मेल डटकम
मेल डट कम एक वेब पोर्टल तथा वेबमा आधारित एक ई-डाँक सेवा प्रदायक हो जून जर्मनेली इण्टरनेट कम्पनी युनाइटेड इण्टरनेटको स्वामित्वमा रहेको छ। यसले समाचार लेख र श्रव्य दृश्य र असीमित भण्डारणको साथ नि: शुल्क वेब डाँक अनुप्रयोगको प्रदान गर्दछ।[१]
व्यवसायको प्रकार | वेब मेल |
---|---|
साइटको प्रकार | वेबमेल प्रदायक |
उपलब्ध भाषा | अङ्ग्रेजी, स्पेनी, फान्सेली, रूसी, पोर्चुगाली, रोमानियाली |
मुख्यालयहरू | चेष्टरबुक, पेन्सिलभेनिया, अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी |
उद्योग | इण्टरनेट |
अभिभावक | संयुक्त इण्टरनेट |
युआरएल | मेल.कम |
विज्ञापन | हो |
दर्ता | हो |
चालु भएको मिति | १९९५ |
विशेषता
सम्पादन गर्नुहोस्मेल डटकमले ई-डाँकहरूका लागि असीमित भण्डारण, २०० भन्दा बढी डोमेनहरूको छनौट, अनलाइन फाइल भण्डारण, अन्य खाताहरूबाट ई-डाँक सङ्कलन (जसले प्रदान गरिएको हालको सेवाहरूको लागि भुक्तानी गर्दछ), आयोजक, फेसबुक एकीकरण, स्पाम र भाइरसहरूबाट सुरक्षाको प्रस्ताव गर्दछ।[२]
डोमेनहरू
सम्पादन गर्नुहोस्प्रयोगकर्ताहरूले भौगोलिक स्थान, व्यवसाय, विश्वास र रुचिहरू जस्तै बुमा डटकम, कन्सलट्याण्ट डटकम, एकाउण्टेण्ट डटकम इन्जिनियर डटकम, र क्याटलभर डटकम सहित आफ्नो व्यक्तिगत ई-डाँक ठेगानाहरूको लागि २०० भन्दा बढी डोमेनहरूको छनौट गर्न सक्दछन्। [३]
भण्डारण
सम्पादन गर्नुहोस्मेल डटकमले आफ्ना प्रयोगकर्ताहरूलाई ई-डाँकहरूकम लागि असीमित भण्डारण साथै २ गिगाबाइट सम्मको अनलाइन फाइल भण्डारण प्रदान गर्दछ।[४]
आयोजक
सम्पादन गर्नुहोस्आयोजकले प्रयोगकर्ताहरूलाई कार्य तालिका र कार्यक्रमहरू सञ्चालन गर्न अनुमति दिन्छ। डेस्कटप आयोजक अनुप्रयोगहरूमा जस्तै, प्रयोगकर्ताले अनुस्मारकहरू निर्माण, पाहुनाहरूलाई आमन्त्रण र तथ्याङ्क आयात र निर्यात गर्न सक्दछन्
मोबाइल ग्राहकहरू
सम्पादन गर्नुहोस्मेल डटकमले एन्ड्रोइड र आइओएसको लागि अनुप्रयोगहरू प्रदान गर्दछ।
निष्क्रियता
सम्पादन गर्नुहोस्मेल डटकमले ६ महिनाको लागि निष्क्रिय भएका नि: शुल्क खाताहरूलाई बन्द र मेटाउँदछ। मेटाइएको नि: शुल्क ई-डाँका खाता र यसमा समावेश डाटा पुन: प्राप्ति गर्न कुनै तरिकाहरू हाल सम्म उपलब्ध छैन।[५][६]
इतिहास
सम्पादन गर्नुहोस्मेल डट कम सुरुमा सन १९९५ मा भ्यानिटी मेल सेवाको रूपमा गठन गरिएको थियो (संयुक्त नाम ग्लोबेकम निगम)।[७] यसलाई जेराल्ड गोर्मन, लुफकिन र जेनेट र ग्यारी मिलिनले संयुक्त रूपमा हार्वर्ड व्यापारीक विद्यालयका विद्यार्थीको रहेको बेलामा स्थापना गरेका थियो।[८]
कुल ५४४ डोमेनहरूलाई दर्ता र प्रवर्द्धन गर्नका लागि उनीहरूले अधिक गोर्मनको सम्पत्तिको खर्च गरेका थिए र पछि उनीहरूले अन्य कम्पनीहरूबाट डोमेन नाम खरीद गर्न सुरु गरेका थिए।[९]
एक समय कम्पनीले अनुमानित १,२०० भन्दा बढी डोमेनको नियन्त्रण गरेका थिए जसमा वर्ल्ड डटकम, युएसए डटकम, इण्डिया डटकम, युरोप डटकम, एसिया डटकम, डाक्टर डटकम, साइण्टिष्ट डटकम, र लवेर डटकम आदी समावेश छ।[१०] आइनेम ब्राण्डको स्वामित्वमा रहेको डोमेनबाट वार्षिक डोमेन दर्ता शुल्क तिर्न पैसा जुटाउनका लागि उनीहरूले मानिसहरूलाई भ्यानिटी डोमेन ई-डाँक सेवाहरू प्रस्ताव गरेका थिए र पछि उनीहरूले अन्य डोमेनहरूका मालिक, र इण्टरनेट सेवा प्रदायकहरूको तर्फबाट डाँक सेवाहरूको सञ्चालन गर्न थालेका थिए। कम्पनीले सन् १९९९ मा क्रोसर डटकम, लण्डन डटकम र इङ्ल्याण्ड डटकमलाई २० लाख अमेरिकी डलरमा बेचेका थिए।[११]
