नरलाई पराजित गर्दै बेलाट्रिक्स विश्व उपाधि जित्न सफल भएकी थिइन्।[१३] सन् २०१४ अगष्ट १६ का दिन उनले एनसिडब्ल्यू फेमिस फेटल्स उपाधि पनि जित्न सफल भएकी थिइन्।

सिमर विमेन एथलेटिक्स (सन् २०१०–२०१६) सम्पादन गर्नुहोस्

 
 

सन् २०१० मार्च २२ का दिन पिजे टेलरले उनी सिमर विमेन एथलेटिक्स नाम एक कुस्ती पदोन्नतिमा पर्दापण गर्ने जानकारी गराएकी थिइन्।[१४][१५] सन् २०१० अप्रिल १० का दिन उनले सिमर विमेन एथलेटिक्समा पहिलो उपस्थिति जनाएकी थिइन् भने पछि उनले उक्त पदोन्नतिका लागि व्यक्तिगत पहिलो खेलमा एनालाई पराजित गर्न सफल भएकी थिइन्।[१६][१७] उनले पछि लिभा बेट्सको साथ उक्त पदोन्नतिमा दोस्रो उपस्थिति जनाएकी थिइन् जहाँ उनी र बेट्सको टोलीले एना र शि ने नेलाई पराजित गर्न सफल भएका थिए।[१८][१९]

सन् २०११ मार्चमा सिमर विभाग रेस्लिङ अन्तर्गत कोर्टनी रसको रूपमा मेना लेब्रे, डेइजी हेज र केइली स्केटल विरुद्धको खेलमा समावेश भएकी थिइन् तर उनले उक्त तीनै खेल गुमाएकी थिइन्।[२०] सन् २०११ अक्टोबरमा आयोजित सिमर विमेन एथलेटिक्सको दोस्रो श्रृङ्खलामा उनको सामना तीन फरकफरक खेलमा युमी ओच्का, निकी रक्स र सारा डेल रेसँग भएको थियो जहाँ उनले रक्सलाई पराजित गर्न सफल भएतापनि अन्य दुई खेल भने गुमाएकी थिइन्।[२१][२२] सन् २०१२ मार्च १७ का दिन उनले फरकफरक खेलमा रिहा ओ रायली र स्यासी स्टिफीलाई पराजित गर्न सफल भएकी थिइन् भने मार्च १८ का दिन आयोजित सिमर विमेन एथलेटिक्सको एक श्रृङ्खलामा रसले सारा डेली रेसँग सहकार्य गर्दै एक टोलीको गठन गर्दै आक्रमक रूपमा प्रस्तुत हुन सुरु गरेकी थिइन्।[२३] टोलीको रूपमा काम गर्न सुरु गरिसकेपछि उनीहरूको टोलीले पहिलो जित रिजेनेरेसन एक्सको विरुद्धमा हासिल गर्न सफल भएको थियो भने पछि उनीहरूको टोलीले सिमर ट्याग टिम उपाधि पनि जित्न सफल भएको थियो।[२४] जुन ७ का दिन आयोजित फेमिस फेटस्लद्वारा आयोजित एक कार्यक्रममा रस र सारा डेल रेले उनीहरूको सिमर विनेन एथलेटिक्स उपाधि क्यानडियन निन्जासको (निकोला म्याथ्युन र पोर्टिया पेरेज) विरुद्धमा गुमाएका थिए।[२५] सन् २०१३ अप्रिल १३ का दिन उनले एथेना, म्याडिसन इगल्स र सराया नाइललाई एकै खेलमा पराजित गर्दै सिमर उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन्।[२६] उनी सिमर उपाधिका लागि पहिलो दावेदार बनृको सोही दिन उनले उक्त उपाधिका लागि खेल खेलेकी थिइन् जहाँ उनी तात्कालिक सिमर विजेता चियरलिडर मेसिसा विरुद्धको खेलमा पराजित भएकी थिइन्। केही महिनाको अस्थायी अवकाश पछि उनी अप्रिल २०१४ मा आयोजित सिमर विमेन एथलेटिक्सको ६२औँ श्रृङ्खलामा रिङमा फर्किएकी थिइन् उनी मार्सिडेज मार्टिनेन विरुद्धको खेलमा पराजित भएकी थिइन्। सन् २०१५ अप्रिल ११ का दिन उनले सान्ड्रा बेलसँग सहकार्य गर्दै एक टोलीको गठन गर्न सफल भएकी थिइन् जसलाई उनीहरूको उक्त टोलीको नाम "ओन्टारियोस् टप टिम" दिएका थिए।[२७] सिमर विमेन एथलेटिक्सको ७४औँ श्रृङ्खलामा रस र बेलको टोलीले टिम स्ल्याप ह्यापीलाई पराजित गर्न सफल भएका थिए भने खेलको समाप्ति पछि रसले आफ्नै साथी बेललाई आक्रमण गरेकी थिइन्।[२८] उक्त घटनाको एकदिन पछि बेल र रस बीच एकल खेलको आयोजना गरिएको थियो जहाँ उनले बेललाई पराजित गर्न सफल भएकी थिइन्।

