मेलचौरः [१]

पिपल गाविसको वडा नं. १ अन्तरगत पर्ने मेलचौर पनि एक एेतिहासिक तिर्थस्थल हो यहाँ भाइटिकाको ५ दिन पछि र माघ १ गते माघे संक्रान्तीका दिन पालाकोटकै मेलचौर भन्ने स्थानमा भव्य मेला लाग्ने गर्दछ । यो मेलाको पनि वेग्लै स्थान र विशेष्ता छ । मेलचौर मेला लाग्ने नजिकै एउटा मन्दिर छ -जिर्ण मन्दिरमा अरु मन्दिरमा जस्तै पुजारि भने हुदैन किनकी यसको छुट्टै इतिहास छ ,यहाँ जो पुजा गर्न जान्छ त्यो व्यक्ति नै पुजारि हो , संसारमा यस्तो मन्दिर छैन जो आफू स्वतन्त्र होस यहाँ कसैको कर र बाध्यता छैन सम्पुर्ण अधिकार आफैमा छ, दमाइ कामी, बादी गायन जो गएपनि आफै पुजारि भएर मन्दिरको पुजा गरिन्छ । यस्तो किसीमको विशेष्ता भएको मन्दिर संसारमा यो बाहेक अर्को भेटाउनुहुने छैन । किनकी इतिहासमा राजा नरसिंह मल्लका पुत्र (नाम नखुलेको)ले गाइले धान खाएको विषयमा (हाल जिपु) धमलाकि छोरि साउनीमाला र लाटिमाला नामकि दुइ युवतीलाइ सजाय स्वरुप कपडा खोलेर बाजा बजाएर पालाकोट राज्यका सारा जनाता माँझ नाङ्गै घुमाएकोले पिडा सहन नसकि विष खाएर आत्महत्या गरे,

लाटी धमाला र साउनी धमाला=लाटीमाला साउनीमाला

त्यसको पाँचौ दिनमा राजा सिकारबाट घर र्फकदा उनका सवै परिवारको लास भएको भेटाए , यस्तो घटना कसरि भयो भन्ने सवालमा रहस्यमय भयो राजाले छानविनको लागि तथा दैविक शक्ति अध्ययनको लागि रुकुमकोटबाट बाहुन बोलाएर हेर्न लगाए ,बाहुनले लाटिमाला र साहुनीमाला रिसाएर यस्तो घटना घटेको यसको लागि राजाले माफि स्वरुप उनीहरूको सालिक वनाइ राजकिय सम्मान दिनुपर्ने हरेक वर्षपुजा तथा मेला लगाउनु पर्ने नत्र ‌‌‍‍‍‍......जस्ता सल्लाह दिएपछि राजाले सोहिअनुरुप यो मन्दिरमा जो माफी माग्न लायक छन तथा सम्मान गर्न चाहान्छन ती सवैले जतिवेला पनि जहिले पनि पुजा गर्न सक्छन भनि पुजारि विहिन मन्दिर वनाएका थिए त्यसै दिन देखि स्वतन्त्र मन्दिर बन्न गयो अनि आज सम्म त्यहाका दलित हरूले समेत हामीले पनि बाजा बजाउदै गाँउभरि घुमाएर गल्ती गर्‍यौ भनेर मेलाकैदिन सवै बाजाहरु मन्दिरमा चढाएर पुजा गर्ने माफी माग्ने र मलाइ रक्षा गर भनि फुल पाथी समाएर हात जोडि पुजा गरिन्छ । यस्तो स्वतन्त्र मन्दिर छ त केवल यो मात्र छ संसारमा कतै गएर पनि हामी यस्तो मन्दिर खोजेर पनि पाउन सकिदैन । तर प्रचारप्रसारको कमीका काराण यो मन्दिरले चर्चा पाउन सकेको छैन । दलितहरूको पुजा गर्न पाउने कुराको आन्दोलन चर्किरहेको बेला यो मन्दिर अपबादको रूपमा खडा छ र इतिहसमा साँछी बनेर बसेको छ । यदि कसैले विभेदको सृजना मल्ल राजाले गरे भनेर आरोप लगाउछ भने यो मन्दिर मल्ल इतिहासकै साँछी र प्रमाण हो । राजनितिक,सामाजिक तथा आर्थिक अवस्थाः प्राकृतिक दृष्टिकोणले गाविसकै धनी छ भने राजनीतिक आर्थिक र शैक्षिक दृष्टिकोणले भने पालाकोट खुम्चीनुपर्ने अवस्था छ । प्रयाप्त प्राकृतिक श्रोत साधन हुँदा हुँदै पनि राज्यको वेवास्ताका कारण वा फितलो कार्यान्वयनका कारणले गर्दा यसको विकास हुन सकेको छैन । समाजको गलत धारणा तथा गलत दृष्टिकोणकै कारण पालाकोटको इतिहास मेटिदै छ । यसको संरक्षण तथा विकास गर्न राज्यको एक सुक्का पनि लगानी भएको छैन ।


  1. इतिहास र संस्कृति