सन् १९९९ सम्ममा कम्पनीले प्रिमस क्यापिटल कोष र साइकमोर भेञ्चर्सबाट उद्यमका लागि आवश्यक वित्त जुटाएको थियो र पछि यसले नाम परिवर्तन गरी मेल डटकम राखेको थियो। जून १९९९ मा यसले प्रारम्भिक सार्वजनिक प्रस्तावको सञ्चालन गरेको थियो। सन् २००० सम्ममा यसले १४.६ मिलियन ई-डाँक खाताहरूलाई समर्थन गरेको थियो जुन प्राय: नि: शुल्क र लाभ रहित थियो। यसले मेल डटकम डोमेन र उपभोक्ता ई-डाँक सेवाको विभागलाई नेट टु फोनमा बेचेको थियो र यसले आफ्नो नाम इजी लिङ्कमा परिवर्तन गरेको थियो।[१२] स्विफ्ट दूरसञ्चार प्राप्ति पछि अप्रिल २००१ मा व्यवस्थित फाइल आदन प्रदान सेवामा ध्यान केन्द्रित गर्न यसले आफ्नो व्यवसायिक कार्यहरूमा परिवर्तन ल्याएको थियो।[१३]
सन् २००४ मा रोगर पेन्स्केका छोरा, जे पेन्स्के कम्पनीमा आवद्ध भएका थिए। उनी अङ्किय प्रकाशन समूहको रूपमा कार्यरत एक इण्टरनेट सेवा कम्पनी भेलोसिटि सर्भिसका प्रमुख कार्यकारी अधिकृत बनेका थिए।[१३] कम्पनीले मेल डटकम डोमेनको अधिग्रहण गर्दै यसलाई सन् २००७ मा नयाँ सेवाको रूपमा पुन: सुरु गरेको थियो। यसको अभिभावक कम्पनी मेल डटकम मिडियाले डेडलाइन हलिउड , मुभिलिन र ब्वाई जीनियस जस्ता वेबसाइटहरूको अधिग्रहण गरेको थियो। [१४][१५][१६]
सेप्टेम्बर २०१० मा, मेल डटकम मिडियाले मेल डटकमलाई युनाइटेड इण्टरनेटमा बिक्री गरेको थियो जसले जिएमएक्स मेलमा एकीकृत गर्ने उद्देश्य राखेको थियो। यसमा अवस्थित खाताहरू जहाँ पनि पहुँच गर्न सकिन्छ।[१७]
सेप्टेम्बर २०१३ को सुरूमा, मेल डटकमले म्याड्रिड डटकम, लण्डन डटकम र टोकियो डटकम ठेगानाका सबै खातावालाहरूलाई इ-डाँक गर्दै उनीहरूले अब उप्रान्त २८ सेप्टेम्बर २०१३बाट इ-डाँक पठाउन वा प्राप्त गर्न सक्षम नहुने जनाएको थियो।[१८]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Tsotsis, Alexia, "Mail.com Media Sells Mail.com To United Internet Group", टेक क्रञ्च डटकम, अन्तिम पहुँच २४ अप्रिल २०१७।
- ↑ "mail.com", Facebook.com, अन्तिम पहुँच २४ अप्रिल २०१७।
- ↑ "mail.com more than 200 domains", Mail.com, अन्तिम पहुँच २४ अप्रिल २०१७।
- ↑ "Secure & free webmail features for your mails", Mail.com, अन्तिम पहुँच २४ अप्रिल २०१७।
- ↑ "mail.com TOS; 2. Term and Termination, clause 2.4"।
- ↑ "Know When Your Mail.com Account Will Expire"।
- ↑ "EasyLink Services Corp. To Appear on MN1.com", M2 Communications (press release), ६ सेप्टेम्बर १९९६।
- ↑ Andrea Peterson (११ फेब्रुअरी १९९९), "Mail.com Intends to Profit by Giving Away Its Product", Wall Street Journal।
- ↑ Lawson, Stephen (२८ मार्च २०००), "Mail.com Buys Chinese Portal, Plans World.com", ComputerWorld, अन्तिम पहुँच १ अगस्ट २०१७।
- ↑ Michael Bociurkiw (२०००-०६-०२), "Mail.com Shouldn't Stay Master of Its Domains", Forbes।
- ↑ Stephanie Gruner (१९९९-०६-१७), "European Firms Pay Big Money to Obtain '.Com' Domain Names", Wall Street Journal।
- ↑ Larry Barrett (३० जुन १९९९), "Mail.com surges on ISP deals", cnet।
- ↑ १३.० १३.१ Gwendolyn Mariano (२००१-०६-२१), "Outages delay Mail.com service", cnet।
- ↑ "Mail.com to Acquire Swift Telecommunications, Including AT&T's EasyLink", internetnews.com, २००१-०२-२१।
- ↑ Faith Keenan (२००१-०७-०४), "On the Third Try, a Dot-Com Charm?", Business Week।
- ↑ "Mail.com Changes Corporate Name and Identity to EasyLink Services Corporation", Easylink (press release), २ अप्रिल २००१।
- ↑ Shipnuck, Alan (जुलाई १२, २००४), "Hitting Cleanup", Sports Illustrated 101 (2): ८९, अन्तिम पहुँच २६ अक्टोबर २०१७।
- ↑ Amit Chowdhry (२००८-१०-२२), "Quadrangle Capital, WI Harper Group, and Novel TMT Ventures Delivers $35 Million to Mail.com", Pulse2, मूलबाट २०१४-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-१०-०७।