मुद्रण विभाग नेपाल सरकारको तर्फबाट सरकारी नीति, नियम, ऐन, अध्यादेश, सन्धी सम्झौता, वजेट, गजेट जस्ता महत्त्वपूर्ण सरकारी निर्णयहरु, अन्य सरकारी दस्तावेजहरुका साथै नेपाल सरकारको सुरक्षण मुद्रणसम्बन्धी कार्यहरु प्रिन्टिंगको जिम्मेवारी वहन गर्ने एक सरकारी एजेन्सी हो । २००८ देखि मुद्रण विभागले नेपाल राजपत्र प्रकाशित गर्दै आएको छ । [१] २०१ ६ देखि विभागले आफ्नो वेभसाइटमा राजपत्ररको अनलाइन संस्करण प्ररकाशित गर्द्दै आएको छ। [२] यसबाहेक साथै नेपाल सरकारको सुरक्षण मुद्रणसम्बन्धी कार्यहरु, नेपाली नागरिकता प्रमाणपत्र वा शैक्षिक संस्थाको प्रमाणपत्र र मुद्रणसम्बन्धी आवश्यक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

इतिहास सम्पादन गर्नुहोस्

१९०७ मा नेपालमा पहिलो छापाखाना शुरुवात वि स. १९०८ मा तात्कालीन प्रधानमन्त्री जंगवहादुर राणाले वेलायतबाट ल्याएको हाते (गिद्धे प्रेस ) प्रेशलाई थापाथलीमा टाईप छापाखानाको रूपमा संचालित भएबाट शुरु भएको पाईन्छ । पहिलो सरकारी अखबार गोरखापत्र नेपाल सरकारद्वारा १९५८ मा छापिएको थियो। त्यो त्यस छापाखानालाई मिति २०४५।४।५ को निर्णय अनुसार मुद्रण तथा प्रकाशन विभागको रूपमा स्थापित गरियो, नेपालको मुद्रण र प्रकाशन विभागमा परिवर्तन भयो। २०४९ मा अन्तिम परिवर्तन थियो जब विभागको नाम परिवर्तन गरी मुद्रण विभाग राखियो। [३] फेब्रुअरी २०१७ मा विभागले नेपाली बैङ्क नोटहरू पनि छाप्ने प्रस्ताव गर्यो जुन हाल नेपालमा छापिएको छैन। [४]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Principal Tasks", Department of Printing, अन्तिम पहुँच २० अक्टोबर २०१७ 
  2. "Nepal Gazette now also available in website", The Himalayan Times, अन्तिम पहुँच २० अक्टोबर २०१७ 
  3. "Introduction", Department of Printing, अन्तिम पहुँच २० अक्टोबर २०१७ 
  4. "Govt to print banknotes in Nepal itself", República, अन्तिम पहुँच २० अक्टोबर २०१७