रेशम फिलिलि (चलचित्र)
नेपाली चलचित्र
रेशम फिलिलि २०७२ वैशाख ११ मा प्रदर्शनमा आएको एक नेपाली कथानक चलचित्र हो। चलचित्रमा विनय श्रेष्ठ, मेनुका प्रधान, कर्मा शाक्य, कामेश्वर चौरासिया, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय रहेको छ।[१]
रेशम फिलिलि | |
---|---|
निर्देशक | प्रणव जोशी |
लेखक | प्रणव जोशी |
निर्माता | विनय श्रेष्ठ माधव वाग्ले |
मुख्य कलाकार | विनय श्रेष्ठ मेनुका प्रधान कर्मा शाक्य कामेश्वर चौरासिया शिशिर वाङ्देल |
छायाङ्कन | बाबु श्रेष्ठ |
सम्पादन | सुशील न्यौपाने |
सङ्गीत | कालीप्रसाद बास्कोटा अलमोडा राना उप्रेती |
वितरक कम्पनीहरू | भि मोसन पिक्चर्स प्रिन्सेस मुभिज |
प्रदर्शन मिति | २०७२ वैशाख ११ |
अवधि | १३५ मिनेट |
देश | नेपाल |
भाषा | नेपाली |
पात्रहरू
सम्पादन गर्नुहोस्- विनय श्रेष्ठ रेशमको रूपमा
- मेनुका प्रधान सुनिताको रूपमा
- कामेश्वर चौरासिया हरियाको रूपमा
- कर्मा शाक्य ब्रायन राईको रूपमा
- आशुतोष श्रेष्ठ चक्रको रूपमा
- शिशिर वाङ्देल दोर्जे डनको रूपमा
- सम्तेन भुटिया दोर्जेको रूपमा
प्रतिक्रिया
सम्पादन गर्नुहोस्विसं २०७२ को महाभूकम्प आउनुभन्दा एक दिनअघि ११ वैशाख २०७२ मा यसलाई प्रदर्शन गरिएको थियो।[२] भूकम्पले चलचित्रको कमाई र प्रदर्शनमा ठूलो प्रभाव पारेको थियो।[३] तर, चलचित्रले एक दिनमै करिब ७१ लाख रुपैयाँ कमाएको थियो। यो चलचित्र २०७२ भदौ ११ मा नेपालमा पुनः प्रदर्शन गरिएको थियो।[४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Resham Filili", लेन्स नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१।
- ↑ "Earthquake delayed film release", Voice Of Sid, मूलबाट ४ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०१५। वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०१५ मिति
- ↑ "Box office Nepal", merocinema.com। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०३-२७ मिति
- ↑ "Full news", Merocinema.com।[स्थायी मृत कडी]