कमला रोका रुकुमकी माओवादी समानुपातिक सभासद् तथा माओवादीको राज्य समितिकी सदस्य पनि हुनुहुन्छ।[१] उनको जन्म २०३२ सालमा रुकुमको प्वाँङमा भएको थियो। २०४६ सालदेखि राजनीतिमा लागेकी कमला अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र सारी सोल्जरमा रहेका पात्रहरूमध्ये एक हुनुहुन्छ।

कमला रोका
जन्मकमला रोका
रुकुम प्वाँङ
राष्ट्रियतानेपाली
पेशाराजनीति
चिनारीको कारणनेता एकिकृत नेकपा माओवादी
धर्महिन्दू
जीवनसाथीगणेशमान पुन

जनयुद्धको थालनीमा सुरक्षा दलमा भर्ती भएकी कमला कक्षा १०को परीक्षा नदिदै उनी भूमिगत हुनुभएको थियो। २०५३ सालमा माओवादीको जिल्ला समितिको सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य हुनुहुभएको थियो।

रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मेकी कमला लेखिका पनि हुनुहुन्छ। कथा तथा निबन्ध लेख्ने कमलाकी श्रीमान् वाइसीएल अध्यक्ष गणेशमान पुन हुनुहुन्छ। २०३२ साल पुस १५ गते प्वाङ -९ सुद्रीमा जन्मेकी कमला फुर्सदको बेला लेखनमै बिताउनुहुन्छ। उहाँ अन्तरिम संसदमा पनि विधायिका हुनुहन्थ्यो।

राजनीति प्रवेश सम्पादन गर्नुहोस्

२०४६ सालदेखि राजनीतिमा प्रवेश गरेकी हुन् । उनी २०५२ सालबाट तत्कालीन नेकपा माओवादीमा पूर्ण रूपमा लागेर काम गरेकी हुन् ।

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

उनका पनि गणेशमान पुन हुन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "कमला रोका", parliamentwatch.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१३ मिति