टोटल नन स्टप एक्सन रेस्लिङ / इम्प्याक्ट रेस्लिङ (सन् २०१६–हाल) सम्पादन गर्नुहोस्

सन् २०१६ जनवरीमा लित्केमेनले इम्प्याक्ट नामक अमेरिकाको एब प्रमुख कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन्। उनले सन् २०१६ जनवरी २७ का दिन आयोजित इम्प्याक्टको एब श्रृङ्खलामा उक्त पदोन्नतिका लागि पहिलो उपस्थिति जनाएकी थिइन् जहाँ उनी क्रेजी स्टिफ र अबेस नामक दुई कुस्ती खेलाडीसँग देखा परेकी थिइन् भने उनीहरूको टोलीले तात्कालिक एनएक्सटी ट्याग टिम विजेता द उल्फलाई आक्रमण गर्दै उक्त उपाधि चोरेका थिए।[२९] पछि उक्त टोली "डिके"को रूपमा प्रस्तुत हुन सुरु गरेको थियो भने उनले पनि आफ्नो रिङ नाम रोजमेरीमा परिवर्तन गरेकी थिइन्। इम्प्याक्ट रेस्लिङमा पर्दापण गरेको वर्षदेखि डिके एक भयानक र डरलाग्दो रूपमा प्रस्तुत भएको थियो।[३०][३१] सन् २०१६ अप्रिल २६ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा रोजमेरीले उक्त पदोन्नतिका लागि व्यक्तिगत पहिलो खेल खेलेकी थिइन् जहाँ उनले एकल खेलमा गेल किमलाई पराजित गर्न सफल भएकी थिइन्।[३२] सन् २०१६ को सेप्टेम्बर भरि रोजमेरीले डिकेसँगै विभिन्न एकल तथा मिश्रित खेलहरू खेलेकी थिइन् भने त्यसपछि उनको रेबेका हार्डीसँग द्वन्द्व चलेको थियो जसकारण उनीहरू बीचको खेल पछि आयोजना गरिएको थियो जुन खेलमा कोहीपनि विजेता बन्न असमर्थ बने। [३३][३४][३५][३६]

सन् २०१६ नोभेम्बरमा रोजमेरीको गेल किम र जेडसँग द्वन्द्व चलेको थियो भने चोटका कारण किमले उनको इम्प्याक्ट नकआउट्स उपाधि छाडेकी थिइन्।[३७][३८] पछि उक्त नकआउट्स उपाधिका लागि जेड र रोजमेरीका बीच सन् २०१६ डिसेम्बर १ का दिन इम्प्याक्टको एक श्रृङ्खलामा आयोजना गरिएको थियो जहाँ रोजमेरीले जेडलाई एकल खेलमा पराजित गर्दै पहिलोपटक इम्प्याक्ट नकआउट्स उपाधि जित्न सफल भएकी थिइन्।[३९] नकआउट्स विजेता बनेको एक महिना पश्चात् इम्प्याक्ट रेस्लिङ द्वारा आयोजित वान नाइट ओन्ली नामक कार्यक्रममा रोजमेरी र सियानाको उक्त नकआउट्स उपाधिका लागि खेल जारी गरिएको थियो जुन खेलमा रोजमेरीले सियानालाई पराजित गर्न सफल भएकी थिइन्।[४०][४१] सन् २०१७ को जनवरीमा मेरीको पुनः जेडसँग उक्त नकआउट्स उपाधिका लागि खेल जारी गरिएको थियो जहाँ मेरीले जेडलाई पराजित गरेकी थिइन्।[४२][४३] सन् २०१७ मार्च २ का दिन आयोजित इम्प्याक्टको एक श्रृङ्खलामा रोजमेरी र जेडको पुनः महिला उपाधिका लागि खेल जारी गरिएको थियो जसमा रोजमेरीले जेडलाई पराजित गरिन् भने उक्त खेल पश्चात् उनीहरू बीचको द्वन्द्वको पनि अन्त्य भएको‍ थियो।[४४][४५] पछि रोजमेरीले ओडिबी र सान्टाना गेरेट जस्ता कुस्ती खेलाडीहरूसँग द्वन्द्व चलेको थियो।[४६]

सन् २०१७ को मे महिनाको अन्त्य तिर उनले एलीलाई लोर्ल भ्यान नास र सियानाद्वारा आक्रमण हुनबाट बचाएकी थिइन्। जुलाई २ का दिन आयोजित स्लामेभर्सरी नामक एक वार्षिक कार्यक्रममा रोजमेरी र सियाना बीच खेल आयोजना गरिएको थियो जुन खेलमा इम्प्याक्ट नकआउट्स उपाधि र जिएफडब्ल्यू महिला उपाधि समायोजन गरिने निर्णय गरिएको थियो। उक्त खेलमा रोजमेरी सियाना विरुद्धको खेलमा पराजित भएकी थिइन्। सेप्टेम्बर ७ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा रोजमेरीले पुनः एलीलाई आक्रमण हुनबाट जोगाएकी थिइन् तर उनलाई पहिलोपटक उक्त पदोन्नतिमा देखा परेकी टाया भल्किरीले आक्रमण गरेकी थिइन् जसकारण भल्किरी र रोजमेरी बीच द्वन्द्वको सुरुवात भएको थियो भने पछि उनीहरूको खेल जारी गर्दै रोजमेरी भल्किरीसँग पराजित भएकी थिइन्। उनीहरूको बीच पुनः नोभेम्बर ५ का दिन आयोजित बाउन्ड फर ग्लोरी नामक एक वार्षिक कार्यक्रममा आयोजना गरिने निर्णय गरिएको थियो तर पछि उक्त खेललाई रद्द गरिएको थियो।

उपाधि तथा उपलब्धिहरू सम्पादन गर्नुहोस्

 
सन् २०१४ मा रोजमेरी
  • एक्क्लेम प्रो रेस्लिङ
    • एपिडब्ल्यू ट्याग टिम विजेता (१ पटक) – केसी स्पेन्लीको साथमा[४७]
    • एपिडब्ल्यू महिला विजेता (१ पटक)[४८]
  • एटोमिक रिभोलुस्नरी रेस्लिङ
    • एआरडब्ल्यू बमसेल्स विजेता (१ पटक) [४९]
  • बेलाट्रिक्स फिमेल वोरियर्स
    • बेफाट्रिक्स विश्व विजेता (१ पटक)
  • विशाल क्यानडेली रेस्लिङ
    • वाइल्स विजेता (१ पटक)
  • एनसिडब्ल्यू फेमिस फेटल्स
    • एनसिडब्ल्यू फेमिस फेटल्स विजेता (१ पटक)[५०]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • ५० महिला कुस्ती खेलाडी मध्ये शीर्ष ८ मा पर्न सफल (सन् २०१४) [५१]
  • पियोर रेस्लिङ एसोसिएसन
    • पिडब्ल्यूए क्यानडेली एलिट महिला विजेता (१ पटक)[५२]
  • सिमर विमेन एथलेटिक्स
    • सिमर ट्याग टिम विजेता (१ पटक) – सारा डेल रेसँग
  • स्म्यास रेस्लिङ
    • स्म्यास महिला विजेता (१ पटक)
  • इम्प्याक्ट रेस्लिङ
    • इम्प्याक्ट नकआउट्स विजेता (१ पटक)[५३]
  • ट्रि-सिटी रेस्लिङ
    • टिसिडब्ल्यू महिला विजेता (१ पटक)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "कोर्टनी रस" 
  2. "PJ Tyler's OWIE Profile", मूलबाट २०१०-०६-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-१४ 
  3. Krupar, Robert (२०१३-०९-२९), "Five questions with Courtney Rush &#124", artofwrestling.cz, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-२७ मिति
  4. "Haley Rogers vs. PJ Tyler: Skinning The Cat!", अन्तिम पहुँच २०१३-०८-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  5. "WILD Title History"  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२७ मिति
  6. "NCW FF Volume 2 Results", NCW FF, मूलबाट २०१०-०८-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-११-११ 
  7. "NCW FF Volume 3 Quick Results", NCWfemmesfatales, मूलबाट २०११-०७-१५-मा सङ्ग्रहित। 
  8. "Results from NCW Femmes Fatales 4 DVD Taping: First Champion Crowned, Luna Tribut", diva-dirt.com, २०१०-१०-२४, अन्तिम पहुँच ८ नोभेम्बर २०११ 
  9. "NCW Femmes Fatales 5 DVD Taping Results (March 12th, 2011)", diva-dirt.com, २०११-०५-१३, अन्तिम पहुँच ८ नोभेम्बर २०११ 
  10. "NCW Femme Fatales VI Taping Results (June 4th, 2011) &#124", diva-dirt.com, अन्तिम पहुँच ८ नोभेम्बर २०११ 
  11. "Results from NCW Femmes Fatales VII: New Champion Crowned, Tiana Ringer Returns", diva-dirt.com, २०११-१०-०९, अन्तिम पहुँच ८ नोभेम्बर २०११ 
  12. "NCW: Femmes Fatales XI – Two new champions crowned; LuFisto/Martinez feud heats up further", Ringbelles Online, अन्तिम पहुँच ६ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २०१४ मिति
  13. Kreikenbohm, Philip, "NCW Femmes Fatales XV « Events Database « CAGEMATCH - The Internet Wrestling Database", अन्तिम पहुँच १५ नोभेम्बर २०१६ 
  14. "PJ Tylers and Jessica James to debut for SHIMMER", SHIMMEROffice, मूलबाट २०१२-०४-०३-मा सङ्ग्रहित। 
  15. "SHIMMER Vol.29-32 Discussion Topic", SHIMMEROffice, मूलबाट २०११-०७-१५-मा सङ्ग्रहित। 
  16. "SHIMMER Volume 37 Taping Results Live from Berwyn, Illinois", diva-dirt.com, २०११-०३-२६, अन्तिम पहुँच ८ नोभेम्बर २०११ 
  17. "SHIMMER Volume 38 Taping Results Live from Berwyn, Illinois", diva-dirt.com, २०११-०३-२७, अन्तिम पहुँच ८ नोभेम्बर २०११ 
  18. "SHIMMER Volume 39 Taping Results Live from Berwyn, Illinois", diva-dirt.com, २०११-०३-२८, अन्तिम पहुँच ८ नोभेम्बर २०११ 
  19. "SHIMMER Volume 42 Taping Results", diva-dirt.com, २०११-१०-०२, अन्तिम पहुँच ८ नोभेम्बर २०११ 
  20. "SHIMMER Volume 43 Taping Results", diva-dirt.com, २०११-१०-०२, अन्तिम पहुँच ८ नोभेम्बर २०११ 
  21. "SHIMMER Volume 44 Taping Results", diva-dirt.com, २०११-१०-०२, अन्तिम पहुँच ८ नोभेम्बर २०११ 
  22. Cooper, Chad (२०१२-०३-१९), "Results of Shimmer Vol. 47 and 48 tapings", WrestleView, अन्तिम पहुँच २०१२-०३-१९ 
  23. Namako, Jason (२०१२-०७-०८), "Indy News #4: ROH Newswire, NCW Femme Fatales", WrestleView, अन्तिम पहुँच २०१२-०७-०८ 
  24. Namako, Jason (२०१३-०४-१३), "4/13 Shimmer #54 Results: Berwyn, Illinois", WrestleView, अन्तिम पहुँच २०१३-०४-१३ 
  25. Namako, Jason (२०१३-०४-१३), "4/13 Shimmer #55 Results: Berwyn, Illinois", WrestleView, अन्तिम पहुँच २०१३-०४-१३ 
  26. Burton, Lee (२०१३-०९-१७), "Ringbelles Roundup (17 September 2013) – Courtney Rush speaks on her injury, rejigged matches, Total Divas finale", web.archive.org, मूलबाट २०१३-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जनवरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२१ मिति
  27. News (११ अप्रिल २०१५), "SHIMMER 04/11/15 72 & 73 Results", अन्तिम पहुँच १५ नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१६ मिति
  28. News (१२ अप्रिल २०१५), "SHIMMER 04/12/15 74 & 75 Results", अन्तिम पहुँच १५ नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१६ मिति
  29. Casey (२०१६-०१-२६), "Squared Circle Sirens SPOILERS: IMPACT Wrestling – 01/26/16 | Squared Circle Sirens", squaredcirclesirens.com, अन्तिम पहुँच १८ जनवरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०९ मिति
  30. Stuart Carapola (मार्च १५, २०१६), "COMPLETE IMPACT WRESTLING REPORT: JEFF HARDY RETURNS TO ACTION, A CHANGE TO THE PLANNED MAIN EVENT, GRADO FIGHTS FOR HIS JOB, AND MORE", PWInsider, अन्तिम पहुँच मार्च १५, २०१६ 
