राँको (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । ओम त्रिनेन्त्र फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । यो चलचित्र पहिलो नेपाली सिनेमास्कोप चलचित्र हो ।चलचित्रमा शिव श्रेष्ठ, भुवन के.सी., विजय लामा, कृष्ण मल्ल, गौरी मल्ल, कृष्टी मैनाली, मिथिला शर्मा, सुनिल थापा, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा गोपाल योञ्जनको संगीत, बसन्त श्रेष्ठको नृत्य, प्रमोद प्रधान र हरि रायको छाँयाकन, मन्सुर अलीकोे द्धन्द, चेतन कार्कीको पटकथा र गीत, अविनाश श्रेष्ठको रहेको छ । प्रकाश श्रेष्ठ, किरण प्रधान, गोपाल योञ्जन, योगेन्द्र घतानी र संगीता प्रधानको पाश्र्व स्वर रहेको छ । किशोर रानाले चलचित्रको निर्देशन गरेका हुन् । कोडाक कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत ९० लाख रहेको छ । वि.सं. २०५२ साल जेष्ठ २७ गते प्रथम प्रर्दशन गरिएको थियो । बिष्णुगोपाल श्रेष्ठ, शिव श्रेष्ठ, अनुप राणा, मोहन सराफ, गोपालमान बुद्धाचार्य चलचित्रका निर्माता हुन् । क्रियटिभ मूभिज, साँग्रीला च्यानल र सुजाता फिल्मस्को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा सरोज खनाल, सनी रौनियार, मेलिना मानन्धर, नीर शाह, हरिहर शर्मा, सुशीला रायमाझी, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा शम्भुजीत बासकोटाको संगीत, बसन्त श्रेष्ठको नृत्य, महमद इकवालको द्धन्द, मुख्तर अहमदको सम्पादन, मञ्जुकुमार श्रेष्ठको छायाङ्कन रहेको छ । मित्रसेन, रत्नदास प्रकाश, फत्तेमान, बच्चुकैलाश, भूपेन्द्र सिंह, मेलावदेवी, अनुराधा पौड्याल, आशा भोसलेको पाश्र्व स्वर रहेको छ ।कथा स्व. बालकृष्ण समको रहेको छ ।निर्देशन, पटकथा, सम्वाद र गीत यादव खरेलको रहेको छ । कोडाक कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत ५५ लाख रहेको छ ।वि.सं. २०५० साल कात्र्तिक २७ गते प्रथम प्रर्दशन गरिएको थियो । कुशासु चलचित्रका निर्माता हुन् ।

राँको
देशनेपाल
भाषानेपाली

पात्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्