राष्ट्रिय अपाङ्ग कोष (नेपाल)


अपाङ्गता भएका ब्यक्तिहरूले भोगिरहेको विभिन्न समस्या प्रती ब्यक्ति,समुदाय राष्ट्रका साथै अन्तराष्ट्रिय क्षेत्रको ध्यान आकर्षित गराइ अपाङ्गहरूको समस्या समाधानका लागि सहयोग जुटाउन र अपाङ्गहरूले पनि अन्य नागरिक सरह सम्मानित जीवनयापन गर्न सकोस भनी "पूर्ण सहभागीत र समानता" भन्ने नराका साथ सयुक्त राष्ट्र संघले सन १९८१लाई अन्तराष्ट्रिय अपाङ्ग वर्ष घोषणा गरी अपाङ्ग हित सम्बन्धी विविध कार्यक्रम सञ्चालन गरी अन्तराष्ट्रिय अपाङ्ग वर्ष मनाउन संसारका सबै सदस्य राष्ट्रलाई आब्वान गरियो। सोही अनुरूप नेपाल सरकारले पनि अन्तरराष्ट्रिय अपाङ्ग वर्ष १९८१ राष्ट्रिय समिती गठन गरी अपाङ्ग हित सम्बन्धी विविध कार्यक्रम सञ्चालन गरी अन्तरराष्ट्रिय अपाङ्ग दिवस मनायो। अन्तरराष्ट्रिय अपाङ्ग वर्ष मनाउने सिलसिलामा सो वर्ष समाप्त भएपछी पनि देश भित्र, बाहिरबाट ब्यक्तिगत्,संथागत सहयोग जुटाइ चिरस्थाइ आर्थिक स्रोतको आधार खडा गरी अपाङ्ग हित सम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चलन गर्न एउटा छुटै संस्थाको आवश्क्ता महसुस गरी तत्कालिन सामाजिक सेवा राष्ट्रिय समा न्व्य परिषदले सामाजिक सेवा राष्ट्रिय सम न्व्य परिषद एन २०३४को दफा २३ले दिएको अधिकार प्रयोग गरी अपाङ्ग कोष नियामवली २०३९ तयार गरी विधिवत राष्ट्रिय अपाङ्ग कोष बि. स. २०३९ सालमा स्थापना गरिएको हो। कोष नियमावली समय समयमा संशोधन एंव परिमार्जन हुँदै हाल समाज कल्याण परिषदले बनाएको कोष स्थापना र कार्य ब्यबस्था नियमावली २०५५ अन्तर्गत सञ्चालनमा रहेको छ। कोषको उद्देश्य,काम अपाङ्गता भएका ब्यक्तिहरूको शिक्षा,तालीम, पालनपोषण र पुनर्स्थापनाका साथै अन्य अपाङ्ग हित सम्बन्धी कार्यक्रमा हरू सञ्चालन गर्ने, गराउने हो। कोषको आफ्नो छुटै आधुनिक मेशिन, उपकरण र दक्ष प्राविधिकहरू भएको अर्थोपेडिक वर्कशप्(जसलाई शाररिक पुनर्स्थापना केन्द्र भनिन्छ) भ्रिकुटीमन्डपमा रहेको छ। यो नेपाल कै पहिलो अर्थोपेडिक वर्कशप् हो जहाँ अपाङ्गता भएका ब्यक्तीहरूका लागि आवश्यक कृतिम हात खुट्टा,क्यलिफर्,बैशाखि एंव हाड जोर्नी तथा नशाका बिरामीहरूले प्रयोग गर्ने साहयक सामग्रीहरू उत्पादन एंव जडान गर्नुका साथै स्तरिय फिजियोथेरापी सेवा र परामर्श सेवा उपलब्ध गराइन्छ