रितेश थापा
रितेश थापा (Ritesh Thapa); (जन्म २ अप्रिल १९८६) एक नेपाली पुर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । भने नेपाल पुलिस क्लबका समेत पुर्व खेलाडी हुन् । उनले नेपाल राष्ट्रिय टिमका लिगी २००३बाट खेल्न सुरू गरेका थिए । थापा एक गोलरक्षकको भूमिकामा मैदान उत्रने गर्दथे । तर नेपाली खेलकुद इतिहासमै पहिलो म्याचफिक्सिङ काण्डमा मुछिएका थापा २०१४ पछि फुटबल खेलमा प्रतिबन्ध परेका थिए ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | रितेश थापा | ||
जन्म मिति | [१] | २ अप्रिल १९८६||
जन्म स्थान | इटहरी, नेपाल | ||
उचाइ | ५ फिट ९ इन्च (१.७५ मी) | ||
खेल्ने स्थान(हरू) | गोलरक्षक | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२०००-२००४ | थ्री स्टार क्लब | ||
२००४–२०१४ | नेपाल पुलिस क्लब | ||
अन्तर्राष्ट्रिय करियर | |||
२००३-२०१४ | नेपाल | १२ | (१) |
*क्लब घरेलु लिग उपस्थिति र गोल |
क्लब जीवन
सम्पादन गर्नुहोस्इटहरीमा जन्मिएका थापाले नेपाली घरेलु फुटबलमा थ्री स्टार क्लबबाट खेल्न सुरू गरेका थिए । तर उनले २००४ मा थ्री स्टार छाडी नेपाल पुलिस क्लबमा आबद्ध भएका थिए । उनले नेपाल पुलिस क्लब २००७ एएफसी प्रेसिडेन्ट कपमा उपविजेता हुदा उनी टिमका एक महत्त्वपूर्ण सदस्य रहेका थिए । उनले नेपाल पुलिस क्लबबाटै नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता शहिद स्मारक ए-डिभिजन लिग चार पटक जित्न सफल भएका थिए । भने उनको क्लबको पहिलो सिजनमा उपविजेता भएका थिए ।[२]
अन्तर्राष्ट्रिय
सम्पादन गर्नुहोस्थापाले नेपाली फुटबल इतिहासको कालो दिनका दिन नेपाली राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए । २९ सेप्टेम्बर २००३ मा २००४ एएफसी एसियन कप छनोट चरण अन्तर्गत दक्षिण कोरियासँगको खेलमा उनले राष्ट्रिय टिमका लागि सुरूवाटि खेल खेलेका थिए । उक्त खेलमा नेपाल कोरियासँग १६-० गोलको विशाल अन्तरले पराजित भएको थियो । रितेश थापा यस खेलमा गोलकिपर उज्ज्वल मानन्धरलाई प्रतिस्थापन गरी मैदान छिरेका थिए । २०१२ नेहरू कप मा समेत सहभागीता जनाएका थापाले नेपालका लागि जम्मा १२ खेल खेलेका थिए ।
क्लब उपाधिहरू
सम्पादन गर्नुहोस्- एएफसी प्रेसिडेन्ट कप
- उप-विजेता: २००७
- सहिद स्मारक ए-डिभिजन लिग:४
- विजेता: २००६-०७, २०१०, २०११, २०११-१२
- उप-विजेता: २००५-०५
खेल्ने शैली
सम्पादन गर्नुहोस्थापा एक अत्यानतै कडा मेहनती तथा टिमका भरपर्दो खेलाडी थिए । उनले आफ्नो प्रदर्शनीबाट टिमलाई सकारात्मक छाप दिन सक्दथे ।
म्याच फिक्सिङ काण्ड
सम्पादन गर्नुहोस्१४ अक्टोबर २०१५ थापा साथसाथै सन्दीप राइ, विकास सिंह चौधरी, सागर थापा र पूर्व थ्री स्टार क्लबका कोच अन्जन केसी नेपाल पुलिस द्वारा म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए । समूहले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा म्याच-फिक्सिंगका लागि जिम्मेवार सम्हालेका थिए । १९ अक्टोबर २०१५ एसियाली फुटबल महासङ्घले थापा र अन्य चारलाई जुनसुकै फुटबल खेलबाट प्रतिबन्ध लगाएको थियो ।
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ https://www.fifa.com/fifa-tournaments/players-coaches/people=285251/index.html
- ↑ "रितेश थापा, गोल नेपाल डटकममा व्यक्तिगत विवरण", अन्तिम पहुँच ६ जुन २०१४। वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति