राष्ट्रपति शासन

राष्ट्रपति शासन (वा केन्द्रीय शासन) भारतमा शासनको सन्दर्भमा त्यस समय प्रयोग गरिने एउटा पारिभाषिक शब्द हो, जब कुनै राज्य सरकारलाई भङ वा निलम्बन गरिदिएको हुन्छ र राज्य प्रत्यक्ष सङ्घीय शासनको अधीनमा आउँछ । भारतको संविधानको अनुच्छेद-३५६ मा उल्लेख भए अनुसार केन्द्रले सङ्घीय सरकारको राज्यमा संवैधानिक तन्त्रको विफलता वा संविधानको स्पष्ट उल्लंघनको दशामा त्यस राज्य सरकारलाई बर्खास्त गरेर त्यस राज्यमा राष्ट्रपति शासन लागु गर्ने अधिकार हुन्छ । राष्ट्रपति शासन त्यस स्थितिमा पनि लागु हुन्छ जब राज्य विधानसभामा कुनै पनि दल वा गठबंधनलाई स्पष्ट बहुमत प्राप्त हुँदैन ।

सत्तापक्ष पार्टी वा केंद्रीय (सङ्घीय) सरकारको सल्लाहमा, राज्यपाल आफ्नो निर्णय उपर सदनलाई भङ गर्न सक्छन, यदि सदनमा कुनै पार्टी वा गठबंधनसँग स्पष्ट बहुमत छैन । राज्यपाल सदनलाई छ महिनाको अविधिको लागी निलम्बित अवस्थामा राख्न सक्छ । छ महिना पछि, यदि कुनै पक्षसँग स्पष्ट बहुमत प्राप्त भएन भने त्यस बखत पुन: निर्वाचन गर्ने गरिन्छ ।

यसलाई राष्ट्रपति शासन यसकारण भनिन्छ किनकि, यस प्रक्रियाद्वारा राज्यको नियन्त्रण निर्वाचित मुख्यमन्त्रीसँग नभएर सिधै भारतको राष्ट्रपतिको अधीन आउँछ, तर प्रशासनिक दृष्टिले राज्यको राज्यपाललाई केन्द्रीय सरकारद्वारा कार्यकारी अधिकार प्रदान गरिएको हुन्छ । प्रशासनलाई सहायोग गर्नका लागी राज्यपाल सामान्य तवरमा सल्लाहकारहरूको नियुक्ति गर्दछ, जो सामान्य रूपले अवकाश प्राप्त जनसेवक हुन्छन ।

अनुच्छेद-३५६सम्पादन

अनुच्छेद ३५६, केन्द्र सरकारलाई कुनै राज्य सरकारलाई निलम्बित गर्ने र राष्ट्रपति शासन लगाउने अनुमति त्यस अवस्थामा दिन्छ, जब राज्यको संबैधानिक तन्त्र पूर्ण रुपले विफल भइसकेको हुन्छ ।[१]

अनुच्छेद-३५५सम्पादन

अनुच्छेद ३५५ केन्द्र सरकारले अधिकृत गर्छ किनकि त्यो कुनै वाह्य आक्रमण वा आन्तरिक अशान्तिको अवस्थामा राज्यको सुरक्षा सुनिश्चित गर्न सकोस् र प्रत्येक राज्यको शासन संविधानको प्रावधान अनुरुप चल्न सकोस।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन