यमन मोबाइल अरबी: يمن موبايلमध्य पूर्वमा अवस्थित राष्ट्र यमनको सिडिएमए २००० सञ्जाल प्रदायक तथा दूरसञ्चार कम्पनी हो।[२] यो सन् २००४ मा यमनको दूरसञ्चार मन्त्रायले स्थापना गरेको थियो र मध्य पूर्वको पहिलो सिडिएमए सञ्जाल सञ्चालन पनि मानिन्छ। यमन मोबाइलको सिडिएमए प्रणाली हुवावे प्रविधिहरूमा आधारित छन्। तेस्रो पुस्ता साझेदारी परियोजना २ मानकका अनुसार, सिडिएमए २००० प्रणाली आइएस-९५ सेल फोनसँग पूर्ण रूपले उपयुक्त छ, त्यसैले कुनै पनि आइएस-९५ फोन यमन मोबाइलद्वारा समर्थन गर्नु सामान्य नै हो। सन् २०१२ मा यमन मोबाइलले हुवावे सञ्जाल बाहेक जेटटिई सञ्जाल लागू गरेको थियो र यसका साथसाथै यसले देशका केही पूर्वी भागहरूमा एलजी-नोर्टेल सञ्जालको पनि प्रयोग गरेको थियो। सुरुवातमा यो एक पूर्ण सरकारी कम्पनी भएतापनि हाल यो एक संयुक्त पूँजी कम्पनी बनेको छ जसको ५०% भन्दा कम सेयरको स्वामित्वमा नागरिकहरू र सरकारी निकायहरूमा आधारित छ। कम्पनीको प्रधान कार्यालय यमनको राजधानी सानामा अवस्थित छ।

यमन मोबाइल
व्यवसाय प्रकार
निजी
उद्योगदूरसञ्चार
स्थापितसन् २००४
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
अमिर मोहम्मद हजा[१]
उत्पादनहरूसिडिएमए सेवा प्रदायक
वेबसाइटwww.yemenmobile.com.ye

यमन मोबाइल, यमनमा सिडिएमए २०००१× र विकास डाटा अनुकूलित सेवाहरू प्रदान गर्ने यमनको पहिलो तेस्रो पुस्ता सञ्जालमा आधारित कम्पनी हो। यमन मोबाइल सन् २००४ मा यमनमा तेस्रो ताररहित सञ्चालकको रूपमा स्थापित गरिएको थियो। यसले सुरूवातमा प्याकेज स्वीच सेवा बाहेकको सर्किट स्वीच प्रदान गर्दथ्यो जसले यसका ग्राहकहरूलाई इण्टरनेट तथा डाटा सेवाहरू १५३ किलोबाइट प्रति सेकेण्डको गतिमा प्रदान गर्दछ जुन चाहिँ सिडिएमए२०००१× ले लागू गरेको अधिकतम गति हो। यो तेस्रो पुस्ता साझेदारी परियोजना २ मानकको अनुसार दोस्रो पुस्ता प्रविधि हो। सन् २००७ देखि, यो निगम बनेको छ र यमनमा ग्राहक तथा पहुँचको आधारमा शीर्ष मोबाइल सञ्जाल सञ्चालकको सूचीमा पर्न सफल भएको छ।[३]

इण्टरनेट सेवा सम्पादन गर्नुहोस्

यमन मोबाइलले इण्टरनेट सेवा मोबाइल उपकरण तथा डाटा खण्डहरूमा सिडिएमए प्रविधिको उपयोग गरी प्रदान गर्दै आइरहेको छ। सुरूमा यसको गति अति न्यून वन १५३ किलोबाइट प्रति सेकेण्ड भएकाले यसले आलोचना समेत खेप्नु परेको थियो। त्यस पश्चात् यसले आफ्नो सेवा तेस्रो पुस्तामा रुपान्तरण गरी विकास डाटा अनुकूलित प्रविधिको सार्वजनिक गरेको थियो जसले यसमका केही धेरै जनघनत्व भएका स्थानहरूमा ४ मेगाबाइट प्रति सेकेण्डको इण्टरनेट गति प्रदान गरेको थियो।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "यमन मोबाइलका प्रमुख व्यक्तिहरू", आधिकारिक वेबसाइट, अन्तिम पहुँच नोभेम्बर १५ २०१९ 
  2. "यमन मोबाइल", सिडिजी, अन्तिम पहुँच नोभेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१६ मिति
  3. "यमन मोबाइलको जानकारी", आइएमइआइ, अन्तिम पहुँच १३ नोभेम्बर २०१९ 
  4. "تطبيقاتي:للحصول", हाम्रो बारेमा, अन्तिम पहुँच नोभेम्बर २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्