योआखिम लो

जर्मन राष्ट्रिय फुटबल टोली र पूर्व फुटबल खेलाडी को प्रबन्धक

योआखिम लो (जर्मनेली उच्चारण: [ˈjoːaxɪm ˈløːf], जन्म ३ फेब्रुअरी १९६०) पूर्व फुटबल खेलाडी र जर्मनी राष्ट्रिय फुटबल टोलीका तत्कालिन प्रशिक्षक पनि हुन्। सन् २०१४ मा जर्मनीलाई ऐतिहासिक विश्वकप जिताउने लो ड्युचल्याण्ड फुटबल बन्डका विश्वासिला सावित भइरहेका छन्।

योआखिम लो
लो सन् २०१८ मा जर्मन फुटबलको टिमको म्यानेजर
व्यक्तिगत जानकारी
जन्म मिति (1960-02-03) ३ फेब्रुअरी १९६० (उमेर ६४)
जन्म स्थान Schönau, वेस्ट जर्मनी
उचाइ १.८२ मि
खेल्ने स्थान(हरू) एट्याकिङ मिडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
जर्मनी (म्यानेजर)
युवा करियर
TuS Schönau 1896
FC Schönau
Eintracht Freiburg
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९७८–१९८० SC Freiburg ७१ (१८)
१९८०–१९८१ VfB Stuttgart (०)
१९८१–१९८२ Eintracht Frankfurt २४ (५)
१९८२–१९८४ SC Freiburg ६५ (२५)
१९८४–१९८५ Karlsruher SC २४ (२)
१९८५–१९८९ SC Freiburg ११६ (३८)
१९८९–१९९२ FC Schaffhausen
१९९२–१९९४ FC Winterthur
१९९४–१९९५ FC Frauenfeld
अन्तर्राष्ट्रिय करियर
१९७९–१९८० West Germany U21 (०)
प्रबन्धक करियर
१९९४–१९९५ FC Frauenfeld
१९९६–१९९८ VfB Stuttgart
१९९८–१९९९ Fenerbahçe
१९९९–२००० Karlsruher SC
२०००–२००१ Adanaspor
२००१–२००२ Tirol Innsbruck
२००३–२००४ Austria Wien
२००४–२००६ Germany (assistant)
२००६– जर्मनी
*क्लब घरेलु लिग उपस्थिति र गोल

खेल जीवन सम्पादन गर्नुहोस्

सन् १९७८ मा लो ले एससी फ्रेइबर्गबाट खेल जीवन सुरू गरे । उनी सो क्लबका सर्वाधिक गोलकर्ता पनि हुन् ।[१] सन् १९८० मा लो ले भी एफ बी स्टुटगार्ट जाने निधो गरे तर आफुलाई त्यहाँ स्थापित गर्न उनलाई धेरै गार्हो भयो । उनले लगत्तै सन् १९८१–८२ को सिजनमा क्लब परिवर्तन गरे र इन्ट्राच्ट फ्रान्कफर्ट तिर हानिए जहाँ २४ खेल खेल्दै ५ गोल गरे । अर्को सिजन उनी फ्रेइबर्ग फर्किहाले । सन् १९८२–८३ मा उनले ३४ खेल खेल्दै ८ गोल गरे भने, सन् १९८३-८४ मा त गोल मेसिन नै सावित हुँदै ३१ खेलमा १७ गोल गरे । कार्लस्रुहर एससी मा उनको आगमन यादगार बन्न सकेन जहाँ २४ खेल खेलेर उनले २ गोल गरे । लगत्तै फ्रेइबर्गका लागि आफुलाई ४ वर्षे अनुबन्धनमा पारेका लो ले आगो नै बाले र ११६ खेलमा ३८ गोल ठोके ।

स्वीजरल्याण्डमा करियर समाप्तिको घोषणा गरेका लो को अन्तिम क्लब एफसी स्काफहाउसेन(१९८९–१९९२) र एफसी विन्टरथर (१९९२–१९९४) को बसाई सामान्य रह्यो । उनी खेलाडी छँदा तत्कालीन पश्चिम जर्मनीको यू-२१ टिमका सदस्य थिए जहाँबाट उनले चार खेल खेलेका थिए ।

प्रशिक्षक जीवन लोले जर्मन प्रशिक्षक जर्गेन क्लिन्सम्यानका सहायकका रूपमा प्रशिक्षक जीवन थालेका थिए । लो को आगमनले जर्मनीले काउन्टर आक्रामणको शैली प्रयोगमा ल्याएको थियो । विश्वकपका दुई महान् खेलाडी पेले र म्याराडोना लोका प्रशंसकमा पर्छन् भने क्रिष्टियानो रोनाल्डो उनले सबैभन्दा बढी कदर गर्ने खेलाडी हुन् । २०१६ को युरोसम्म उनको जागिर सुरक्षित छ ।

१९९५ मा उनी भी एफ बी स्टुटगार्टका प्रशिक्षक रल्फ फ्रिन्जरका सहायक बने । फ्रिन्जरले स्वीस टिमको प्रशिक्षक हुने मौका पाउने बित्तिकै लोलाई अगष्ट १९९६ मा प्रशिक्षकको जिम्मेवारी दिइयो । सन् १९९७ मा स्टुटगार्टले जर्मन कप जित्दा उनी प्रशिक्षक थिए ।

फेनरबेस सम्पादन गर्नुहोस्

जुलाई १९९८ मा स्टुटगार्ट छाडेर टर्कीको क्लब फेनरबेस पुगेका लो अक्टोबर १९९९ मा कार्लस्रुहर एससीका प्रशिक्षक बने । डिसेम्बर २००० देखि मार्च २००१ सम्म एडान्सपर क्लबमा उनी प्रशिक्षकका रूपमा फर्किए तर त्यहाँ पनि उनले आफ्नो जादु छोड्न सकेनन् ।

टिरोल इन्सब्रक सम्पादन गर्नुहोस्

अक्टोबर २००१ मा लो टिरोल इन्सब्रकका प्रशिक्षक बने र टोलीलाई २००२ मा अष्ट्रियन च्याम्पियनसिपको उपाधि दिलाए ।

फुटबल बाहिर सम्पादन गर्नुहोस्

जर्मनीमा उनी प्रमुख कस्मेटिक ब्रान्डको विज्ञापन अभियानमा पनि देखिने गर्छन् तर उनी मिडियाको केन्द्रविन्दुमा विरलै पर्ने गर्छन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Peter Martin (२००४), Sport-Club Freiburg, सम्पादक, Hundert Jahre 90 Minuten: Die Geschichte des SC Freiburg von 1904–2004, Freiburg। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्