  31. Stuart Carapola (अप्रिल १९, २०१६), "COMPLETE IMPACT WRESTLING REPORT: A NEW LEADER OF THE KNOCKOUTS DIVISION IS DECIDED, TROUBLE BETWEEN ERIC YOUNG AND BRAM, EC3 CONFRONTS MIKE BENNETT, DECAY TAKES GAIL KIM HOSTAGE, THE HARDYS BATTLE EACH OTHER IN AN I QUIT MATCH, AND MORE", PWInsider, अन्तिम पहुँच अप्रिल १९, २०१६ 
  32. Stuart Carapola (अप्रिल २६, २०१६), "COMPLETE IMPACT WRESTLING REPORT: DREW GALLOWAY DEFENDS THE TNA TITLE AGAINST TYRUS, ROSEMARY MAKES HER IN-RING DEBUT, THE WORST TALK SHOW SEGMENT IN HISTORY DEBUTS, THE VALLEY OF THE SHADOWS MATCH, FAREWELL TO BOBBY ROODE AND ERIC YOUNG, A MOMENTOUS MOMENT TO CLOSE THE SHOW, AND MORE", PWInsider, अन्तिम पहुँच अप्रिल २६, २०१६ 
  33. Stuart Carapola (सेप्टेम्बर ८, २०१६), "COMPLETE IMPACT WRESTLING REPORT: DELETE OR DECAY, A TOURNAMENT FOR TNA'S NEWEST CHAMPIONSHIP BEGINS, THE EC3-LASHLEY PRESS CONFERENCE GETS OUT OF HAND, AND MUCH MORE", PWInsider, अन्तिम पहुँच सेप्टेम्बर ८, २०१६ 
  34. Stuart Carapola (सेप्टेम्बर २९, २०१६), "COMPLETE IMPACT WRESTLING REPORT: EC3 AND BOBBY LASHLEY LEAD OPPOSING TEAMS INTO LETHAL LOCKDOWN, THE FINAL PIECES ARE PUT INTO PLACE FOR BOUND FOR GLORY, AND MORE", PWInsider, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१६ 
  35. Mike Johnson (अक्टोबर २, २०१६), "NEW CHAMPIONS, DEBUTS, THE GREAT WAR, EC3 VS. LASHLEY AND MORE: COMPLETE TNA BOUND FOR GLORY PPV COVERAGE", PWInsider, अन्तिम पहुँच अक्टोबर २, २०१६ 
  36. Stuart Carapola (अक्टोबर ६, २०१६), "COMPLETE IMPACT WRESTLING REPORT: THE FALLOUT FROM BOUND FOR GLORY, (ALMOST) EVERY TNA TITLE ON THE LINE, AND A VERY SPECIAL MOMENT TO CLOSE THE SHOW", PWInsider, अन्तिम पहुँच अक्टोबर ६, २०१६ 
  37. Stuart Carapola (नोभेम्बर १०, २०१६), "COMPLETE IMPACT WRESTLING REPORT: ELI DRAKE CASHES IN HIS TITLE SHOT, THE ROAD TO A NEW #1 CONTENDER BEGINS, JEFF AND REBY TRY TO JOG MATT HARDY'S MEMORY, THE DCC FINALLY REVEALS THEMSELVES, AND MORE", PWInsider, अन्तिम पहुँच नोभेम्बर १०, २०१६ 
  38. Stuart Carapola (नोभेम्बर १७, २०१६), "COMPLETE IMPACT WRESTLING REPORT: REBY TRIES TO JOG MATT HARDY'S MEMORY, A NEW #1 CONTENDER TO THE TNA WORLD TITLE IS DETERMINED, EC3 HAS AN OFFER ELI DRAKE CAN'T REFUSE", PWInsider, अन्तिम पहुँच नोभेम्बर १७, २०१६ 
  39. Stuart Carapola (डिसेम्बर १, २०१६), "COMPLETE IMPACT WRESTLING REPORT: TIME FOR A HEEL TURN WITH NO BUILD, EC3 AND EDDIE EDWARDS HAVE A FACE TO FACE AHEAD OF THEIR TITLE MATCH NEXT WEEK, ROSEMARY AND JADE BATTLE IN SIX SIDES OF STEEL FOR THE KNOCKOUTS TITLE IN THE MAIN EVENT, AND MORE", PWInsider, अन्तिम पहुँच डिसेम्बर १, २०१६ 
  40. "411MANIA - Click Here to Join 411’s TNA One Night Only LIVE Coverage", अन्तिम पहुँच २४ फेब्रुअरी २०१७ 
