राजपत्र सरकारको आधिकारिक प्रकाशन हो जसमा राष्ट्राध्यक्षबाट जारि भएका सम्बोधन, विधायिका संसदबाट पारित भएका ऐन, अध्यादेशहरू र नियम प्रकाशन गरिन्छ। यसमा विभिन्न प्रकारका महत्वपूर्ण सरकारी निर्णयहरूलाई वैधानिकता दिने तथा नागरिकहरुलाई ऐन, नियमको दायरा भित्र राख्ने गरिन्छ।[] नेपालको सरकारी पत्र नेपाल राजपत्र वि. सं. २००८ साल देखि हालसम्म पनि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेर मुद्रण विभागले प्रकाशन गरि आमजन समुदायलाई सरकारी निर्णयहरूको लिखित जानकारी दिई नागरिकहरुको सूचनाको हक सम्बन्धी अधिकार प्रदान गर्दै आइरहेको छ। नेपालमा राजपत्र प्रकाशनको जिम्मा मुद्रण विभागलाई दिइएको छ।

युनानी सरकारको राजपत्रको अगाडिको पृष्ठ(०९/२००८)

नेपालमा राजपत्रको इतिहास

सम्पादन गर्नुहोस्

नेपालमा राजपत्रको प्रकाशन सर्वप्रथम वि.सं. २००८ साल श्रावण २२ गतेदेखि नेपाल गजेटको रूपबाट सुरु भएको थियो। नेपाल गजेटलाई २०२३ साल माघ १७ गतेबाट राजपत्रको नाममा संशोधन गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Black's Law Dictionary, 6th edn., West Publishing, १९८०, आइएसबिएन 90-6544-631-1 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्