योगवीरसिंह कंसाकार (सन् १८८५- मार्च २९ १९४२) एक नेपाली कवि, समाजसुधारक तथा नेपालभाषाको चार स्तम्भ मध्ये एक थिए। [१] उनले राणाशासनको कठोर दमनको समयमा नेपाली समाज र नेपालभाषाको विकासको लागि आफ्नो जीवन समर्पन गरेका थिए। [२] [३] [४]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

उहाँको जन्म केलटोल, क्वाछेँ ननि, काठमाडौँमा भएको थियो। उहाँको पिता चैत्यवीरसिंह तथा माता लक्ष्मी नानी थिए। उहाँको परिवारको कपडा पसल थियो। युवाअवस्थामा सन् १९०५मा योगवीरसिंह कंसाकार सर्वप्रथम समाज सुधारको काममा लागेका थिए। उनी आर्य समाज अन्तर्गत सनातन धर्मको पुनरुत्थान कार्यमा लागेका थिए। सो काममा लागेका हुनाले तत्कालीन राणा शासनले परम्परा बिथोलेको र अपरम्परागत धर्म प्रचार गरेको आरोप लगाएर उनलाई जरिवाना तथा जेल सजायं दिएको थियो। [५] जेलमुक्त भएपश्चात उनी विरक्तिएर कलकत्ता पुगे। तत्कालीन कलकत्तामा बङ्गाली भाषाको आधुनिक प्रकाशन, बङ्गाली समाजको साहित्यप्रतिको मोह देखेर उनी प्रभावित भएका थिए। [६] [७]

सामाजिक कार्य सम्पादन गर्नुहोस्

 
सन् १९५१मा प्रकाशित योगसुधाको आवरण पृष्ठ।

केही समयपश्चात उनी काठमाडौँ फर्किए र आफ्नो कपडाको व्यापार संभाले। बङ्गालको साहित्यिक विकासबाट प्रभावित भएर उनले कविता रच्न थाले। कालान्तरमा उनको कपडा पसल कविहरूको भेटघाट गर्ने स्थान बन्न गयो। हरेक हप्ता उनको पसलमा कविहरु आफ्ना रचनाहरु लिएर आउने, कविता वाचन गर्ने तथा एक-अर्काको रचनाको समालोचना गर्ने गर्थे। तत्कालीन बडागुरुजु (शाही पण्डित)ले केही समय पश्चात यस प्रकारको भेटघाटको बारेमा जानकारी पाए। यस प्रकारको कविता वाचन भेटघाटबाट तत्कालीन शासनलाई खतरा देखेर उनको आदेशमा योगवीरसिंह कंसाकारको पसलमा सङ्ग्रहीत सबै कविताहरु जफत गरिएको थियो।

सन् १९२७मा तुलसी मेहर श्रेष्ठको चर्खा आन्दोलनबाट प्रभावित भएर उनले वस्त्रकला भवन नामक कपडा उद्योग स्थापना गरे। सो समयमा उनी महिला शिक्षाको जागरणमा पनि लागे। महिला शिक्षा जागरणको उदाहरणको लागि तत्कालीन रुढीवादी समाजमा उनले आफ्नो छोरी विद्यावतिलाई भारतमा नर्स तालिमको लागि पठाएका थिए। आफ्नै घरमा राखेर पनि छोरीलाई पढाउन हुन्न भन्ने मान्यता भएको समाजमा यो एउटा उदाहरणीय कदम थियो।

