रामसार क्षेत्र भन्नाले सिमसार तथा पंक्षीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्र भन्ने बुझिन्छ। नेपालका विभिन्न प्राकृतिक सम्पदास्थललाई रामसार क्षेत्र घोषणा गरिएको छ।

सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार सहरमा भएको वैज्ञानिक सम्मेलनबाट रामसार नामाकरण भएको हो । सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो । त्यो सम्मेलनमा पारित सन्धिलाई रामसार महासन्धि भनियो । त्यही महासन्धिअनुसार अन्तर्राष्ट्रिय महत्त्वको सिमसार घोषणा भएको क्षेत्रलाई रामसार क्षेत्र भनिन थालियो । यो महासन्धि सन् १९७५ डिसेम्बर २१ देखि लागू भएको।

नेपालले सन् १९८७ डिसेम्बर १७ मा यस महासन्धिलाई पारित गरेको । नेपालले सन् १९८८ अप्रिल १७ मा यस महासन्धिको सदस्यता प्राप्त गरेको। यो महासन्धि सदस्यको सम्मेलन कोप हरेक ३ वर्षमा हुन्छ । २०६५ कात्तिक १२ गते दक्षिण कोरियामा भएको कोप सम्मेलनमा लाई रामसार घोषणा गरियो । यो समेत मुलुकमा १० वटा सिमसार रामसार क्षेत्र घोषणा भएका छन् । पहाडी क्षेत्रको यो मात्रै हो । माइपोखरी, कोशीटप्पु, बीसहजारी ताल, जगदीशपुर रिजभ्र्वायर, घोडाघोडी ताल, गोक्यो, गोसाइँकुण्ड, शे-फोक्सुन्डो , रारा तालपोखरा उपत्यका छन् । थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान तथा महत्त्वपूर्ण वनस्पति रहेकाले यी क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वका मानिएका हुन् । स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको माध्यमले सिमसारको संरक्षण गर्ने मुख्य उद्देश्य रामसार महासन्धिको छ ।[]

  1. http://ekantipur.com/nep/2069/7/25/full-story/357274.html वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-२२ मिति