रामनाथ ढकाल

नेपाली राजनीतिकर्मी

रामनाथ ढकाल (अङ्ग्रेजी भाषा: Ramnath Dhakal,२० डिसेम्बर १९६२ - ५ अप्रिल २०१५ ) नेकपा एमाले सम्बद्ध नेपालका एक राजनीतिकर्मी  हुन्[१]

रामनाथ ढकाल
जन्मरामनाथ ढकाल
२० डिसेम्बर 1962
खड्गकोट
मृत्यु५ अप्रिल 2015
राष्ट्रियतानेपाल
पेशाराजनीतिज्ञ

बाल्यकाल र राजनीति सम्पादन गर्नुहोस्

रामनाथ ढकालको जन्म गुल्मीको खड्गकोट ३ मा वि.सं.२०१९ पुष ५ गते भएको हो । उनका पिता दीनानाथ र माता देवकला ढकालका हुन् ।[२] उनले २०३६ सालमा नेकपा मालेको विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए । उनी अनेरास्ववियुको महासचिव हुँदै २०५० सालमा अध्यक्ष भएका थिए[३] । उनले कानुनमा स्नातक गरेका भएको थिए । सन् २००८ मा उनले संविधान सभाको चुनावमा रूपन्देही जिल्लाको क्षेत्र ५बाट ११,०८० मतका साथ विजयी भएका थिए । अप्रिल ५ २०१५ का दिन उनको काठमाडौँ स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा स्वाइन फ्लु [४] र अन्य रोगका कारण देहान्त भयो[५] [६][७]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

वाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्