युयुत्सु शर्मा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
युयुत्सु आर डी शर्मा प्रसिद्ध नेपाली अङ्ग्रेजी कवि तथा साहित्यकार हुन्। उनको जन्म भारतको पञ्जावमा भएको हो। विगत चार दशकदेखि नेपाली वाङ्मयको सेवा गरेका शर्मा नेपाली साहित्य जगत्का प्रिय र नाम चलेका स्रष्टा हुन् । यस अवधिमा त्रिविका प्राध्यापक, नेपाली कविताका अनुवादक र सम्पादक, नेपाली भाषाका लेखक र स्तम्भकार, साहित्यिक आन्दोलनका प्रवत्र्तक, ‘प्रतीक’ आदि अङ्ग्रेजी पत्रिकाका सम्पादक, निराला नेपाली शृङ्खलाका संस्थापक, विश्व भ्रमणकर्ता, हिमाली भेगका द्रष्टा र स्रष्टा जस्ता अनेक अवतारमा शर्मालाई हामीले देखेका छौँ । प्रस्तुत काव्यकृति विशाल पृष्ठभूमि र परिधि बोकेको कृति हो । छयालिस सालपछिको कालखण्डबाट प्रारम्भ भएको तथा महाभारत शृङ्खलास्थित सानो पौराणिक गाउँ भीमफेदीबाट प्रथम पाइला टेक्दै काठमाडौँ, भक्तपुर, अन्नपूर्ण, हेलम्बु, सगरमाथा हुँदै आन्ध्र महासागरका दुवै तट छेउमा बसेका युरोपेली र अमेरिकी नगरहरुमा पुगेर कविताका पाना भरिएका छन् र उनलाई अझै थुप्रै खाली पानाहरुले कुरिबसेका छन् ।
विश्वमा समेत प्रख्यात हिमाली कवि युयुत्सु आरडी शर्माको ‘पानाहरु खाली छन्’ काव्यकृतिलाई ऐतिहासिक उपलब्धिका रुपमा लिन सकिन्छ । यो सङ्ग्रह लामो काव्ययात्राबाट सिर्जित सयौँ रचनाबाट छानिएको गहन एवं सङ्ग्रहणीय दस्तावेज हो । नौलो शिल्प र काव्यचिन्तनबाट उब्जेको ‘पानाहरु खाली छन्’ लाई नेपाली साहित्यको प्राप्तिका रुपमा लिन सकिन्छ। आइरिस कवि काहल ओ साकीको शब्दमा भन्ने हो भने “तपाईँले युयुत्सुको कृति किन्न सक्नुहुन्न भने चोरेर भए पनि पढ्नुहोस् ।