  41. Stuart Carapola (जनवरी १२, २०१७), "COMPLETE IMPACT WRESTLING REPORT: LASHLEY VS EC3 IN A LAST MAN STANDING MATCH, ELI DRAKE BEATS UP A STAGEHAND, THE ALLIE-MARIA SAGA CONTINUES, THE WOLVES CHALLENGE THE BROKEN HARDYS FOR THE GOLD, AND MORE", PWInsider, अन्तिम पहुँच जनवरी १२, २०१७ 
  42. Mike Johnson (जनवरी २६, २०१७), "IMPACT WRESTLING SPOILERS FOR TONIGHT", PWInsider, अन्तिम पहुँच जनवरी २६, २०१७ 
  43. Stuart Carapola (मार्च २, २०१७), "COMPLETE IMPACT WRESTLING REPORT: THE WAR BETWEEN RED AND BLUE ENDS IN A LAST KNOCKOUT STANDING MATCH, THE EXPEDITION OF GOLD...CONTINUES, THE AFTERMATH OF LAST WEEK'S WEDDING, A NEW CHAMPION IS CROWNED, JOSH BARNETT CHALLENGES BOBBY LASHLEY FOR THE WORLD TITLE", PWInsider, अन्तिम पहुँच मार्च २, २०१७ 
  44. Stuart Carapola (मार्च ३०, २०१७), "COMPLETE IMPACT WRESTLING REPORT: SIENNA'S COUSIN STICKS UP FOR HER, ROSEMARY HAS A LOT MORE CHALLENGERS WAITING FOR HER THAN SHE THOUGHT, EC3 AND JAMES STORM GO FACE-TO-FACE, CODY GETS HIS SHOT AT THE GRAND CHAMPIONSHIP, NEW WORLD TAG TEAM CHAMPIONS ARE CROWNED, AND MORE", PWInsider, अन्तिम पहुँच मार्च ३०, २०१७ 
  45. Stuart Carapola (अप्रिल १३, २०१७), "COMPLETE IMPACT WRESTLING REPORT: THE BATTLE OF THE ANNOUNCERS IS HERE, BRUCE PRICHARD HAS A MESSAGE FOR EC3, CRAZY LAUREL VAN NESS IS AWESOME, AND MORE", PWInsider, अन्तिम पहुँच अप्रिल १३, २०१७ 
  46. Stuart Carapola (अप्रिल २०, २०१७), "COMPLETE IMPACT WRESTLING REPORT: SONJAY DUTT RETURNS, THREE TITLES ON THE LINE, KONGO KONG DEBUTS, JOSH MATHEWS HAS A NEW GIG, MOOSE HAS NEW ENEMIES, A SURPRISE RETURN LEADS TO A TITLE CHANGE, AND MORE", PWInsider, अन्तिम पहुँच अप्रिल २०, २०१७ 
  47. Kreikenbohm, Philip, "APW Tag Team Championship « Titles Database « CAGEMATCH - The Internet Wrestling Database", अन्तिम पहुँच १५ नोभेम्बर २०१६ 
  48. Kreikenbohm, Philip, "APW Women's Championship « Titles Database « CAGEMATCH - The Internet Wrestling Database", अन्तिम पहुँच १५ नोभेम्बर २०१६ 
  49. Kreikenbohm, Philip, "AWE Nightmare On AWE Street « Events Database « CAGEMATCH - The Internet Wrestling Database", www.cagematch.net 
  50. "NCW Femmes Fatales", NCW Femmes Fatales, अन्तिम पहुँच २०१२-१०-१२ 
  51. "Paige Tops PWI Female 50", नोभेम्बर १४, २०१४। 
  52. "Rewsults from ALPW and Holiday Hangover", canadianprowrestling.com, २०१५-०१-२५, अन्तिम पहुँच २५ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२७ मिति
  53. Caldwell, James (२०११-११-१३), "Caldwell's TNA Turning Point PPV results 11/13: Ongoing "virtual time" coverage of live PPV - Roode-Styles, five title matches", Pro Wrestling Torch, अन्तिम पहुँच २०११-११-१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्