रमि लभि सञ्चार (यहूदी: רמי לוי תקשורת‎) इजरायलको एक आभासी मोबाइल सञ्जाल सञ्चालक हो। यसले अग्रणी इजरायली दूरसञ्चार कम्पनी पेलेफोनको सञ्जालको उपयोग गर्दछ। कम्पनी रमि लभि सिभुका सिग्माको सहायक कम्पनी हो र यसको सम्पूर्ण नियन्त्रण व्यापारी रमि लभिको रहेको छ। कम्पनी सन् २०११ मा स्थापना भएको थियो भने यसको सम्पर्क अङ्क ०५५६ हो। रमि लभि कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् भने मर्डेचाई बेर्कोविच कम्पनीका निर्देशन विभागका अध्यक्ष हुन्। कम्पनीको प्रधान कार्यालय इजरायलको राजधानी जेरुसेलममा अवस्थित छ। अगष्ट २०१८ सम्म, यस श्रृङ्खलासँग ४५ भन्दा बढी शाखाहरू रहेका छन् भने कम्पनीका सेयरहरू तेल अभिभ ष्टक एक्सचेञ्जमा व्यापार गर्दछन। कम्पनीमा हाल ३००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। यसले पेलोफ‍ोनको सञ्जालको उपयोग गर्ने भएकाले जहाँजहाँ पेलेफोनको सञ्जाल टिप्छ यसको पनि टिप्ने गरेको छ। यसले तेस्रो पुस्ता र चौथो पुस्ता सञ्जालको सञ्चालन गर्ने गरेको छ।

रमि लभि सञ्चार लिमिटेड
רמי לוי תקשורת בע"מ
व्यवसाय प्रकार
सञ्चार
स्थापितसन् २०११
केन्द्रीय कार्यालय,
मालिकरमि लभि सिभुका सिग्मा
वेबसाइटmobile.rami-levy.co.il

इतिहास सम्पादन गर्नुहोस्

सेप्टेम्बर २०१० मा, रमि लभिले इजरायलको सञ्चार मन्त्रालयबाट एक मोबाइल सञ्जाल सञ्चालन अनुमति पत्र प्राप्त गर्ने इजरायलको चौथो कम्पनी बन्न पुगेको थियो। कम्पनीले यस अघि सन् २०१० मा तेल अभिभ[१] ष्टक एक्सचेञ्जलाई अनुमति पत्र प्राप्त गर्दा कम्पनीले नयाँ सहायक कम्पनी, रमि लभि सिभुका सिग्मा सञ्चार लिमिटेड खोल्ने र यसका बजारहरूमा उन्नत मोबाइल दूरभाष सेवाहरू बिक्री गर्ने बताएको थियो।[२]

फेब्रुअरी २०११ मा रमि लभिले मोबाइल सञ्जाल प्रदायक पेलेफोनसँग एउटा सम्झौतामा हस्ताक्षर गरेको थियो, बजार श्रृङ्खलाले मोबाइल फोन सेवाहरूको प्रदान गर्न पेलेफोनको पूर्वाधारको प्रयोग गर्न अनुमति दिएको थियो।[३] डिसेम्बर २०११ मा रमि लभि सञ्चारले जेरुसेलममा दुईवटा शाखा खोली सञ्चालनको सुभारम्भ गरेको थियो।

सन् २००७ मा कम्पनीको राजस्व ६८९ मिलियन शेकेल पुगेको थियो जसमा कम्पनीले ५० मिलियन शेकेल फाइदा उठाएको थियो। सन् २००८ मा कम्पनीको राजस्वमा वृद्धि भई ९४५ मिलियन पुगेको थियो र सन् २००९ मा, कम्पनीले १.३५ मिलियन शेकेल फाइदा उठाएको थियो।[४]

रमि लभि सिभुका सिग्मा लिमिटेड पूर्ण स्वामित्वमा रहेको एक सहायक कम्पनी हो जसले डिसेम्बर २०११ मा मोबाइल फोन सेवाहरू आभासी मोबाइल सञ्जाल सञ्चालकको रूपमा व्यापार गर्न गरेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. हयुत, इलानित (६ सेप्टेम्बर २०१०), "Supermarket Chain Rami Levi To Receive MVNO License: Rami Levi will become the fourth company to receive an MVNO license", ग्लोब्स, अन्तिम पहुँच २८ जुन २०११ 
  2. फ्राइडम्यान, रोन (८ सेप्टेम्बर २०१०), "Honey, pick up some milk and a cellphone", ल जेरुसेलम पोष्ट, अन्तिम पहुँच २८ जुन २०११ 
  3. सेचर, स्टिभन (१५ फेब्रुअरी २०११), "Bezeq's Pelephone inks another mobile operator deal", रेउटर्स, अन्तिम पहुँच २८ जुन २०११ 
  4. अहरोनी, इफ्रात (५ डिसेम्बर २०११), "Rami Levy expects 250,000 mobile carrier subscribers", ग्लोब्स, अन्तिम पहुँच ६ डिसेम्बर २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१४ मिति