रुमाल सामान्यतया पातलो कपडाको चारकुने टुक्रो हो। रुमाललाई गोजी वा पर्समा अटाउन सकिन्छ। यसको मुख्य उद्देश्य व्यक्तिगत स्वच्छतासँग रहेको छ जस्तै आफ्नो हाथ, अनुहार वा नाक पुछनको लागि यसको प्रयोग गरिन्छ। एउटा रुमाललाई कहिलेकाँही सुटको गोजीमा पूर्ण रूपले सजावटको सामान झै प्रयोग गर्ने गरिन्छ र यसलाई 'पकेट सक्वायर' भनिन्छ। रुमाललाई बाल्कन र मध्य पूर्वको धेरैजसो क्षेत्रमा हुने लोक-नृत्यहरूमा एउटा महत्वपूर्ण सहायकको रूपमा प्रयोग गर्ने गरिन्छ। रुमालको उपयोग गरेर गरिने लोकप्रिय लोक-नृत्य 'कलामातिनोस' हो।

लिनेनको रुमाल

वर्तमान उपयोग सम्पादन गर्नुहोस्

रुमाल बनाउनको लागि प्रयोग गरिने सामग्री र सो को उपयोग गर्ने उपयोगकर्ता सामाजिक र आर्थिक वर्गको प्रतीक हुन सक्छ, यसो भन्नुको प्रमुख कारण सो सामग्री महँगो नभएर रुमाल बनाउनमा प्रयोग गरिने केही सामग्री ती मानिसहरूको लागि अति व्यावहारिक हुन्छन् जो शैली र सज्जाको लागि रुमालको उपयोग गर्छन्। रुमाल कपास, कपास र सिन्थेटिक दुवैको मिश्रण, सिन्थेटिक कपडा, रेसम, वा लिनेनबाट बनेको हुने गर्छ।

सामान बोक्ने झोला उपलब्ध नभएको खण्डमा सानो वस्तुलाई बोकेर लैजानको लागि रुमालको उपयोग एउटा विकल्पकको रूपमा गर्न सकिन्छ। रुमाललाई सामन्य चोटपटक लागेमा घाउ भएको ठाउँमा पट्टिको विकल्पको रूपम समेत काममा ल्याउन सकिन्छ।। संयुक्त अधिराज्यको समुद्र तटमा कुनै व्यक्तिको निधारमा बाँधिएको एउटा कोणधारी रुमाल समुद्र तटीय फेसन बनिसकेको छ।

१८औँ शताब्दीको अन्तय समयमा सामान्यतया महिलाहरू (पुरुषहरूले आफ्नो टोपी हल्लाउने गर्थे), जुलुस र राजनीतिक सभा अन्तर्गतका सार्वजनिक कार्यक्रमहरूमा अनुमोदन प्रदर्शित गर्नको लागि रुमालको प्रयोग गर्ने गर्दथे।[१][२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Mr. PITT's carriage was nearly the last...he was received with very general applause; the ladies waving their white handkerchiefs from the windows as he passed." "The Procession To St. Paul's." Times [London, England], 20 December 1797, p.2
  2. General Lafayette was greeted on a visit to Providence, R.I., by "nearly 200 Misses, arrayed in white," who strewed flowers in his path "at the same time waving their white handkerchiefs." "Lafayette In America." Times [London, England] 16 October 1824, p. 2