रूपमाला संज्ञा स्त्री० [रूप + माला] एउटा मात्रिक छन्दको नाम जसमा २४ मात्रा हुन्छ। यसको हरेक चरण/पाउमा १४ र १०मा विराम हुन्छ र अन्त्यमा एउटा गुरु र लघु हुन्छ। यसको अर्को नाम मदन पनि हो।