सन् १९२९मा उनको नेतृत्त्वमा सो समयका शिक्षितवर्गले तत्कालीन श्री ३ महाराजलाई सार्वजनिक पुस्तकालय स्थापना गर्नको लागि एउटा निवेदन दायर गरे। कंसाकार लगायत सो निवेदनमा हस्ताक्षर गर्ने सबै व्यक्तिलाई कैद तथा रकम जरिवाना गराइएको थियो। [८] सन् १९३४मा उनी लगायत उनका समकक्षी नेवार साहित्यकारहरूलाई तत्कालीन श्री ३ महाराजले बोलाएर नेपालभाषामा नलेख्न चेतावनी दिइएको थियो। [९] [१०] सन् १९४१मा राणाशासनले राजनीतिक कार्यकर्ता, लेखक र तात्कालीन शासनलाई खतरा हुन सक्ने अन्य समाजसुधारकहरूलाई कैद गरेको थियो। सो समयमा उनी ८५ दिन कैद भएका थिए।[११]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

उनको विवाह शोभा लक्ष्मीसँग भएको थियो। सन् १९३७मा उनको श्रीमतीको निधन भयो। तत्पश्चात उनले बुद्धमायासँग विवाह गरेका थिए।

उनका कविताहरूको सङ्ग्रह "योग-सुधा" नेपालभाषा परिषदले सन् १९५१मा मरणोपरान्त प्रकाशित गरेको थियो। [१२]

सम्मान सम्पादन गर्नुहोस्

काठमाडौँ महानगरपालिकाले उनको सम्मान स्वरुप काठमाडौँको एउटा सडकको नाम योगवीरसिंह मार्ग नमाकरण गरेको छ। [१३]

स्रोत सम्पादन गर्नुहोस्

  1. "Contributions to Nepalese Studies, Volume 22", Institute of Nepal and Asian Studies, Tribhuvan University, १९९५।  Page 74.
  2. Lienhard, Siegfried (1992). Songs of Nepal: An Anthology of Nevar Folksongs and Hymns. New Delhi: Motilal Banarsidas. ISBN 81-208-0963-7. Page 1.
  3. Tuladhar, Prem Shanti (2000). Nepal Bhasa Sahityaya Itihas: The History of Nepalbhasa Literature. Kathmandu: Nepal Bhasa Academy. ISBN 99933-560-0-X. Page 90.
  4. Sthavir, Dharmalok (१ डिसेम्बर १९७७), "A Journey to Great China", Regmi Research Series, Regmi Research, अन्तिम पहुँच १ जनवरी २०१२  Pages 35-36.
  5. LeVine, Sarah and Gellner, David N. (2005) Rebuilding Buddhism: The Theravada Movement in Twentieth-Century Nepal. Harvard University Press. ISBN 9780674019089. Page 41. Retrieved 6 January 2012.
  6. Hridaya, Chittadhar (1982, third ed). Jheegu Sahitya ("Our Literature"). Kathmandu: Nepal Bhasa Parisad. Page 93.
  7. Sudarshan, Bhikshu (1970). Lumanke Bahahpin ("Memorable Figures"). Kathmandu: Chwasa Pasa. Page 41.
  8. Tumbahang, Govinda Bahadur (जनवरी २०१०), "Marginalization of Indigenous Languages of Nepal", Contributions to Nepalese Studies, अन्तिम पहुँच ३ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण ११ जुन २०१४ मिति
  9. Hridaya, Chittadhar (1982, third ed). Jheegu Sahitya ("Our Literature"). Kathmandu: Nepal Bhasa Parishad. Page 101.
  10. Sudarshan, Bhikshu (1970). Lumanke Bahahpin ("Memorable Figures"). Kathmandu: Chwasa Pasa. Page 52.
  11. Sudarshan, Bhikshu (1970). Lumanke Bahahpin ("Memorable Figures"). Kathmandu: Chwasa Pasa. Page 56.
  12. Hridaya, Chittadhar (ed.) (1951) Yog-Sudha. Kathmandu: Nepal Bhasa Parisad. http://books.google.com.np/books/about/Yog_Sudha.html?id=i3DfcQAACAAJ&redir_esc=y
  13. "Addressed Road Network Map", Kathmandu Metropolitan City, अन्तिम पहुँच ३ जनवरी २०१२ 

पुचः:नेपाल भाषाया प्यंगः थां पुचः:नेपालभाषा पुचः:नेवाः